राजनीति/समाचार

संसद्को पाक्षिक क्यालेन्डर तयार, समावेश छैन शिक्षा र निजामती विधेयक

संसद्को पाक्षिक क्यालेन्डर तयार, समावेश छैन शिक्षा र निजामती विधेयक
काठमाडौं । प्रतिनिधि सभाको पाक्षिक क्यालेन्डर तयार भएको छ । जसमा सरकारले प्राथमिकता दिएको भनिएको विद्यालय शिक्षा विधेयक र संघीय निजामती सेवा विधेयक अगाडि बढाउने कार्यसूची समावेश छैन । निजामती सेवा विधेयक प्रतिनिधि सभामै पुगेर अड्किएको छ । विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छ । गत मंगलबार प्रतिनिधि सभाको बैठकमा निजामती सेवा विधेयक पारित गर्ने कार्यसुची थियो । तर, त्यसदिन सभा उक्त कार्यसूचीमा प्रवेश नै गरेन । बिह...

दीपक मनाङेको सांसद पदमुक्त 

दीपक मनाङेको सांसद पदमुक्त 
काठमाडौं । ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भएका गण्डकी प्रदेश सभाका सांसद राजीव गुरुङ (दीपक मनाङे) पदमुक्त भएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले उनी सांसद पदका लागि उम्मेदवार बन्न नै अयोग्य रहेको ठहर गर्दै बुधबार उनलाई पदमुक्त गर्ने फैसला सुनाएको हो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको संवैधानिक इजलासले मनाङे उम्मेदवार बन्न नै अयोग्य रहेकोले विवरण झुक्याएर सांसद बनेको ठहर गरेको हो । रिट निवेदकले उनको पद प्रारम्भदेखि नै खारेज गर्न माग गरे पनि अदालतले...

सरकारले इजरायल र इरानमा रहेका नेपालीको आवश्कता अनुसार सहयोग गर्ने

सरकारले इजरायल र इरानमा रहेका नेपालीको आवश्कता अनुसार सहयोग गर्ने
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायल र इरानबीच हाल विकसित परिस्थितिका कारण रोजगारीमा रहेका नेपाली श्रमिकको सुरक्षा र सम्भावित जोखिम न्यूनीकरणका लागि कूटनीतिक नियोगलाई आवश्यक तयारी गर्न परराष्ट्र मन्त्रालय समक्ष अनुरोध गर्ने निर्णय गरेको छ । श्रम मन्त्रालयका सचिव कृष्णहरि पुस्करको संयोजकत्वमा बसेको सरोकारवालाको बैठकले नेपाली नियोगमार्फत इजरायल, इरान र प्रभावित छिमेकी मुलुकमा रहेका नेपाली नागरिकको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो । बैठकले ने...

प्रतिनिधिसभामा ६ असारमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

प्रतिनिधिसभामा ६ असारमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर
काठमाडौ । प्रतिनिधिसभामा असार ६ गते शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । संघीय संसद् सचिवालयले १४ असारसम्मका लागि सार्वजनिक गरेको सदनको क्यालेण्डरमा ६ गते शुक्रवार प्रधानमन्त्रीको सांसदसँग प्रश्नोत्तर कार्यक्रम हुने उल्लेख छ । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम गरिँदै आएको छ ।  

यस्ता छन्- असार २ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन्- असार २ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय
काठमाडौं । सरकारले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणको लागि विश्व बैंकबाट प्राप्त हुने करिव २० अर्ब ७९ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गरेको छ । असार २ गते बसेको मन्त्रिपरिषद्को बैठकले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणको लागि विश्व बैंकबाट प्राप्त हुने करिब २० अर्ब ७९ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । उनकाअनुसार सरकारले दक्षिण ...

प्रधानमन्त्रीसमक्ष फास्ट्र ट्रयाक डुकुछापमा सार्न सुुझाव प्रतिवेदन हस्तान्तरण

प्रधानमन्त्रीसमक्ष फास्ट्र ट्रयाक डुकुछापमा सार्न सुुझाव प्रतिवेदन हस्तान्तरण
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आदिवासी जनजाति आयोगले काठमाडौँ–तराई/मधेस दू्रतमार्ग सडक आयोजनाको सुरु विन्दुुलाई ललितपुरको गोदावरी नगरपालिका–८ स्थित डुुकुछापमा कायम गराउन सुुझावसहितको अध्ययन प्रतिवेदन आज हस्तान्तरण गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोगका अध्यक्ष रामबहादुर थापामगरले सो प्रतिवेदन प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गर्नुभएको हो । प्रतिवेदनमा उक्त आयोजनाको हालको प्रवेश विन्दुु ललितपुर महानगरपालिका–२१ को खोकनाको फुडोलमा...

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक बस्दै

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक बस्दै
काठमाडौं । समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिरिषद् कार्यालय सिंहदरबारमा आज दिउँसो ३ बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने प्रधानमन्त्रीका स्वकीय अधिकृत उदय पोखरेलले जानकारी दिए । प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्ट...

नेता शास्त्रीको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने

नेता शास्त्रीको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने
काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं समाजवादी चिन्तक ढुण्डिराज शास्त्रीको निधनप्रति दुःख व्यक्त गर्दै तीनदिन शोक मनाउने निर्णय गरेको छ । कांग्रेसको आज बसेको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले उनको निधनमा शोक प्रस्ताव पारित गर्दै यही असार ४, ५ र ६ गते तीनदिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको हो । बैठकले असार ५ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने, स्व...

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ती जारी गरी भोलि (बुधबार) विहान ८ः३० बजे बस्नेगरि बैठक बोलाईएको जानकारी गराएका छन् । बैठक केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन ललितपुरमा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरुको उपस्थिति रहने जनाईएको छ ।

सदनमा रास्वपाको अवरोध हटाउन प्रमुख दलका नेतासँग सभामुखको छलफल

सदनमा रास्वपाको अवरोध हटाउन प्रमुख दलका नेतासँग सभामुखको छलफल
काठमाडौँ । प्रतिनिधि सभाको चौथो ठुलो दल रास्वपाले संसद अवरोध जारी राखेको विषयमा सभामुखले अहिले बानेश्वरमा प्रमुख पाँच दलसँग छलफल गरिरहनुभएको छ। छलफलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा राना, एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही हुनुहुन्छ। सभामुखले संसदमा जारी अवरोध खुलाउन...