माओवादी सिन्धु–काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा तोकेन्द्र गहतराज निर्वाचित
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा तोकेन्द्र गहतराज निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न दोस्रो सम्मेलनबाट गहतराजको नेतृत्वमा ४१ सदस्यीय नयाँ समिति सर्वसम्मत रुपमा चयन गरिएको हो ।
नवगठित समितिमा उपाध्यक्षहरूमा सुदर्शन लम्साल, सुवास लामा, रेशम बहादुर पाख्रिन र शारदा आचार्य चयन भएका छन् । सचिवमा छन्द प्रसाद नेपाल (सिपी), सहसचिवहरूमा राजेश तामाङ र राजन भुजेल तथा कोषाध्यक्षमा ज्ञानसिं वाइवा निर...









