अर्थ

सामसङ नेपालले ल्यायो ‘नयाँ वर्षको सुरुवात, कनेक्टेड घर र परिवार’ अफर

सामसङ नेपालले ल्यायो ‘नयाँ वर्षको सुरुवात, कनेक्टेड घर र परिवार’ अफर
काठमाडौं । नयाँ वर्ष २०८२ को आगमनसँगै सामसङ नेपालले ‘नयाँ वर्षको सुरुवात, कनेक्टेड घर र परिवार’ अफर ल्याएको छ । आफ्नो नवीनतम स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मेसिन, एयर कन्डिसनर तथा माइक्रोवेभहरू लगायत आफ्नो अप्लाएन्सहरुमा विशेष छुट, उपहार र सजिलो इएमआई सुविधासहित यो अफरले ग्राहकहरूको परिवारलाई स्मार्ट कनेक्सन भएको घरमा सहज र आधुनिक जीवनशैलीको अनुभव गराउने कम्पनीले जनाएको छ । स्मार्टथिङ्स कनेक्सन प्रयोग गरेर सामसङका वाई–फाई कनेक्टेड स्मार्ट उपकरणहरूलाई अब मोबाइलबाट सजिलै न...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रुपैयाँ ८७ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६१ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ७३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको ख...

सामाजिक सुरक्षा कोषमा परिवारकै राष्ट्रिय परिचयपत्र अनिवार्य हुनुपर्ने

सामाजिक सुरक्षा कोषमा परिवारकै राष्ट्रिय परिचयपत्र अनिवार्य हुनुपर्ने
काठमाडौं । सामाजिक सुरक्षा कोषले सञ्चालन गरेको औषधि उपचार र दुर्घटनासम्बन्धी सेवा लिन परिवारकै राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । मंगलबार एक सूचनामार्फत कोषले योगदानकर्ताका श्रीमान्/श्रीमती र १८ वर्षसम्मका छोरा/छोरीलाई औषधि उपचार र दुर्घटनासम्बन्धी सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको जनाएको हो । कोषले ०८२ वैशाख १ गतेदेखि सेवा‍ लागु हुने भएकाले योगदानकर्ता पोर्टलमा राष्ट्रिय परिचयपत्र र फोटोसहितको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । लाभग्राही सबैको राष्ट्रिय ...

दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपति निर्वाचन हुने

दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपति निर्वाचन हुने
सोल । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिले मंगलबार जुन ३ मा राष्ट्रपति निर्वाचन हुने घोषणा गरेका छन् । मुलुकका पूर्वराष्ट्रपति युन सुक योलको मार्शल ल घोषणाको विनाशकारी प्रयासपछि उनलाई पदबाट हटाइएपछि यो निर्णय आएको हो । पूर्वराष्ट्रपति युनले नागरिक शासन अवरुद्ध गर्ने प्रयास गरेको तर सांसदहरूद्वारा तुरुन्तै महाभियोग लगाइएको र पदबाट निलम्बन गरिएपछि दक्षिण कोरिया डिसेम्बरदेखि प्रभावकारी रूपमा नेतृत्वविहीन रहेको छ । गत हप्ता अदालतले उनको महाभियोगलाई सदर गरेको थियो । उक...

कोशी पर्यटन वर्षको तयारी पूरा

कोशी पर्यटन वर्षको तयारी पूरा
विराटनगर। कोशी प्रदेश सरकारको आयोजनामा २०८२ सालभर मनाइने कोशी पर्यटन वर्षको सम्पूर्ण तयारी पूरा भएको छ । तेह्रथुमको तीनजुरेमिल्के क्षेत्रबाट पर्यटन वर्षको शुभारम्भ गरिने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताए । प्रदेश सरकारले भारतबाट आउने पर्यटकको सुविधालालाई दृष्टिगत गरी उनीहरु सवार सवारीसाधनमा ‘स्टिकर’ टाँस्ने व्यवस्था गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको अगुवाइमा त्यस्तो व्यवस्था भएको हो । पर्यटन वर्षलाई सफलतापूर्वक सम्पन्न गर्न पर्यटन वन त...

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो । मंगलबार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ४०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७३ हजार ८०० रुपैयाँ कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार १८३० कायम भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

सूर्य नेपाल एनपीजीए म्याच प्ले आजदेखि

सूर्य नेपाल एनपीजीए म्याच प्ले आजदेखि
काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत छैटौँ प्रतियोगिता 'सूर्य नेपाल एनपीजीए म्याच प्ले आ'जदेखि रोयल नेपाल गल्फ क्लबमा सुरु हुँदै छ । सन् २०२३–२४ को अर्डर अफ मेरिटको आधारमा १६ प्रोफेसनल गल्फरले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको कुल पुरस्कार राशि दुई लाख ५० हजार छ । उपाधि विजेताले नगद ६० हजार प्राप्त गर्नेछ । यसैगरी, दोस्रो हुनेले ४२ हजार, तेस्रो हुनेले ३२ हजार र चौथो हुनेले २४ हजार रुपैयाँ हात पार्नेछन् । क्वार्टरफाइनलमा पराजित हुने चार खेलाडीले...

एनआईसी एसिया बैंकको संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

एनआईसी एसिया बैंकको संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?
काठमाडौं । एनआईसी एसिया बैंकमा रहेको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका सात लाख १४ हजार ९५० कित्ता संस्थापक सेयर बिक्री गर्न लागिएको हो । संस्थापक सेयर कसले बिक्री गर्न लागेको खुलेको छैन । बैंकमा भएका संस्थापकको हुने गरी सेयर बिक्री गर्न लागिएको छ । आउँदो वैशाख ९ गतेभित्र बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडमा प्रस्ताव पेस गर्न बैंकले भनेको छ । बैंकको संस्थापक सेयर प्रतिकित्ता न्यूनतम मूल्य १९० रुपैयाँ तोकिएको छ । न्यूनतम एक हजार कित्ता सेयर खरिद गर्नुपर्ने बै...

एकता महाधिवेशनका लागि करिब ५० हजार सदस्य पुग्यो, मध्यरातबाट बन्द भयो सदस्यता फाराम

एकता महाधिवेशनका लागि करिब ५० हजार सदस्य पुग्यो, मध्यरातबाट बन्द भयो सदस्यता फाराम
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनका लागि करिब ५० हजार सदस्य पुग्ने आङ्कलन गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) एकता महाधिवेशनका लागि निरन्तर सचिवालयमा खटिइरहेका अभियन्ता दिपेश खत्रीले समितिको वेबसाइटमै हालसम्म १७ हजार हाराहारीमा सदस्यदर्ता भएको र एनसीसीहरुसँग एमओयू हुँदा त्यहाँका सदस्य पनि समितिको वेबसाइटमा मर्ज हुने भएकाले संख्या बढेर ५० हजार हाराहारी पुग्ने अपेक्षा गरिएको बताए । उनका अनुसार एनसीसीहरुसँग डेलिगेट्सको टुंगो लगाउनुअघि नै एमओयू ग...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ६४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५० रुपैयाँ ६४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६० रुपैयाँ ३४ पैसा र बिक्रीदर १६१ रुपैयाँ ०४ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरि...