आगामी दशक ‘युवा रोजगारी दशक’, सामाजिक सुरक्षा कोषमा आबद्धता अनिवार्य
काठमाडौं । सरकारले आगामी दशकलाई रोजगारी दशकका रूपमा मनाउने घोषणा गर्दै सबै क्षेत्रलाई सामाजिक सुरक्षा कोषको आबद्धता अनिवार्य गरेको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त सदनमा यसको घोषणा गरेका हुन् ।
“योगदानमा आधारित सामाजिक सुरक्षालाई अनिवार्य गरिनेछ,” सरकारको नीति तथा कार्यक्रममा भनिएको छ, “श्रम गर्ने संस्कृतिको विकास गर्दै श्रमलाई सम्मान गर्ने संस्कृति निर्माण गरिनेछ । इन्टर्नलाई पनि स्टर्टअपमा संलग्न गर्न कार्य घण्टामा ...









