राजनीति/समाचार

प्रतिनिधिसभा बैठकमा आज पनि रास्वपा र राप्रपाको विरोध

प्रतिनिधिसभा बैठकमा आज पनि रास्वपा र राप्रपाको विरोध
काठमाडौं । प्रतिनिधिसभामा आजको बैठकमा पनि रास्वपा र राप्रपाले विरोध जारी राखेका छन् । आजको बैठकमा सभामुख देवराज घिमिरेले कार्यसूचीमा प्रवेश गरेको जानकारी गराएसँगै रास्वपा र राप्रपाका सांसदले उठेर टेबल ठोक्दै विरोध जनाएका हुन् । सभामुख घिमिरले पटकपटक उनीहरूलाई आसनग्रहणका आग्रह गरे पनि उनीहरूले आफूहरूलाई पहिले बोल्न दिन आग्रह गरेका थिए । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्नुपर्ने रास्वपासहितको विपक्षीको माग छ । तर, कांग्रेस(एमाले र माओवादीले भने ...

निलो टाई लगाएर रास्वपा सांसद संसद भवनमा

निलो टाई लगाएर रास्वपा सांसद संसद भवनमा
काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद निलो टाई लगाएर संसद भवन पुगेका छन् । भिजिट भिषा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजिनामा दिनुपर्ने तथा  छानबिन समिति माग गर्दै आएका उनीहरू निलो टाई लगागर संसद भवन पुगेका हुन् । `मानव तस्करी बिरूद्धको अभियानलाई विश्वव्यापी रूपमा "निलो रिबन" को प्रतीकले जनाउँछ,´ सांसद मनिष झाले भने, ´आज राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदले संघीय सदनमा निलो रिवन लगाएर "मानव तस्करी" को बिरोध गरेका छन।´

रवीन्द्र मिश्र अदालतमा उपस्थित

रवीन्द्र मिश्र अदालतमा उपस्थित
काठमाडौं । तीनकुने घटनाका आरोपी राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र अदालतमा उपस्थित भएका छन् । उनी आज काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् । उनका आजै न्यायाधीश तारादेवी महर्जनको इजलासमा बयान र थुनछेक हुनेछ। यसअघि उनी हाजिरी जमानीमा रिहा भएका थिए । तर अदालतमा उपस्थित नभएको भन्दै प्रहरीले उनको खोजी गरिरहेका थियो । यसअघि हिजो राप्रपाकै महामन्त्री धवलशमशेर राणालाई अदालतले धरौटीमा रिहा गरेको छ । राणा धरौटीमा रिहा भएपछि मिश्र पनि आज अदालत पु...

अदालतमा धवलशमशेरको सकियो बयान, थुनछेक बहस जारी

अदालतमा धवलशमशेरको सकियो बयान, थुनछेक बहस जारी
काठमाडौं । काठमाडौंको तीनकुने घटनामा आपराधिक उपद्रव र राज्यविरुद्धको कसुरमा अभियुक्त बनाइएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर राणाको बयान सकिएको छ । सोमबार (असार २) काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस जारी छ । गएको चैत १५ गते तीनकुनेमा आयोजित राजावादीको प्रदर्शनक्रममा दुईजनाको मृत्यु भएको थियो । जडीबुटीस्थित जडीबुटी कम्पनीसहित निजी घरमा आगजनी र तोडफोड, भाटभटेनी सुपरमार्केटमा लुटपाट गरिएको थियो । नेकपा (एकीकृत समाजवादी)को कार्यालयमा पनि आगजनी गरिए...

सरकारले किसानलाई मल नदिएर आपराध गर्यो : प्रभु साह

सरकारले किसानलाई मल नदिएर आपराध गर्यो : प्रभु साह
रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले किसानलाई मलखाद्य नदिएर सरकारले आपराध गरिरहेको बताएका छन् । रौतहटको कटहरियामा आज (सोमबार) बसेको आजपाको रौतहट जिल्ला कमिटीको विशेष बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले अहिले धानबाली लगाउने समयमा मल नदिएर सरकारले किसानलाई जिउँदै मारिरहेको बताए । ‘अहिले धानवाली लगाउँने महत्वपूर्ण समय छ । यो कुरा सरकारमा बस्नेहरुलाई पनि थाहा छ । किसान अहिले मलखाद्य, विउबिजनको जोहो गरिरहेका छन् । तर यो अन्धो सरकारले किसानको पिड...

