शिक्षा

बिहानैदेखि शिक्षकहरू प्रर्दशनमा, सडक अस्तव्यस्त

बिहानैदेखि शिक्षकहरू प्रर्दशनमा, सडक अस्तव्यस्त
काठमाडौं । काठमाडौं केन्द्रित आन्दोलन गर्दै आइरहेका शिक्षक कर्मचारीहरुले आइतबार बिहानदेखि माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । नेपाल शिक्षक महासंघको अगुवाइमा भइरहेको आन्दोलनमा तत्काल शिक्षा ऐन जारी गर्न माग गरिएको छ । गत चैत २० गतेबाट नियमित प्रदर्शन गर्दै आएका शिक्षकहरुले आइतबार राप्रपाको पनि विरोध प्रदर्शनको कार्यक्रम रहेकाले बिहान ९ बजे नै मण्डलामा जम्मा भएका हुन् ।

कक्षा १२ को परीक्षा स्थगित भएको सूचना भ्रामक, विश्वास नगर्न बोर्डको आग्रह

कक्षा १२ को परीक्षा स्थगित भएको सूचना भ्रामक, विश्वास नगर्न बोर्डको आग्रह
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा १२ को परीक्षा स्थगित भएको भ्रामक सूचनाको विश्वास नगर्न आग्रह गरेको छ । बोर्डको लेटरप्याडमा अध्यक्षको स्क्यान हस्ताक्षर राखी अनधिकृत र भ्रामक सूचना सम्प्रेषण भइरहेको भन्दै त्यस्तो सूचनाको विश्वास नगर्न आग्रह गरेको हो । बोर्डद्वारा यही २०८२ साल वैशाख ११ गतेबाट संचालन हुने गरी तय भएको कक्षा १२ को वार्षिक परीक्षाका सम्बन्धमा विद्यार्थीमा भ्रम सिर्जना हुने गरी परीक्षा स्थगित गरिएको भ्रामक सूचना विभिन्न सामाजिक संजालमा संप्रेषण...

आन्दोलनमय बन्दै काठमाडौं, शिक्षकपछि निजामती कर्मचारीहरुले दिए चेतावनी

आन्दोलनमय बन्दै काठमाडौं, शिक्षकपछि निजामती कर्मचारीहरुले दिए चेतावनी
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको कार्यलय घेराउमा पुगेका निजामती कर्मचारीहरुले आफ्ना मागहरुबारे ध्यानाकर्षण गराएका छन् । उनीहरुले विभिन्न ११ बुँदे माग समितिका सभापति रामहरि खतिवडासमक्ष प्रस्तुत गरेका छन् । समितिको कार्यालय घेराउमा नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल मधेसी निजामती कर्मचारी मञ्च, स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठनमा आवद्ध कर्मचारीह...

१७ दिनदेखि सडकमा शिक्षक, सर्वसाधारणलाई सास्ती

१७ दिनदेखि सडकमा शिक्षक, सर्वसाधारणलाई सास्ती
काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै १७ दिनदेखि देशभरका शिक्षकहरू आन्दोलनमा छन् । देशभरका शिक्षकहरू जम्मा भएर शुक्रबार आन्दोलनलाई थप चर्काउँदै लगेका छन् । उनीहरुको प्रदर्शनका कारण माइतीघर–बबरमहल सडकमा बिहीबार पनि यातायात सेवा ठप्प छ । उनीहरुले पूरै सडक ढाकेर प्रदर्शन गरिरहँदा भने सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ । शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासंघको नेतृत्वमा शिक्षक तथा कर्मचारीहरुले २० चैतदेखि काठमाडौंमा केन्द...

ऐन जारी भएपछि मात्र शिक्षक आन्दोलन स्थगित हुनेः अध्यक्ष सुवेदी

ऐन जारी भएपछि मात्र शिक्षक आन्दोलन स्थगित हुनेः अध्यक्ष सुवेदी
काठमाडौं । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षा विधेयकमा समेटिएका बुँदामध्ये एकसय बुँदामा छलफल सकिसकेकोले सरकारले अब बाँकी बुँदामा पनि दफावार छलफल गरि निर्णयमा पुग्नुपर्ने बताएका छन् । शिक्षा पत्रकार समूहले गरेको ‘आन्दोलन कहिले सम्म ?’ विषयक अन्तरक्रियामा बोल्दै उनले सरकारले संसदको बैठक बैशाख १२ गते बोलाएका कारण यसअघि ऐन जारी हुन नसक्ने तर लगातार छलफल भयो भने वैशाख १३ मै ऐन जारी गर्न सकिने ठोकुवा पनि गरे । २०२८ सालमा बनेको ऐनले शिक्षा क्षेत्र अगाडि बढ...

