शिक्षा

शिक्षकका माग पूरा गर्दा राज्यलाई २ खर्बको भार थपिने, १० अर्बभित्रको यस्तो छ मध्यमार्गी प्रस्ताव

शिक्षकका माग पूरा गर्दा राज्यलाई २ खर्बको भार थपिने, १० अर्बभित्रको यस्तो छ मध्यमार्गी प्रस्ताव
काठमाडौं । शिक्षक आन्दोलनका सबै माग पूरा गर्दा राज्यलाई २ खर्बको आर्थिक भार थपिने आँकडा अर्थमन्त्रालयले निकालेको छ । शिक्षक महासंघका अधिकांश माग सेवा सुविधासँग जोडिएकाले राज्यलाई ठूलो भार थपिने विश्लेषण अर्थ मन्त्रालयको छ । शिक्षक आन्दोलनका आंशिक माग पूरा गर्दा पनि एकदेखि डेढ खर्ब रूपैयाँको आर्थिक भार थपिने भएपछि तेस्रो विकल्पमा शिक्षा मन्त्रालयले गृहकार्य गरेको थियो । शिक्षामन्त्री विद्या भट्टराईसहितले तयार पारेको ७ बुँदे सहमतिको मस्यौदामा शिक्षक महासंघ सहमत भएन । भट्टराई...

सडकबाटै शिक्षक महासंघको निर्णयः कक्षा १२ को परीक्षामा सामेल नहुने

सडकबाटै शिक्षक महासंघको निर्णयः कक्षा १२ को परीक्षामा सामेल नहुने
काठमाडौँ । सडक आन्दोलनमा रहेका शिक्षकहरूले कक्षा १२ को परीक्षा बहिष्कार गर्ने निर्णय गरेका छन्। कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि सुरु हुने तालिका छ। राष्ट्रिय परीक्षा बोर्डले भने कर्मचारी खटाएर भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।बोर्डको निर्णयपछि नेपाल शिक्षक महासंघले भने शिक्षक र प्रधानाध्यापकहरू भने परीक्षामा सामेल नहुने निर्णय गरेको हो । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, सरकारले परीक्षा सञ्चालन गरोस् तर, शिक्षकरप्रधानाध्यापक भने परीक्षामा स...

सरकारले १२ कक्षाको परीक्षामा निजामती कर्मचारी खटाउने

सरकारले १२ कक्षाको परीक्षामा निजामती कर्मचारी खटाउने
काठमाडौं । शिक्षक आन्दोलनका बीच नै कक्षा १२ को परीक्षा निर्धारित समयमा गराइने भएको छ । सरकारले निजामती कर्मचारी खटाएर भए पनि वैशाख ११ देखि परीक्षा सञ्चालन गर्ने भएको हो । राष्ट्रिय परीक्षा बोर्डको बैठकमा निजामती कर्मचारी खटाउन सकिनेबारे अधिकांशले सकारात्मक धारणा राखेका थिए । उनीहरूको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘निजामती कर्मचारीले लोकसेवा आयोगको परीक्षा त सञ्चालन गर्न सक्छन् भने १२ कक्षाको नसक्ने कुरै हुँदैन ।’ बोर्ड बैठकपछि राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षम...

कक्षा १२ को परीक्षा नरोक्ने परीक्षा बोर्डको निर्णय

कक्षा १२ को परीक्षा नरोक्ने परीक्षा बोर्डको निर्णय
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नरोक्ने निर्णय गरेको छ । मंगलबार बिहान बसेको बोर्डको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो । बोर्डले सबै जिल्लाका परीक्षा समन्वय समितिमार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको बताइएको छ । कक्षा १२ को परीक्षा यही वैशाख ११ गते बिहीबारदेखि सञ्चालन हुँदैछ ।

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा
काठमाडौं। शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्। उनले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा पत्र बुझाएकी हुन् । शिक्षक आन्दोलन थप पेचिलो बन्दै गइरहेका बेला उनले राजीनामा दिएकी हुन् । भट्टराईको सचिवालयले भने स्वास्थ्य अवस्थाका कारण राजीनामा दिएको बताएको छ । शिक्षक महासंघको आव्हानमा देशभरका शिक्षकहरू २० दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।

कक्षा १२ को वार्षिक परीक्षाका विषयमा नयाँ निर्णय भएको छैन : बोर्ड

कक्षा १२ को वार्षिक परीक्षाका विषयमा नयाँ निर्णय भएको छैन : बोर्ड
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा पूर्वनिर्धारित तालिकाअनुसार नै हुने जनाएको छ । पूर्वनिर्धारित तालिकाअनुसार १२ कक्षाको वार्षिक परीक्षा यही वैशाख ११ गतेबाट सञ्चालन हुनेछ । “कक्षा १२ को परीक्षाको सम्बन्धमा नयाँ निर्णय भएको छैन । पूर्वतालिकाअनुसार नै हुन्छ,” राष्ट्रिय परीक्षा बोर्डका सूचना अधिकारी नारायण पोख्रेलले भने, “नयाँ निर्णय भयो र परीक्षा सरेको खण्डमा हामी हाम्रो आधिकारिक वेबसाइटमा सूचना प्रकाशित गर्छौँ ।” सरकारी विद्यालयका शिक्षकहरू ...

शिक्षक आन्दोलन : पारस्परिक संवादबाट ‘प्याकेज’मै निकास खोजिँदै

शिक्षक आन्दोलन : पारस्परिक संवादबाट ‘प्याकेज’मै निकास खोजिँदै
काठमाडौं । २१ दिनदेखि काठमाडौँकेन्द्रित सडक आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घका जायज र सम्भव हुने माग पूरा गर्न सरकार र संसद्ले पहल गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सभामुुख देवराज घिमिरेले नेपाल शिक्षक महासङ्घका पदाधिकारीसँग यही वैशाख ५ गते बेग्लाबेग्लै भेट गरी शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पका विषयमा छलफल गरेका थिए । निकासकै सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेल, नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा ...

नेपाल ल क्याम्पसमा स्ववियुको मतदान जारी

नेपाल ल क्याम्पसमा स्ववियुको मतदान जारी
काठमाडौं । नेपाल ल क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदान भइरहेको छ । २०८१ चैत ५ गते हुन नसकेको मतदान आज भएको हो । ‘मतदान जारी छ । शान्तिपूर्ण भइरहेको छ‘, क्याम्पस प्रमुख श्यामबहादुर कार्कीले भने । निर्वाचनका लागि ल क्याम्पसमा १३ वटा विद्यार्थी संगठनले उम्मेदवारी दर्ता गरेका छन् ।

शिक्षक आन्दोलनले कक्षा १२ को वार्षिक परीक्षा अन्योलमा

शिक्षक आन्दोलनले कक्षा १२ को वार्षिक परीक्षा अन्योलमा
काठमाडौँ । शिक्षक आन्दोलनको कारण कक्षा १२ को परीक्षा अन्योलमा परेको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा यही वैशाख ११ गतेदेखि सुरु गर्ने तालिका सार्वजनिक गरेको छ । साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित र आंशिक परीक्षा वैशाख ११ देखि २४ गतेसम्म सञ्चालन गर्ने बोर्डको तयारी छ । तर, देशैभरिका सामुदायिक विद्यालयका शिक्षकहरु विगत १९ दिनदेखि राजधानी काठमाडौँ केन्द्रीत आन्दोलनमा छन्। जसका कारण तोकिएको समयमा परीक्षा हुने र नहुने निश्चित छैन। यसबाट वि...

अहिलेसम्म तीन प्रधानमन्त्रीले शिक्षकसँग गरेका थिए सहमति

अहिलेसम्म तीन प्रधानमन्त्रीले शिक्षकसँग गरेका थिए सहमति
काठमाडौँ । २०७५ मा ओली, २०७८ मा देउवा र २०८० मा दाहाल प्रधानमन्त्री हुँदा गरिएका सहमति कार्यान्वयन नहुँदा राजनीतिक नेतृत्वसँग शिक्षकहरूको अविश्वास बढेको हो । संसद्बाट विद्यालय शिक्षा विधेयक चाँडो पारित गर्न पहल लिने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धतापछि पनि शिक्षकहरूले आन्दोलनलाई निरन्तरता दिएका छन् । विगतमा पटक–पटक गरिएका सहमति नै कार्यान्वयन नभएका कारण यसपालि प्रधानमन्त्रीको प्रतिबद्धतामा मात्र भर पर्न नसकिने उनीहरूले जनाएका छन् । प्रधानमन्त्री ओलीसँग शुक्रबार राति ...