मुख्य समाचार

सर्वोच्चले माग्यो ‘नो केवलकार समूह’का १८ जनालाई थुन्नुको कारण

सर्वोच्चले माग्यो ‘नो केवलकार समूह’का १८ जनालाई थुन्नुको कारण
सर्वोच्च अदालतले ‘नो केवलकार समूह’को आन्दोलनको क्रममा पक्राउ परेका १८ जनालाई थुनामा राख्नुको कारण माग गरेको छ । न्यायाधीश डा. कुमार चुडालको शुक्रबारको एकल इजलासले विपक्षीका नाउँमा कारण देखाउ आदेश जारी गरेको हो । सर्वोच्च अदालतले ताप्लेजुङ प्रहरी हिरासतमा रहेका १८ जनालाई थुनामा राख्नु पर्ने कारणसहित तीन दिनभित्र लिखित जवाफ पेश गर्न जिल्ला प्रशासन कार्याल्य ताप्लेजुङसमेतका नाममा आदेश जारी गरेको छ । सो रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुडा...

तराई–मधेशका जिल्लामा होली पर्व मनाइँदै, आज सार्वजनिक बिदा

तराई–मधेशका जिल्लामा होली पर्व मनाइँदै, आज सार्वजनिक बिदा
रंगहरूको पर्व होली आज तराई–मधेशका जिल्लाहरूमा मनाइँदै छ । पहाडी र हिमाली जिल्लाहरुमा विहीबार नै होली मनाइएको थियो । त्यसको एक दिनपछि तराईमा होली मनाउने चलन छ ।होलीको अवसरमा सरकारले आज तराईका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ । पहाडी जिल्लामा विहीबार बिदा थियो । स्थानअनुसार मनाइने होलीको नाम पनि फरक–फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु पूर्णिमा’ र तराई–मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भन्ने गरिन्छ । तराई–मधेशका अधिकांश क्षेत्रमा पूर्णिमा...

उपत्यकामा होली : साढे २ सय सवारीसाधन नियन्त्रणमा

उपत्यकामा होली : साढे २ सय सवारीसाधन नियन्त्रणमा
काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर) बाट साढे दुई सय बढी सवारी नियन्त्रणमा लिइएको छ । काठमाडौंबाट दुई पांग्रे १८२ र चार पांग्रे १३ गरी १९५ सवारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । त्यस्तै, ललितपुरबाट दुई पांग्रे १७ र भक्तपुरबाट दुई पांग्रे ३१ र चार पांग्रे १० गरी जम्मा २५३ सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका मध्ये दुई पांग्रे २३० र चार पांग्रे २३ छन् । जसमध्ये ४९ वटा सवारी मापसे सेवन गरेकाले नियन्त्रणमा लिइएको छ । लागुपद...

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
काठमाडौं । सरकारले भवानी विद्यापीठ माध्यमिक विद्यालय, पर्वतको छात्रावास भवन निर्माणको प्रस्तावित सम्भाव्यता अध्ययनसम्बन्धी आदान–प्रदानपत्र स्वीकृत गर्ने निर्णय गरेको छ । बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद्को बैठकले भवानी विद्यापीठ माध्यमिक विद्यालय, पर्वतको छात्रावास भवन निर्माणको प्रस्तावित सम्भाव्यता अध्ययन सम्बन्धी आदान–प्रदानपत्र स्वीकृत गर्ने र उक्त पत्रमा नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई अख्तियारी प्रदान...

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । आज बिहान ११ बजे बस्ने बैठकमा व्यवस्थापनसम्बन्धी कार्यसूची रहेको संघी संसद सचिवालयले जनाएको छ । आजको बैठकमा विभिन्न ११ वटा विधेयक पेश गर्ने कार्यसूची रहेको छ ।

गणतन्त्रको पक्षमा चैत १५ गते काठमाडौँमा समाजवादी मोर्चाको प्रदर्शन

गणतन्त्रको पक्षमा चैत १५ गते काठमाडौँमा समाजवादी मोर्चाको प्रदर्शन
काठमाडौं । समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा चैत १५ गते काठमाडौँमा प्रदर्शन गर्ने भएको छ । आज मंगलबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकलले प्रदर्शन गर्ने निर्णय गरेको हो । आइतबार राजावादीको प्रदर्शनलगत्तै समाजवादी मोर्चाले त्यसको विरोध गर्दै गणतन्त्रको पक्षमा प्रदर्शन गर्न लागेको हो । समाजवादी मोर्चाले ’प्रतिगामी शक्ति’विरुद्ध संयुक्त प्रदर्शन गर्नेबारे आज निर्णय लिएको नेसपाका नेता महिन्द्र राय यादवले जानकारी दिए । आइतबार काठमाडौँमा राजाव...

