अर्थ

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १३६ रुपैयाँ ५१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५६ रुपैयाँ ७० पैसा र बिक्रीदर १५७ रुपैयाँ ३९ पैसा, युके पाउन्डस्ट्रलिङ एकको खरिदर १८१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १८२ रुपैयाँ ७३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १६९ रुपैयाँ १९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिद...

डा.गुणाकर भट्टविरुद्धको निवेदन हेर्न नभ्याइनेमा

डा.गुणाकर भट्टविरुद्धको निवेदन हेर्न नभ्याइनेमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टलाई गभर्नर नियुक्त नगर्न मागसहितको पूरक निवेदन हेर्न नभ्याइने भएको छ । आइतबार पनि निवेदन हेर्न नभ्याइनेमा परेको थियो । गभर्नर नियुक्तिका लागि उमेरहद संशोधन कार्यान्वयन नगर्न परेको रिट र भट्टलाई गर्भनरमा नियुक्त नगर्न परेको निवेदनमाथि न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएपनि दुवै हेर्न नभ्याइनेमा परेको हो । सोमबार १३औं नम्बरमा परेका ती रिट र निवेदन आइतबा...

शेयर निष्काशन प्रक्रियाको लागि मुक्तिनाथ फुड बैंकको तयारी

शेयर निष्काशन प्रक्रियाको लागि मुक्तिनाथ फुड बैंकको तयारी
काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेड र मुक्तिनाथ फुड बैंक लिमिटेड बीच संस्थागत परामर्श सेवा सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ । मुक्तिनाथ क्यापिटलले संस्थागत परामर्श सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना काल देखि सर्वसाधारणलाई प्राथमिक शेयर निष्काशन जारी गर्ने चरणसम्म पुर्‍याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउदै आईरहेको छ । एक कार्यक्रमकाबीच मुक्तिनाथ फुड बैंकका तर्फबाट सञ्चालक मोहन कुमार बस्नेत र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रम...

सुनको मूल्यले बनायो नयाँ कीर्तिमान

सुनको मूल्यले बनायो नयाँ कीर्तिमान
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको हो । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि सबैभन्दा बढी बिहीबार सुनको मूल्य तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको थियो । आइतबार भने सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको थियो। आज एकैदिन १२ सय रुपैयाँले बढेको हो । त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार १९ सय ६० रुपैयाँ काय...

९ महिनामा वाणिज्य बैंकको नाफा ४१ अर्ब २५ करोड, कुनले कति कमाए ?

९ महिनामा वाणिज्य बैंकको नाफा ४१ अर्ब २५ करोड, कुनले कति कमाए ?
काठमाडौं । २० वाणिज्य बैंकले चालु आर्थिक वर्ष २०८१र८२ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरणले केही बैंकको वाहेक अधिकांश वाणिज्यको बैैंकको नाफा बृद्धि रहेको देखाएको हो । ९ महिनामा बैंकहरुले नाफा ४१ अर्ब २५ करोड ११ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । बैंकहरुले गरेको यो नाफा गत आर्थिक वर्ष २०८०र८१ को तुलनामा १।४० प्रतिशतले बढी रहेको देखिन्छ । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुले ४० अर्ब ६८ करोड ३० लाख रुपैयाँ नाफ...

आजदेखि दुई अर्ब ५० करोडको ऋणपत्र बिक्री गर्दै राष्ट्रिय वाणिज्य बैंक

आजदेखि दुई अर्ब ५० करोडको ऋणपत्र बिक्री गर्दै राष्ट्रिय वाणिज्य बैंक
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आजदेखि दुई अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । कूल २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट बैंकले स्वीकृति पाएको छ । कूल सात वर्षे अवधि भएको ऋणपत्रमा लगानी गर्नेले वार्षिक रुपमा सात प्रतिशत बराबर व्याजदर प्राप्त गर्नेछन् । अङ्कित मूल्य एक हजार रुपैयाँ दरको ऋणपत्रमा लगानीकर्ताले कूल २५ कित्तादेखि बिक्री गर्न लागिएको सम्पूर्ण कित्तामा नै आवेदन दिन सक्नेछन् । धितोपत्र बिक्री प्रब...