बालाजुमा भेटिए ‘अलविदा’ लेखेर बेपत्ता भएका चिकित्सक

बालाजुमा भेटिए ‘अलविदा’ लेखेर बेपत्ता भएका चिकित्सक
काठमाडौं । काममा असहयोग र दुःख दिएको भन्दै सुसाइड नोट लेखेर बेपत्ता भएका डा. केशव श्रेष्ठलाई प्रहरीले भेट्टाएको छ । प्रहरीले उनलाई बालाजुबाट शकुसल भेट्टाएको हो । अहिले प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिएर प्रहरी परिसर भद्रकाली ल्याएको छ । थप सोधपुछ गरिने प्रहरीले जानकारी दिएको छ ।

आफ्नो फेसबुकमा पीडा पोखेर सम्पर्कविहीन बने डाक्टर

आफ्नो फेसबुकमा पीडा पोखेर सम्पर्कविहीन बने डाक्टर
काठमाडौं । रामेछाप जिल्ला अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्टका रूपमा कार्यरत डा. केशव श्रेष्ठले आफूलाई अन्यायमा पारिएको भन्दै सामाजिक सञ्जाल फेसबुकमै सुसाइड नोट लेखेर सम्पर्कविहीन बनेका छन् । प्रहरीले उनको खोजी गरिररहेको छ । आफूले न्याय पाउने आधार नदेखेपछि मृत्यु स्वीकार्न लागेको भन्दै उनले फेसबुकमा सुसाइड नोट लेखेका हुन् । उनको खोजीमा काठमाडौं, हेटौंडा र रामेछापमा प्रहरी परिचालन भएका छन् । तर, अहिलेसम्म केही पनि पत्तो लागेको छैन । श्रेष्ठको फोनमा सम्पर्क हुन नसकेको र...

रास्वपा र राप्रपाको अवरोधका बाबजुत आज पनि अगाडि बढ्यो संसद

रास्वपा र राप्रपाको अवरोधका बाबजुत आज पनि अगाडि बढ्यो संसद
काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरू भएको छ । आज पनि भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदमा अवरोध कायमै राखेका छन् । तर आज पनि संसद पेलेरै अगाडि बढाइएको छ । रास्वपाका सांसदहरूले बेल घेराउ गर्दै नाराबाजी गरिरहे पनि सभामुखले संसद अगाडि बढाएका हुन् ।

संसद बैठकः रास्वपा वेल घेराउमा, राप्रपाद्वारा सदन बहिष्कार

संसद बैठकः रास्वपा वेल घेराउमा, राप्रपाद्वारा सदन बहिष्कार
काठमाडौं। रास्वपाले आज पनि प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिनको माग गर्दै आज पनि सदन अवरोध जारी राखेको हो । हिजो पनि रास्वपाको नाराबाजी र राप्रपाको बहिष्कारपछि सभामुखले बैठक अघि बढाएका थिए । बैठकअघि सभामुखले राखेको छलफलमा कुनै सहमति हुन सकेन । आज पनि राप्रपाले बैठक बहिष्कार गरेको छ भने रास्वपा वेल घेराउमा आएको छ । आज रास्वपाबाट सन्तोष परियार र राप्रपाबाट राजेन्द्र लिङ्देनले बोलेका थिए ।

राप्रपाले संसद बहिस्कार गरेको दिनको भत्ता नलिने

राप्रपाले संसद बहिस्कार गरेको दिनको भत्ता नलिने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसद बैठक बहिष्कार गरेको दिनको भत्ता नलिने भएको छ । आज संघीय संसद सचिवालयलाई पत्र लेख्दै राप्रपाले बैठक बहिष्कार गरेको दिनको भत्ता नलिने जानकारी गराएको हो । ‘हाम्रो पार्टीले उठाएका मागहरू निश्चित प्रकरणमा संसदमा अवरोध भएको समयमा पनि जबर्जस्त बैठक सञ्चालन गर्नु अनुचित हुने ठहर गर्दै यो बैठक बहिष्कार गर्ने निर्णय गरिएकाले सो बैठक बापत प्राप्त हुने बैठक भत्ता राजस्वमा फिर्ता हुने व्यवस्था गरि सहयोग गरिदिनुहुन अनुरोध छ,’ राप...