मुख्य समाचार

यौन व्यवसाय खुला गर्नुपर्ने अभिव्यक्ति दिएका कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद्मा मागे माफी

यौन व्यवसाय खुला गर्नुपर्ने अभिव्यक्ति दिएका कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद्मा मागे माफी
काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले आफ्नो अभिव्यक्तिप्रति संसद्मा क्षमायाचना गरेका छन् । तीन दिनअघि यौन व्यवसाय खुला गर्नुपर्ने भनेर दिएको अभिव्यक्तिप्रति उनले आजको संसद् बैठकमा माफी मागेका हुन् । प्रतिनिधि सभाको बैठकको सुरूमै बोल्नका लागि उनले नाम टिपाएका थिए । सभामुखले समय दिएपछि घिमिरेले यसअघि दिएको अभिव्यक्ति कांग्रेस संसदीय दलको नभई आफ्नो निजी बिचार रहेको बताएका हुन् । यही चैत ३ गते घिमिरेले संसद्को विशेष समयमा बोल्दै नेपालमा यौन व्यवसाय खुला...

राजसंस्था पुनर्स्थापना’को आन्दोलन सुरु नहुँदै राजावादीहरुबीच नै पर्‍यो लफडा

राजसंस्था पुनर्स्थापना’को आन्दोलन सुरु नहुँदै राजावादीहरुबीच नै पर्‍यो लफडा
काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन सुरु नहुँदै राजावादीहरुबीच नै लफडा सुरु भएको छ । सोमबार पञ्चायतकालीन नेता तथा राष्ट्रिय पञ्चायतका अध्यक्ष रहिसकेका ८६ वर्षीय पूर्वपञ्च नवराज सुवेदीको नेतृत्वमा घोषणा गरिएको जनआन्दोलन समिति पहिलो दिनमै विवादित बनेको हो । ‘राजतन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’मा ११ जना सदस्य छन् । जसमा अस्मिता भण्डारी, कमल थापा, केशरबहादुर बिष्ट, दुर्गा प्रसाईं, पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी, रमा सिंह, राजेन्द्र लिङदेन ...

प्रहरीमा व्यापक सुधार आवश्यक छ -नवनियुक्त आईजीपी थापा

प्रहरीमा व्यापक सुधार आवश्यक छ -नवनियुक्त आईजीपी थापा
काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले प्रहरीमा व्यापक सुधार आवश्यक रहेको बताएका छन् । मंगलबार गृह मन्त्रालयमा आयोजित एक समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीले दज्र्यानी चिन्ह प्रदान गरेपछि आईजीपी थापाले यस्तो बताएका हुन् । प्रहरी भित्रको सुधार आफैंबाट सुरू गर्ने उनको भनाई छ । उनले भने, ‘प्रहरी कस्तो छ भनेर हामीले लुकाउनुपर्ने केही छैन । ती पक्ष लुकाएर वा दबाएर प्रहरीमा सुधार हुन्छ भन्नेतर्फमा म विश्वास पनि गर्दिनँ । ...

इजरायलले गर्‍यो गाजामा हमला, ३४ जनाको मृत्यु, ७० घाइते

इजरायलले गर्‍यो गाजामा हमला, ३४ जनाको मृत्यु, ७० घाइते
इजरायलले गाजा क्षेत्रमा फेरि हमला सुरु गरेको छ । हमलाको कारण ३४ जनाको मृत्यु भएको छ भने कयौं घाइते छन् । इजरायली सेनाले विज्ञप्ति निकालेर हमासको क्याम्पहरुलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ । रोयटर्सले चिकित्सक र प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै मध्य गाजाको देर अल बलाहका तीन घरलाई इजरायली सेनाले निशाना बनाएको जनाएको छ । यसका साथै खान युनिस र सफाहका भवनहरुमा पनि आक्रमण भएको छ । यी हमलामा ३४ प्यालेस्टिनीको मृत्यु भएको र ७० जना घाइते भएको गाजाको सिभिल डिफेन्स एजेन्सीले ...