गणतन्त्रको पक्षमा चैत १५ गते काठमाडौँमा समाजवादी मोर्चाको प्रदर्शन

गणतन्त्रको पक्षमा चैत १५ गते काठमाडौँमा समाजवादी मोर्चाको प्रदर्शन
काठमाडौं । समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा चैत १५ गते काठमाडौँमा प्रदर्शन गर्ने भएको छ । आज मंगलबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकलले प्रदर्शन गर्ने निर्णय गरेको हो । आइतबार राजावादीको प्रदर्शनलगत्तै समाजवादी मोर्चाले त्यसको विरोध गर्दै गणतन्त्रको पक्षमा प्रदर्शन गर्न लागेको हो । समाजवादी मोर्चाले ’प्रतिगामी शक्ति’विरुद्ध संयुक्त प्रदर्शन गर्नेबारे आज निर्णय लिएको नेसपाका नेता महिन्द्र राय यादवले जानकारी दिए । आइतबार काठमाडौँमा र...

राप्रपालाई काठमाडौं महानगरले गर्‍यो एक लाख जरिवाना

राप्रपालाई काठमाडौं महानगरले गर्‍यो एक लाख जरिवाना
काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई सडकमा फोहोर र विरूवामा क्षति गरेको भन्‍दै एक लाख रुपैयाँ जरिवाना गरेको छ। आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्ने क्रममा महानगर क्षेत्र फोहोर बनाएको र भौतिक क्षति भएको भन्दै महानगरले पार्टीलाई एक लाख जरिवाना गरेको हो। महानगरले आइतबार काटेको पत्रमा भनिएको छ, ‘ प्रस्तुत विषयमा मिति २०८१ फागुन २५ गते ताहाँ पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुबाट एयरपोर्ट, तिलगंगा, गौशाला लगाय...

ज्ञानेन्द्र शाहको स्वागतमा को-को उत्रिंदैछन् ? कहाँ-कहाँबाट निकालिंदै छ र्‍याली ?

ज्ञानेन्द्र शाहको स्वागतमा को-को उत्रिंदैछन् ? कहाँ-कहाँबाट निकालिंदै छ र्‍याली ?
२५ फागुन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा घुमघाम गरी काठमाडौं फर्किंदा राजावादीहरुले धूमधाम स्वागत गर्ने तयारी गरेका छन् । राजाको प्रिय बन्ने प्रतिस्पर्धामा रहेका राप्रपा, राप्रपा नेपालसहितका राजनीतिक दल र संघसंस्थाहरुले काठमाडौंका विभिन्न स्थानबाट र्‍यालीसहित प्रदर्शनको तयारी गरेका छन् । पोखरामा एक साता बसाइपछि पूर्वराजा शाह आज दिउँसो हवाईमार्ग हुँदै काठमाडौं विमानस्थलमा ओर्लिंदै छन् । राजावादीहरुले सडकका दुवै किनारमा उपस्थित भएर उनको स्वागत गर्ने छन् । शाह विमान...

प्रधानमन्त्री आज सुदूरपश्चिम आउँदै, प्रदेश सभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री आज सुदूरपश्चिम आउँदै, प्रदेश सभालाई सम्बोधन गर्ने
२५ फागुन, धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार सुदूरपश्चिम आउने भएका छन् । ओली सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह लगायतका कार्यक्रममा सहभागी हुन सुदूरपश्चिम आउन लागेका हुन् । हेलिकप्टरमार्फत आउने ओलीले बिहान ११ बजे कञ्चनपुरको महेन्द्रनगरमा हुने दीक्षान्त समारोहलाई सम्बोधन गर्नेछन् । त्यसपछि धनगढी पुगेर प्रदेश सभाको बैठकलाई पनि सम्बोधन गर्ने कार्यसूची रहेको छ । प्रधानमन्त्री सम्बोधन गर्ने बैठकका लागि सबै प्रबन्ध मिलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ ...