अर्थ

एअर इन्डिया दुर्घटनामा ज्यान गुमाउने परिवारलाई टाटा समूहले जनही १ करोड दिने

एअर इन्डिया दुर्घटनामा ज्यान गुमाउने परिवारलाई टाटा समूहले जनही १ करोड दिने
काठमाडौं । एयर इन्डियाको एउटा विमान हिजो उड्ने बित्तिकै अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको थियो ।  उक्त विमानमा २४२ जना सवार थिए, जसमध्ये २३० यात्रु र १२ चालक दलका सदस्य थिए। यस दुर्घटनामा एकजना मात्र बाँच्न सफल भएका छन् । यो दुखद घटनाले सिंगो देशलाई स्तब्ध बनाएको छ । टाटा समूहले एयर इन्डियाको विमान दुर्घटनामा दुःख व्यक्त गर्दै पीडितका परिवारलाई सहयोग गर्ने घोषणा गरेको छ। टाटा समूहका अध्यक्ष एन. चन्द्र शेखरनले सोशल मिडिया प्ल...

आर्थिक अनुशासन उल्लंघनमा चाँगुनारायण नगरपालिका चुर्लुम्म

आर्थिक अनुशासन उल्लंघनमा चाँगुनारायण नगरपालिका चुर्लुम्म
भक्तपुर। भक्तपुरको चाँगुनारायण नगरपालिकाले व्यापक रुपमा आर्थिक अनुशासन उल्लंघन गरेको पाइएको छ। महालेखा परीक्षकको प्रतिवेदनले उक्त नगरपालिकामा गम्भीर अनियमितता र अपारदर्शी खर्चका विवरणहरू सार्वजनिक गरेको छ। स्थानीय सरकारले मापदण्ड र कानुनी प्रक्रिया उल्लंघन गर्दै करोडौं रकम खर्च गरेको देखिएको छ। प्रतिवेदन अनुसार पालिकाले ३० करोड ८० लाख ३६ हजार रुपैयाँ विभिन्न शीर्षकमा रकमान्तर गरी खर्च गरेको छ। यो खर्च पारदर्शी ढंगले नगरिएको, न त कार्यक्रमको प्रभावकारिता मूल्यांकन गरिएको प्...

सुनचाँदीका मुल्यमा बृद्दी

सुनचाँदीका मुल्यमा बृद्दी
काठमाडौं । आज सुनको मूल्य तोलामा चार हजार २०० ले वृद्धि भएको छ भने चाँदी पनि १५ रूपैयाँले बृद्दी भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुन एक लाख ९७ हजार १०० कायम भएको छ । हिजो सुन १ लाख ९४ हजार ९ सयमा कारोबार भएको थियो । एक तोला चाँदी दुई हजार १६५ मा कारोबार भइरहेको छ।

एमसीसी अघि बढ्ने संकेत, सन् २०२६ का लागि गरियो बजेट प्रस्ताव

एमसीसी अघि बढ्ने संकेत, सन् २०२६ का लागि गरियो बजेट प्रस्ताव
काठमाडौं । अमेरिकी सहयोगको परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)ले सन् २०२६ को लागि बजेट विनियोजन गर्न प्रस्ताव गरेको छ । योसँगै अमेरीका सरकारले गत जनवरीमा स्थगित गर्ने निर्णय गरेको परियोजना फेरि अघि बढ्ने संकेत देखिएको हो । एमसीसीले आफ्नो वेबसाइटमा राखेको पछिल्लो विवरण अनुसार सन् २०२६ का लागि कुल २२ करोड ४० लाख अमेरिकी डलर बजेट विनियोजन गर्न प्रस्ताव गरेको छ । यद्यपि, एमसीसीले यसअघिको बजेटको तुलनामा भने यसपालि ठूलो मात्रामा कटौती गरेको देखिएको छ । बजेट प्रस्ताव घ...

सुनको मुल्य बढदाँ चाँदीको भने स्थिर

सुनको मुल्य बढदाँ चाँदीको भने स्थिर
काठमाडौं । आज सुनको मूल्य बढदाँ चाँदीको मुल्य भने स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार ३०० रुपैयाँले बढेर एक लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। तर, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन तोलामा १ हजार १६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार पनि सोही मुल्यमा कारोबार भइरहेको छ ।

नेपाल र साउदीबिच दुईवटा श्रमिक सम्झौता हुने

नेपाल र साउदीबिच दुईवटा श्रमिक सम्झौता हुने
जेनेभा । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र साउदी अरबको अन्तर्राष्ट्रिय मामिलाका उपमन्त्री तारिक अल हमदबीच नेपाली श्रमिक लैजाने महत्वपूर्ण बिषयमा सहमती भएका छन । सोमबार जेनेभामा भएको साइडलाइन द्धिपक्षीय भेटवार्ता र छलफलका क्रममा नेपाल र साउदी अरेबियाबीच श्रमिक लैजाने सम्बन्धमा महत्वपूर्ण सहमति भएको हो । मन्त्री भण्डारीले घरेलु श्रमिकको सम्झौतालाई थाती राखेर सामान्य र सीपयुक्त श्रमिकको सीप प्रमाणीकरण कार्यक्रमसम्बन्धी गरी तत्काल दुईवटा सम्झौता गर्न...

सुनको भाउ स्थिर रहदाँ चाँदीको बढयो

सुनको भाउ स्थिर रहदाँ चाँदीको बढयो
काठमाडौं । आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिवार झै शुक्रबार पनि छापावाल सुनको मुल्य स्थिर रहेको छ । जस अनुसार शुक्रवार छापावाल सुन प्रति तोला १ लाख ६६ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ । तर, शुक्रवार चाँदीको मूल्य भने बढेको छ । हिजो २ हजार ७५ रुपैयाँ कारोबार भएको चाँदीको मूल्य शुक्रवार बढेर तोलामा २ हजार १५० रुपैयाँ कायम भएको छ ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५७ रुपैयाँ १३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६७ रुपैयाँ १२ पैसा र बिक्रीदर १६७ रुपैयाँ ८५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खर...

संसद्का दुवै सदनको बैठक बस्दै

संसद्का दुवै सदनको बैठक बस्दै
काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्ने कार्यतालिका छ । प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आगामी आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ । बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा व...

५७ अर्ब ६४ करोडको मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत

५७ अर्ब ६४ करोडको मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
काठमाडौं । लगानी बोर्ड नेपालको ६४ औँ बैठकले मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृति लगायत विभिन्न परियोजना अघि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा विहीबार प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको बैठकले पर्वतको सेराफाँट (वीरेठाँटी-नयाँ पुल)देखि मुस्ताङको मुक्तिनाथसम्म सात स्थानमा स्टेशनसहित ८१ दशमलव ०४१ किलोमिटरको लामो केवलकार निर्माणका लागि लगानी स्वीकृत भएको हो । ५७ अर्ब ६४ करोड ३७ लाख लगत रहने उक्त परियोजना निर्माण...