अनेरास्ववियुले ताला लगाएपछि आरआरको स्ववियु निर्वाचन स्थगित

अनेरास्ववियुले ताला लगाएपछि आरआरको स्ववियु निर्वाचन स्थगित
रत्नराज्यलक्ष्मी (आरआर) क्यामपसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनन अन्तिम चरणमा आएर स्थगित भएको छ । सबै तयारी पूरा भइसकेको अवस्थामा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले क्याम्पसको मूल गेटमा तालाबन्दी गरेपछि चुनाव स्थगित गरिएको हो ।   निर्वाचन समिति संयोजक महेश भट्टराई र क्याम्पस प्रमुख डा. पद्मकुमार अधिकारीले सूचना जारी गर्दै सम्पूर्ण तयारी भइसकेको अवस्थामा तालाबन्दी हुँदा प्रतिकूल अवस्था सिर्जना भएकोले निर्वाचन स्थगित गरेको बताएका छन् । सरो...

विराटनगरको क्यासिनोमा दुई विवादास्पद समूहबीच कुटाकुट

विराटनगरको क्यासिनोमा दुई विवादास्पद समूहबीच कुटाकुट
विराटनगरको रत्ना होटलमा दुई विवादास्पद समूहबीच कुटाकुट भएको छ । आइतबार राति १२ बजे रत्ना होटलको क्यासिनो परिसरमा किरण लामा र रोनाल कँडेलसँग अभिषेक गिरीसहितको समूहको कुटाकुट भएको हो । क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश निषेध छ । तर प्रहरी मौन बस्नाले विराटनगरको होटल बिग र होटल रत्नामा रहेको क्यासिनोमा नेपाली नागरिकले सहज प्रवेश पाइरहेका छन् । दुई समूहबीच कुटाकुट भएपछि प्रहरी पुगेको थियो । प्रहरी पुग्दा दुवै समूह भागिसकेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी बेदप्...

नेपाल प्रहरीको ३१ औं प्रमुखमा दिपक थापा नियुक्त

नेपाल प्रहरीको ३१ औं प्रमुखमा दिपक थापा नियुक्त
नेपाल प्रहरीको ३१औं प्रमुखमा दिपक थापा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए । सोमबार राति १२ बजेपछि ३० वर्षे सेवा अवधिका कारण ३०औं आईजीपी वसन्त कुँवर अवकाशमा जाँदैछन् । त्यसको पूर्वसन्ध्यामा सरकारले थापालाई आईजीपीमा नियुक्त गरेको हो । प्रहरी प्रमुख बन्नका लागि थापासँगै एआईजी टेकबहादुर तामाङ र सुदीप गिरी प्रतिस्पर्धामा थ...

सर्वोच्चले रोक्यो ऊर्जामन्त्रीले गठन गरेको समितिको काम

सर्वोच्चले रोक्यो ऊर्जामन्त्रीले गठन गरेको समितिको काम
सर्वोच्च अदालतले विद्युत महसुलबारे निर्क्योल गर्न ऊर्जामन्त्रीले गठन गरेको समितिलाई काम गर्न रोक लगाएको छ । सर्वोच्चले डेडिकेटेड र ट्रंक लाइनबाट वितरित विद्युत उपभोगबारे अध्ययन गर्न ऊर्जामन्त्री दीपक खड्काले गठन गरेको समितिलाई काम गर्न नदिनू भनी अन्तरिम आदेश दिएको हो । मन्त्री खड्काले २ मंसिरमा अरविन्दकुमार मिश्रको संयोजकत्वमा समिति गठन गरेका थिए । न्यायाधीशहरु शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले अन्तरिम आदेश दिएको हो । न्यायिक समितिले निर्क्योल गरेको महसु...

आज पनि केही ठाउँमा चट्याङसहित वर्षा, तराईमा हावाहुरीको सम्भावना

आज पनि केही ठाउँमा चट्याङसहित वर्षा, तराईमा हावाहुरीको सम्भावना
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव परेको छ । देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भइरहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-...

राजावादीलाई प्रचण्डले भने- इँटको जवाफ पत्थरले दिन्छौं

राजावादीलाई प्रचण्डले भने- इँटको जवाफ पत्थरले दिन्छौं
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इँटको जवाफ पत्थरबाट दिइने बताएका छन् । शुक्रबार सिन्धुपाल्चोकको मेलम्ची नगर समितिको सम्मेलन उद्घाटनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले राजावादीहरूको पछिल्लो घटनाक्रमतर्फ इंगित गर्दै यस्तो बताएका हुन् । ‘इतिहासमा हजारौं जनताका छोराछोरीको बलिदानबाट प्राप्त लोकतन्त्र १०, १५ हजार मान्छे उफार्दैमा उल्टाउन सम्भव छैन । तर, दुस्साहस चैं भएको छ,’ उनले भने, ‘इँटको जवाफ पत्थरले दिन माओवादी तयार छ । ...