अर्थ

सुनको मूल्य आज पनि वृद्धि

सुनको मूल्य आज पनि वृद्धि
काठमाडौँ । सुनको मूल्य आज पनि बढेको छ। मंगलबार तोलामा पाँच हजार तीनसय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक हजार सातसय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ । गएको आइतबार र सोमबार पनि सुनको मूल्य बढेको थियो । सुनको मूल्य हिजो प्रतितोला एक लाख ८९ हजार नौसय रुपैयाँ थियो । यही वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो । सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च ह...

कोशी प्रदेशको बर्खे अधिवेशन जेठ ४ देखि

कोशी प्रदेशको बर्खे अधिवेशन जेठ ४ देखि
मोरङ । कोशी प्रदेश सभाको बर्खे अधिवेशन आगामी जेठ ४ गतेदेखि प्रारम्भ हुने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले जेठ ४ गते अधिवेशन आह्वानका निम्ति प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज भएको बैठकले निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता रेवतीरमण भण्डारीले बताए । बैठकले स्थानीय सरकार सेवा (गठन तथा सञ्चालन) नियमावलीउपर प्रदेश लोकसेवा आयोगको परामर्श लिने निर्णय गरेको छ । साथै, बैठकले कारखाना तथा ‘वर...

कालीमाटीमा गोलभेँडा र भन्टाको मूल्य आकाशियो

कालीमाटीमा गोलभेँडा र भन्टाको मूल्य आकाशियो
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ । कालीमाटीमा आज गोलभेँडा र भन्टाको मूल्य बढेको छ । च्याउ, करेलासहित कतिपय तरकारी भने सस्तिएका छन् । धेरैजसो तरकारी हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ । कालीमाटीमा आज सानो नेपाली गोलभेँडा ४६, तराईको सानो गालेभेँडा ४७, ठूलो भारतीय गोलभेँडा ६५, रातो आलु ३२, भारतीय रातो आलु ३५, सुकेको भारतीय प्याज ३७, तराईको गाँजर २०, बन्दा १२, स्थ...

बागमती प्रदेशसभाको बजेट अधिवेशन ५ जेठमा आह्वान गर्न सिफारिस

बागमती प्रदेशसभाको बजेट अधिवेशन ५ जेठमा आह्वान गर्न सिफारिस
हेटौंडा । बागमती प्रदेश सभाको सोह्रौं अधिवेशन सरकारले आगामी ५ जेठबाट सञ्चालन गर्ने तयारी भएको छ । हेटौंडास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सोह्रौं अर्थात बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभाको अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । प्रदेश प्...

अमेरिकी डलरको मूल्य घटेको घट्यै

अमेरिकी डलरको मूल्य घटेको घट्यै
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३५ रुपैयाँ ११ पैसा कायम भएको छ ।  सोमबारको तुलनामा मंगलबार अमेरिकी डलरको मूल्य घटेको छ । सोमबार अमेरिकी डलर एकको खरिददर १३५ रूपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रूपैयाँ ६४ पैसा रहेको थियो । युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३४ पैसा, यूके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १७९ रुपैयाँ १...

सुनको मूल्य एकैदिन पाँच हजार ३०० रुपैयाँले बढ्यो

सुनको मूल्य एकैदिन पाँच हजार ३०० रुपैयाँले बढ्यो
काठमाडौं । सुनको मूल्य एकैदिन प्रतितोला पाँच हजार ३०० रुपैयाँले बढेको छ । आज सुन प्रतितोला एक लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन प्रतितोतोला एक लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला ५५ रुपैयाँले बढेर एक हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ९१० रुपैयाँमा कारोबार भएको थियो ।

आईसीटी क्षेत्रको सर्वाधिक कर तिर्ने संस्था फोनपे

आईसीटी क्षेत्रको सर्वाधिक कर तिर्ने संस्था फोनपे
काठमाडौं । फोनपे सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको सर्वाधिक कर तिर्ने संस्था बनेको छ । नेपाल सरकारले फोनपेलाई सम्मान गरेको हो । आठौँ राष्ट्रिय आईसीटी दिवसका अवसरमा सरकारले फोनपेलाई सम्मान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारलाई सम्मान पत्र प्रदान गरेका थिए । सम्मानले कम्पनीको करदाताको रूपमा देखाएको उत्तरदायित्व र नेपालको डिजिटल प्रवर्धनमा गरेको योगदानको उच्च मूल्यांकन भएको कम्पनीले जनाएको छ । फोनपेले नेपालको आईसीट...

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो । यससँगै सोमबार सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ६०० कायम भएको छ । यसअघि आइतबार सुनको मूल्य १ लाख ८४ हजार १०० कायम भएको थियो । यस्तै आज चाँदीको मूल्य भने स्थिर छ । यससँगै आइतबार प्रतितोला १९ सय १० रुपैयाँ रहेको चाँदी सोमबार पनि सोही मूल्य कायम भएको हो ।

१० निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने सरकारको तयारी

१० निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने सरकारको तयारी
काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १० वटा निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी गरेको छ । कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार १० वटा निर्माण कम्पनीलाई काली सूचीमा राख्नु नपर्ने आधार भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनेको हो । जिम्मा लिएका विभिन्न आयोजनाका काम समयमै सम्पन्न नगर्ने निर्माण कम्पनीलाई सरकारले स्पष्टीकरण सोधेको हो । सार्वजनिक...

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४५, आलु रातो प्रतिकिलो रु ३२, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ६०, गाजर (लोकल) प्रतिकिलो रु २५, गाजर (तराई) प्रतिकिल...