अर्थ

सुनको भाउ हालसम्मकै उच्च

सुनको भाउ हालसम्मकै उच्च
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ हजार ७ सय रुपैयाँले बढेर तोलाको १ लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको हो । यसअघि हिजो मंगलबार सुन तोलाको १ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

नारायणघाट–बुटवल सडकखण्ड रातको समयमा बन्द

नारायणघाट–बुटवल सडकखण्ड रातको समयमा बन्द
नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि सोमबारदेखि रातको समयमा बन्द गरिने भएको छ । सडक विस्तार छिटो सम्पन्न गर्न सोमबारदेखि रातको समयमा सडक बन्द गर्न लागिएको हो । नारायणघाट–बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार दाउन्ने खण्डमा सोमबारराति ११ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ । सोमबारदेखि यही वैशाख १५ गतेसम्म दैनिक रातको ६ घण्टा सवारीसाधन रोकेर दाउन्नेखण्डको सडक ...

सुनको मूल्य फेरि बढ्यो, हालसम्मकै उच्च

सुनको मूल्य फेरि बढ्यो, हालसम्मकै उच्च
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ८५ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोलामा एक हजारले बढेर रु एक लाख ८६ हजार कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । साथै आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला रु एक हजार ९०५ मा कारोबार भएको चाँदी आज रु १० ले बढेर रु एक हजार ९६० पुगेको छ ।

बालाजुस्थित औद्योगिक क्षेत्रमा आगलागी

बालाजुस्थित औद्योगिक क्षेत्रमा आगलागी
काठमाडौं । काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमा आगलागी भएको छ । आगलागीपछि अहिले जुद्ध बारुणयन्त्रका तीनवटा दमकल आगलागी क्षेत्रमा पुगेको र आगो नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । आगलागी भएको खबर पाउनासाथ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली र बारुणयन्त्रका तीनवटा दमकल अहिले घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको उनले बताए । आगलागीको कारण भने अहिलेसम्म खुल्न सक...

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८० रुपैयाँ ५७ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ११ पैसा कायम भएको छ । अष्ट्रेलियन डलर एकको खरि...

ज्येष्ठ नागरिक भत्ता पाउने उमेर ७० वर्ष, कर्मचारी अवकाश हुने उमेर ६० वर्ष बनाउन सुझाव

ज्येष्ठ नागरिक भत्ता पाउने उमेर ७० वर्ष, कर्मचारी अवकाश हुने उमेर ६० वर्ष बनाउन सुझाव
काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सामाजिक सुरक्षा खर्च घटाउन सरकारलाई सुझाव दिएको छ । पूर्वअर्थ सचिव रामेश्वरप्रसाद खनालको अध्यक्षतामा गठित आयोगले अर्थमन्त्री विष्णु पौडेललाई शुक्रबार बुझाएको ‘आर्थिक सुधारको मार्गचित्र’ शीर्षकको प्रतिवेदनमा खर्च घटाउन सुझाव दिएको हो । “चालु खर्चभित्र सामाजिक सुरक्षा खर्च तीव्रदर बढिरहेको सन्दर्भमा यसमा हुने खर्च थप बढ्न नदिने उपाय गर्नु जरुरी छ,” प्रतिवेदनमा भनिएको छ, “प्रदेश सरकार र स्थानीय तहहरूले समेत विभिन्न खालका सामाजिक...

वैरो संघको निर्वाचन आज, ब्याबसायलाई सेवामुलक उद्योग बनाउने घोषणासहित गुरुङ र गेलाल समुह चुनावी प्रतिष्पर्धामा

वैरो संघको निर्वाचन आज, ब्याबसायलाई सेवामुलक उद्योग बनाउने घोषणासहित गुरुङ र गेलाल समुह चुनावी प्रतिष्पर्धामा
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आज हुने कार्यसमिति निर्वाचनका लागि भुवन गुरुङ र नरेश गेलाल समुहले आ आफ्ना समुहको अन्तिम सभा सम्पन्न गरेर निर्वाचनमा होमिएका छन । चुनावी प्रतिस्पर्धामा रहेका दुवै प्यानलले आफ्नो पक्षमा जित सुनिश्चित भएको दाबी गरेका छन । तर पुराना र नया २०५ व्यवसायी मतदाता अझैसम्म पनि कता मतदान गर्ने भनेर अन्योल र अनिर्णित अवस्थामा रहेका छन । उक्त अनिर्णित अवस्थामा रहेका मतदाताले अन्तिम परिणामलाई प्रभावित गर्ने देखिएको छ । यसपटकको निर्वाचनमा २००...

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७८ रुपैयाँ १५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको ख...

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, एकैदिन बढ्यो ५७ सय रुपैयाँ

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, एकैदिन बढ्यो ५७ सय रुपैयाँ
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा पाँच हजार ७०० रुपैयाँले बढेको हो । बिहीबार यससँगै छापावाल सुनको मूल्य तोलामा एक लाख ८१ हजार १०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा एक लाख ७५ हजार ४०० रुपैयाँ कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार एक हजार ८३५ रुपैयाँमा कारोवार भएको चाँदी आज ६५ रुपैयाँले बढेर १ हजार ९ सय रुपैयाँमा कारोबार ...

नेपालको आर्थिक वृद्धिदर चार दशमलव चार प्रतिशत रहने अनुमान

नेपालको आर्थिक वृद्धिदर चार दशमलव चार प्रतिशत रहने अनुमान
काठमाडौं । एसियाली विकास बैंक (एडिबी) ले सन् २०२५ मा एसिया क्षेत्रको आर्थिक वृद्धिदर चार दशमलव नौ र नेपालको आर्थिक वृद्धिदर चार दशमलव चार प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको छ । एडिबीले आज ‘एसियन डेभलपमेन्ट आउटलुक-२०२५’ प्रतिवेदन सार्वजनिक गर्दै एसियाली मुलुकहरूको आर्थिक वृद्धिदर र मुद्रास्फीतिबारे प्रक्षेपण गरेको हो । अमेरिकाले तय गरेको भन्सार नीति, भूराजनीतिक तनावलगायत कारण एसिया र प्रशान्त क्षेत्रमा व्यापारिक अनिश्चितताले आर्थिक वृद्धिदर तथा मुद्रास्फीतिमा ...