flash news

गर्मीमा सुन्तलाका जुस पिउदाँ पाइनेछ अनेक फाइदा

गर्मीमा सुन्तलाका जुस पिउदाँ पाइनेछ अनेक फाइदा
काठमाडौं । गर्मीको मौसम सुरू भएको छ, यस्तो बेला खानपिनमा विशेष ध्यान दिनुपर्छ किनभने यस मौसममा पेटसम्बन्धी समस्या हुने सम्भावना बढि मात्रामा हुन्छ । खासमा गर्मी मौसममा तरल खानेकुरालाई बढी महत्व दिनुपर्छ । त्यसैले यो मौसममा आफ्नो दैनिक आहारमा सुन्तलाको जुस अवश्य समावेश गर्नु होस्। तपाईले यसबाट एक होइन्, धेरै फाइदाहरू पाउन सक्नुहुन्छ, जसको बारेमा हामी तपाईलाई लेखमा थप जानकारी दिनेछौं । गर्मी मौसममा सुन्तलाको जुस पिउनुका फाइदाहरुः – यस मौसममा पसिनाको कारण शरीरबाट धेरै प...

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ती जारी गरी भोलि (बुधबार) विहान ८ः३० बजे बस्नेगरि बैठक बोलाईएको जानकारी गराएका छन् । बैठक केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन ललितपुरमा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरुको उपस्थिति रहने जनाईएको छ ।

प्रधानमन्त्रीलाई सुनचाँदी व्यवसायीको ध्यानाकर्षण

प्रधानमन्त्रीलाई सुनचाँदी व्यवसायीको ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनचाँदी व्यवसायसँग सम्बन्धित सङ्घ–संस्थाका नेतृत्वले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुनचाँदी कारोबारमा दुई प्रतिशत विलासिता कर लगाउने व्यवस्थाप्रति ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासङ्घका अध्यक्ष किसान सुनार, नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष अर्जुन रसाइली र नेपाल रत्न तथा आभुषण सङ्घका अध्यक्ष सुमनमान ताम्राकारसहितको टोलीले उक्...

सदनमा रास्वपाको अवरोध हटाउन प्रमुख दलका नेतासँग सभामुखको छलफल

सदनमा रास्वपाको अवरोध हटाउन प्रमुख दलका नेतासँग सभामुखको छलफल
काठमाडौँ । प्रतिनिधि सभाको चौथो ठुलो दल रास्वपाले संसद अवरोध जारी राखेको विषयमा सभामुखले अहिले बानेश्वरमा प्रमुख पाँच दलसँग छलफल गरिरहनुभएको छ। छलफलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा राना, एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही हुनुहुन्छ। सभामुखले संसदमा जारी अवरोध खुलाउन...

बाढीपहिरोले देशका विभिन्न मुख्य राजमार्गहरूमा अवरोध, सावधानी अपनाउन आग्रह

बाढीपहिरोले देशका विभिन्न मुख्य राजमार्गहरूमा अवरोध, सावधानी अपनाउन आग्रह
काठमाडौं । देशका विभिन्न भागमा भारी वर्षाका कारण आएको बाढीपहिरोले केही प्रमुख राजमार्गहरूमा अझै पनि अवरोध रहेको नेपाल प्रहरीले जनाएको छ । यात्रुहरूलाई यात्रा गर्नुअघि सडकको अवस्थाबारे पूर्ण जानकारी लिन र विशेष सावधानी अपनाउन आग्रह पनि गरिएको छ । काठमाडौं उपत्यका ललितपुरः बागमती गाउँपालिका वडा नं. ०३ छपेलीस्थित कान्तिलोक पथ सडक पहिरोले गर्दा पूर्ण रूपमा अवरुद्ध छ। कोशी प्रदेश धनकुटाः साँगुरीगढी नगरपालिका वडा नं. ५, रवि डाँडा भेडेटार सडक पहिरोका कारण एकतर्फी रूपमा स...

प्रतिनिधिसभा बैठकमा आज पनि रास्वपा र राप्रपाको विरोध

प्रतिनिधिसभा बैठकमा आज पनि रास्वपा र राप्रपाको विरोध
काठमाडौं । प्रतिनिधिसभामा आजको बैठकमा पनि रास्वपा र राप्रपाले विरोध जारी राखेका छन् । आजको बैठकमा सभामुख देवराज घिमिरेले कार्यसूचीमा प्रवेश गरेको जानकारी गराएसँगै रास्वपा र राप्रपाका सांसदले उठेर टेबल ठोक्दै विरोध जनाएका हुन् । सभामुख घिमिरले पटकपटक उनीहरूलाई आसनग्रहणका आग्रह गरे पनि उनीहरूले आफूहरूलाई पहिले बोल्न दिन आग्रह गरेका थिए । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्नुपर्ने रास्वपासहितको विपक्षीको माग छ । तर, कांग्रेस(एमाले र माओवादीले भने ...

ट्रम्प जी ७ को शिखर सम्मेलन छाडेर अमेरिका फर्के

ट्रम्प जी ७ को शिखर सम्मेलन छाडेर अमेरिका फर्के
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडामा जारी जी–७ सम्मेलनमा सबैलाई चकित पारेका छन् । वास्तवमा, उनी सम्मेलन जारी रहेकै बखतमा सम्मेलन छोडेर अमेरिका फर्किएका छन् । इरान र इजरायलबीचको तनाव उत्कर्षमा पुगेको बेला उनले यस्तो कदम चालेका हुन् । जी–७ शिखर सम्मेलनका क्रममा ट्रम्पले समूहको महत्वबारे पनि प्रश्न उठाएका थिए । उनले सन् २०१४ मा रुसलाई जी–७ बाट निष्कासन गर्नु गलत भएको बताउँदै उनले चीनलाई  जी ७ मा समावेश गर्नुपर्ने सुझाव पनि दिए।

निलो टाई लगाएर रास्वपा सांसद संसद भवनमा

निलो टाई लगाएर रास्वपा सांसद संसद भवनमा
काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद निलो टाई लगाएर संसद भवन पुगेका छन् । भिजिट भिषा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजिनामा दिनुपर्ने तथा  छानबिन समिति माग गर्दै आएका उनीहरू निलो टाई लगागर संसद भवन पुगेका हुन् । `मानव तस्करी बिरूद्धको अभियानलाई विश्वव्यापी रूपमा "निलो रिबन" को प्रतीकले जनाउँछ,´ सांसद मनिष झाले भने, ´आज राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदले संघीय सदनमा निलो रिवन लगाएर "मानव तस्करी" को बिरोध गरेका छन।´

रवीन्द्र मिश्र अदालतमा उपस्थित

रवीन्द्र मिश्र अदालतमा उपस्थित
काठमाडौं । तीनकुने घटनाका आरोपी राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र अदालतमा उपस्थित भएका छन् । उनी आज काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् । उनका आजै न्यायाधीश तारादेवी महर्जनको इजलासमा बयान र थुनछेक हुनेछ। यसअघि उनी हाजिरी जमानीमा रिहा भएका थिए । तर अदालतमा उपस्थित नभएको भन्दै प्रहरीले उनको खोजी गरिरहेका थियो । यसअघि हिजो राप्रपाकै महामन्त्री धवलशमशेर राणालाई अदालतले धरौटीमा रिहा गरेको छ । राणा धरौटीमा रिहा भएपछि मिश्र पनि आज अदालत पु...

कलंकीमा विद्यालयभित्रै भ्यान दुर्घटना हुँदा एकजना विद्यार्थीको मृत्यु, सातजना घाइते

कलंकीमा विद्यालयभित्रै भ्यान दुर्घटना हुँदा एकजना विद्यार्थीको मृत्यु, सातजना घाइते
काठमाडौं । काठमाडौंको कलंकीमा रहेको ईडीआईएफवाई विद्यालयको हाताभित्र भ्यान दुर्घटना हुँदा एकजना विद्यार्थीको मृत्यु भएको छ । पोलमा ठोक्किएर विद्यालयकै ईभी भ्यान दुर्घटना हुँदा नौ वर्षीया सर्लाहीकी सोनाक्षी यादववको मृत्यु भएको हो । दुर्घटनामा पाँचजना विद्यार्थी, एक शिक्षक र चालक समेत घाइते भएका छन् । दुईजनाको अवस्था गम्भीर छ ।