शिक्षकहरूको सडक आन्दोलन १६औँ दिन थप आक्रमक बन्दै तर सरकार गम्भिर बनेन

शिक्षकहरूको सडक आन्दोलन १६औँ दिन थप आक्रमक बन्दै तर सरकार गम्भिर बनेन
काठमाडौं । शिक्षकहरूले १६ दिनदेखि काठमाडौं केन्द्रित सडक आन्दोलनलाई जारी राखेका छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा जारी आन्दोलन थप आक्रमक हुँदै गइरहेको छ । जसको प्रभाव उपत्यकासहित देशभरका सामूदायिक विद्यालयमा परेको हो । नयाँ शैक्षिक सत्रको सुरु भएपनि भर्ना कार्यक्रम सुरु हुन सकेको छैन । काठमाडौं उपत्यकाको सवारी आगमनमा समस्या भइरहेको छ । १६ दिनदेखि शिक्षकहरूको राजधानी केन्द्रित सडक आन्दोलन विहीबार पनि जारी राखेका छन् । बिहीबार नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरु...

शिक्षक महासंघको बटमलाइन– विद्यालय शिक्षा विधेयक पारित नभएसम्म आन्दोलन रोकिँदैन

शिक्षक महासंघको बटमलाइन– विद्यालय शिक्षा विधेयक पारित नभएसम्म आन्दोलन रोकिँदैन
काठमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित नभएसम्म आन्दोलन नरोकिने जनाएको छ । शिक्षा पत्रकार समूहले बुधबार काठमाडौंमा आयोजना गरेको अन्तर्क्रियामा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसद्बाट विद्यालय शिक्षा विधेयक पारित हुने अवस्था नभएसम्म आन्दोलन नरोकिने बताएका हुन् । उनले विधेयक प्रतिनिधिसभाबाट पारित भए राष्ट्रियसभाबाट पारित हुन र राष्ट्रपतिबाट प्रमाणीकरण हुन समय नलाग्ने जिकिर गरे । त्यसका लागि मिति तोकेर नै विधेयकको प्रक्रियालाई ...

शिक्षा विधेयकबारे कांग्रेसमा छलफल, महरलाई दिइयो जिम्मेवारी

शिक्षा विधेयकबारे कांग्रेसमा छलफल, महरलाई दिइयो जिम्मेवारी
काठमाडौं। प्रमुख सत्तारुढदल नेपाली कांग्रेसले संसद्मा रहेको शिक्षा विधेयकबारे पार्टीको आधारिक धारणा बनाउनका लागि छलफल सुरू गरेको छ । कांग्रेस पदाधिकारी र शिक्षा विभागबीच मंगलबार बेलुकी सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको छलफलपछि शिक्षा संसद्को उपसमितिमा छलफलमा रहेको विधेयकका २८ बुँदामा रहेका असहमति र विधेयकबारे पूर्ण धारणा निर्माण गर्नका लागि समन्वय गर्न शिक्षा विभाग प्रमुख नैनसिंह महर लाई जिम्मेवारी दिएको हो । विद्यालय शिक्षा ऐनको माग राख्दै काठमाडौंकेन...

त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अनलाइनबाट लिन सकिने

त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अनलाइनबाट लिन सकिने
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि आजदेखि अनलाइनबाट दिने भएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले एक सुचना जारी गर्दै आज बिहान ११ बजेदेखि सो अनलाइन सेवा सुरु गरिएको हो । अनलाइन सेवा सुरु भएपछि परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेर अब कागजी फारम भर्ने र त्यो बुझाउन लाइन लाग्नुपर्ने झन्झटबाट मुक्ति मिल्ने भएको । परीक्षा नियन्त्रक जोशीका अनुसार तत्कालका लागि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवदेनका लागि अनला...

कक्षा १२ को परीक्षामा सहयोग नगर्न शिक्षक-कर्मचारीहरुलाई महासंघको पत्राचार

कक्षा १२ को परीक्षामा सहयोग नगर्न शिक्षक-कर्मचारीहरुलाई महासंघको पत्राचार
काठमाडौं । नेपाल शिक्षक महासंघले आगामी बैशाख ११ गतेबाट हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष, निरीक्षक लगायत कुनै पनि काममा संलग्न नहुन शिक्षकहरुलाई अपिल गरेको छ । महासंघले काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलनको अवधिभर शैक्षिक गतिविधिमा संलग्न नहुन आग्रह गरेको हो । महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले पत्रचार गर्दै लेखेका छन्,‘उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनैपनि काममा संलग्न न...