मुख्य समाचार

काठमाडौं सुरक्षाकर्मीको ‘हाईअलर्ट’

काठमाडौं सुरक्षाकर्मीको ‘हाईअलर्ट’
२५ फागुन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराको एक साता बसाइँपछि काठमाडौं फर्किंदा राजावादी दल र समूहहरुले उनको स्वागतमा प्रदर्शन गर्दैछन् । उनीहरुको प्रदर्शनलाई मध्यनजर गरी काठमाडौंमा सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको छ । आज बिहानैदेखि काठमाडौंको नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहितका संवेदनशील पहिचान गरिएका क्षेत्र र मुख्य चोकहरुमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवम् डीआ...

कतार एयरको जहाज रन वे ‘२-जिरो’बाट अवतरण

कतार एयरको जहाज रन वे ‘२-जिरो’बाट अवतरण
२४ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय उडानतर्फ कतार एयरवेजले आज रनवे ‘२-जिरो’ (बौद्धतर्फ) बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।अन्तर्राष्ट्रिय उडानका जहाजहरू सो रनवेबाट अवतरण गर्नु दुर्लभ मानिन्छ । काठमाडौंमा रन वे ‘जिरो-२’ (कोटेश्वरतर्फ)बाट अन्तर्राष्ट्रिय उडानका जहाजहरू अवतरण हुँदै आएका छन् । विमानस्थल स्रोतका अनुसार हावाको चापका कारण आज कतारले दुर्लभ एप्रोचबाट जहाज काठमाडौं अवतरण गराएको हो । यसअघि एयर इण्डिया र नेपाल वायु सेवा निगमले यस रुटबाट सर्कलिङ...

राजावादी गतिविधि बढेपछि माओवादीको जागरण अभियान स्थगित, भोलि पदाधिकारी बैठक

राजावादी गतिविधि बढेपछि माओवादीको जागरण अभियान स्थगित, भोलि पदाधिकारी बैठक
नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी, तराई–मधेश जागरण अभियान’ स्थगित गरेको छ । राष्ट्रिय राजनीतिको विकसित घटनाक्रमलाई हेरेर आवश्यक निर्णय लिनुपर्ने भएकाले केही दिनका लागि अभियान स्थगित गरिएको माओवादी महासचिव देव गुरुङले जानकारी दिए । ‘आज रौतहटमा अभियान चलिरहेको छ । भोलिदेखि हुने अभियान भने केही दिनका लागि स्थगित भएको छ,’ महासचिव गुरुङले अनलाइखनबरसँग भने, ‘राष्ट्रिय राजनीतिलाई हेरेर केही सरसल्लाह गर्नुपर्ने तथा कार्यक्रमलाई केही परिमार्जन गर्नुपर्ने कारणले तत्कालला...

अर्बौंको खानेतेल भारत निर्यात, नेपालीका भान्सामा महँगी

अर्बौंको खानेतेल भारत निर्यात, नेपालीका भान्सामा महँगी
NCELL २३ फागुन, काठमाडौं । काठमाडौं बबरमहलकी सुनिता महर्जनले गएको भदौमा एक लिटर सूर्यमुखी तेल २१० रुपैयाँमा किनेकी थिइन् । तर, पुसमा त्यही तेलको भाउ बढेर लिटरको २३५ रुपैयाँ पुग्यो । भदौदेखि पुससम्म आइपुग्दा तेलको भाउ लिटरमै २५ रुपैयाँ बढ्यो । फागुन दोस्रो साता महर्जन उही सूर्यमुखी तेल एक लिटरको २७० रुपैयाँ तिर्न बाध्य भइन् । भदौदेखि फागुनसम्म आउँदा खानेतेलमा भएको मूल्य वृद्धिले अत्यास लाग्ने बनाएको उनी सुनाउँछिन् । ‘अहिले एक लिटर तेलमा ६० रुपैयाँक...

जहाज काठमाडौंमा, पाङ्ग्रा जनकपुरमा

जहाज काठमाडौंमा, पाङ्ग्रा जनकपुरमा
काठमाडौँ — ६३ यात्रु राखेर बुद्ध एयरको एटीआर ‘अल्फा नोभेम्बर होटल’ बिहीबार दिउँसो जनकपुर विमानस्थलबाट उडेर काठमाडौं अवतरण भयो । यात्रुलाई जहाजबाट ओरालेर र्‍याम्प बसमा राख्दै गर्दा प्राविधिकले एप्रोनमा जहाजको नियमित जाँच ‘गो–अराउन्ड’ गर्दै थिए । त्यस क्रममा अगाडिको ल्यान्डिङ गियरमा एउटा पाङ्ग्रा देखिएन । काठमाडौं विमानस्थलको रेकर्डमा यसअघि यस्तै खाले दुई घटना भए पनि बुद्धका लागि यो पहिलो थियो । ‘हामी एयरपोर्टमै थियौं । एकाएक जनकपुरबाट आएको जहाजको रुटिन इन्स्पेक्सनका क्रममा अ...

साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्‍यो, तीन जनाको मृत्यु

साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्‍यो, तीन जनाको मृत्यु
२३ फागुन, काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिका –६ सलम्बुटारस्थित बेवारिसे बालबालिकाहरुको आश्रयस्थलमा टिपर छिर्दा तीन जनाको मृत्यु भएको छ । द्वन्द्वपीडित तथा अपांग समाज नेपाल (सीभीडीएस) ले सञ्चालन गरेको आश्रयस्थलमा आज बिहान सवा ३ः४० बजे बा २ क ६५८० नम्बरको टिपर बाटो छाडेर आश्रयस्थलको टहराभित्र छिरेको थियो । त्यसको ठक्करबाट दुई जना बच्चा र एक वृद्ध गरी तीन जनाको मृत्यु भएको आश्रय स्थलका फाउण्डर अध्यक्ष युवराज थापाले जानकारी दिए । ‘हामीले नै नाम राखिदिएको आकाश र सुम...

अमेरिकाको अवैध यात्राले त्रासमा अभिभावक : ‘सन्तान साथमा न पैसा हातमा’

अमेरिकाको अवैध यात्राले त्रासमा अभिभावक : ‘सन्तान साथमा न पैसा हातमा’
रुकुम पश्चिम — बाँफिकोट गाउँपालिका-३ स्थित दह गाउँ । विवाहको कार्यक्रम धुमधामसाथ चलिरहेको थियो । एकातिर दुलहा-दुलहीलाई टिकाटालो लगाउने अनि आशीर्वाद दिनेको लाइन । अर्कातिर नाचगानको उल्लास । सिंगारु भाकामा कम्मर मर्काइरहेका नचारुलाई नचाउन गाउनेहरुको जोसजाँगरमा कुनै कमी थिएन । यही गीतको लाइन काफी छ, रुकुम पश्चिममा अमेरिका मोह कति छ भनेर बुझ्न । किनकि रुकुम पूर्व र रुकुम पश्चिममा सायदै कुनै यस्तो गाउँ होला, जहाँका तन्नेरी लाखौं रुपैयाँ बुझाएर अवैध बाटोमा अमेरिका छिरेका नहुन् ।...

अमेरिका हिँडेका दाङका युवक घानामा अस्ताए

अमेरिका हिँडेका दाङका युवक घानामा अस्ताए
अमेरिका हिँडेका दाङका ३८ वर्षीय पूर्णबहादुर डाँगीको घानाको राजधानी आक्रामा बुधबार निधन भएको छ । गैरआवासीय नेपाली संघ घानाका अध्यक्ष विकास सुवेदीका अनुसार डाँगीको होटलमा निधन भएको हो । ‘उनका साथीले होटलमा हृदयाघात भएर मृत्यु भएको बताएका छन् । पोस्टमार्टम रिपोर्ट आइसकेको छैन,’ उनले कान्तिपुरसँग भने, ‘मृत्यु भएको खास कारण मृत्यु प्रमाणपत्र आइसकेपछि मात्रै खुल्नेछ ।’उनको शव प्रहरी अस्पतालमा राखिएको छ । मलेसियाको रोजगारीबाट फर्केको केही समयपछि डाँगी अमेरिका जान ‘तल्लो बाटो...

भैरहवामा रोकिएका १४९ यात्रु १६ घण्टापछि अर्को न्यरोबडीमा दुबई उडे

भैरहवामा रोकिएका १४९ यात्रु १६ घण्टापछि अर्को न्यरोबडीमा दुबई उडे
काठमाडौँ — भैरहवामा रोकिएका १४९ यात्रु १६ घण्टापछि अर्को न्यरोबडीमा दुबई उडेका छन् । उनीहरु नेपाल वायुसेवा निगमको न्यरोबडीबाट भैरहवा हुँदै दुबई जान बुधबार राति काठमाडौंबाट उडेका थिए । भैरहवामा अलपत्र परेका १ सय ४९ यात्रुलाई काठमाडौंबाट फेरी–फ्लाइटमा गएको निगमको दोस्रो (लुम्बिनी) न्यरोबडीले दिउँसो साढे ३ बजे उडाएको निगमका एक उपनिर्देशकले जानकारी दिए । काठमाडौंबाट बुधबार राति साढे १० बजे उडेको निगमको न्यरोबडी भैरहवामा बिग्रिएपछि ग्राउन्डेड भएको थियो । भैरहवास्थित निगमका कर्मच...

अनलाइनखबर ५० प्रभावशाली महिला २०८१ को सूची सार्वजनिक

अनलाइनखबर ५० प्रभावशाली महिला २०८१ को सूची सार्वजनिक
२२ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को पूर्वसन्ध्यामा अनलाइनखबर डटकमले नेपालका ‘५० प्रभावशाली महिला’ को सूची सार्वजनिक गरेको छ । यो सूचीमा राजनीति, समाज, कला/साहित्य, संस्कृति, युवा तथा खेलकुद, ज्ञान विज्ञान, उद्यम र डायस्पोरा क्षेत्रका प्रतिनिधिमूलक ५० महिलाहरू छन् । अन्तिम सूची तयार गर्नुअघि अनलाइनखबरले खुला आह्वानसँगै काठमाडौंमा रहेको आफ्नो केन्द्रीय समाचार कक्ष, सातै प्रदेशका प्रदेश कार्यालय र प्रवासमा रहेका सहकर्मीहरूबाट सम्भावित ४ सय ६० बढीको...