शिक्षक आन्दोलनले पारेको प्रभाव, यातायात महासंघले भन्यो : माइतीघर–बानेश्वर सडक सुचारु नगरे गाडी तेर्स्याउँछौँ

शिक्षक आन्दोलनले पारेको प्रभाव, यातायात महासंघले भन्यो : माइतीघर–बानेश्वर सडक सुचारु नगरे गाडी तेर्स्याउँछौँ
काठमाडौं । माइतीघर–बानेश्वर सडकमा १७ दिनदेखि शिक्षक महासंघको आयोजनामा शिक्षकहरूको आन्दोलन जारी छ । आन्दोलनका कारण सार्वजनिक यातायात अवरुद्ध भएको भन्दै सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षण गराएको छ । महासंघले जिल्ला प्रशासन कार्यालयमार्फत अवरुद्ध सडक सुचारु गरिदिन माग गर्दै गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएको छ । महासंघका महासचिव भरत नेपालले बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई ज्ञापनपत्र बुझ...

कार्यकारी निर्देशकबाट भट्टले दिए राजीनामा, अब बन्ने छन् राष्ट्र बैंकको गभर्नर

कार्यकारी निर्देशकबाट भट्टले दिए राजीनामा, अब बन्ने छन् राष्ट्र बैंकको गभर्नर
काठमाडौँ । नेपाल का कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन् । गभर्नर बन्ने सुनिश्चित भएसँगै भट्टले राजीनामा बुझाएको राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा दुई चरणमा भएको कुराकानीपछि भट्टलाई नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नर बनाउने समझदारी भएको थियो । सरकारले अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वको गभर्नर सिफारिस समिति गठन गरिसकेको छ। उक्त समितिमा पूर्वगभर्नर व...

१ महिनामा ८ अर्ब ७७ करोड रुपैयाँले घट्यो सार्वजनिक ऋण

१ महिनामा ८ अर्ब ७७ करोड रुपैयाँले घट्यो सार्वजनिक ऋण
काठमाडौं । सरकारले १ महिनामा करिब ९ अर्ब रुपैयाँले सार्वजनिक ऋण घटाएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको पहिलो ९ महिना सम्ममा देशको सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब २६ करोड रुपैयाँ रहेको छ । यसअघि, फागुन मसान्तसम्ममा सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब ३ करोड रुपैयाँ रहेको थियो । १ महिनाको अवधिमा ८ अर्ब ७७ करोड रुपैयाँले सार्वजनिक ऋण घटेको हो । सरकारको तिर्न बाँकी कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण १३ खर्ब १ अर्ब ९४ करोड रुपैयाँ र बाह्य ऋण १३ ...

प्रभु बैंक र कृषि बजार व्यवस्थापन समितिबीच व्यवसायिक साझेदारी सम्झौता

प्रभु बैंक र कृषि बजार व्यवस्थापन समितिबीच व्यवसायिक साझेदारी सम्झौता
पोखरा। प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका वडा नं. ९ शान्ति वन वाटिकास्थित कृषि बजार व्यवस्थापन समितिबीच व्यवसायिक साझेदारीको लागि एक कार्यक्रमका बीच सम्झौता भएको छ । कास्की जिल्ला लगायत देशका विभिन्न क्षेत्रमा उत्पादित तथा आयातित कृषि उपजहरुलाई कृषि व्यवस्थापन समिति मातहत सञ्चालित स्टलहरुबाट बिक्री वितरण भइरहँदा दैनिक हुने आर्थिक कारोबारलाई सहज बैंकिङ पहुँचसहित डिजिटल माध्यममा रुपान्तरण गरी व्यवसायिक कारोबारमा सहजीकरणको उद्देश्यलाई प्रभु बैंक र कृषि बजार व्यवस्थापन सम...