राजनीति/समाचार

तीनकुने घटना : धवलशमशेर राणा अदालतमा उपस्थित

तीनकुने घटना : धवलशमशेर राणा अदालतमा उपस्थित
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर राणा अदालतमा उपस्थित भएका छन् । उनी आज बिहान काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् । गत चैत १५ गत तीनकुनेमा भएको राजावादी प्रदर्शन उग्र बनेपछि राणा पक्राउ परेका थिए । तर, उपचार प्रयोजनार्थ हाजिरी जमानीमा रिहा भएका उनी प्रहरीको सम्पर्क बाहिर थिए । राणाविरुद्ध राज्य विरुद्धको कसुरसहित चार वटा मुद्दामा अभियोजन गरिएको छ । उनलाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा सजाय ...

प्रतिनिधिसभा बैठकमा बजेट माथी उठेका बिषयको अर्थमन्त्रीले जवाफ दिने

प्रतिनिधिसभा बैठकमा बजेट माथी उठेका बिषयको अर्थमन्त्रीले जवाफ दिने
काठमाडौं। प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । जुन बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । राष्ट्रिय स्वतन्त्र पार्टीको बेल घेराउ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीको स्व आशनमा उभिएर गरिएको बिरोध कायमै राखिरहेको बखतका बाबजुद पनि शुक्रबारवाट संसद सुचारू गरिएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२र८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्न प्रस्ता...

बिरगञ्जमा पनि दर्ता भयो रबि लामिछाने बिरूद्द मुद्दा

बिरगञ्जमा पनि दर्ता भयो रबि लामिछाने बिरूद्द मुद्दा
पर्सा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बिरूद्दमा पर्सामा पनि मुद्दा दर्ता भएको छ। सहकारी ठगी प्रकरणमा सभापति लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो । बीररगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । प्रहरीका अनुसार १ महिना अघि नै सरकारी वकिल कार्यालय, पर्सामा प्रतिवेदन बुझाएकोमा शुक्रबार अदालतमा मुद्दा दायर भएको अदालतका सूचना अधिकारी रामनरेश महतोले...

जुवातास खेलिरहेको अवस्थामा काभ्रे र भक्तपुरवाट १७ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा काभ्रे र भक्तपुरवाट १७ जना पक्राउ
काठमाडौं, १ असार । जुवातास खेलिरहेको अवस्थामा भक्तपुर र काभ्रेवाट १७ जना पक्राउ परेका छन् । भक्तपुरको सुर्यविनायक नगरपालिका–१ सिरूटार बस्ने ६२ वर्षीय राम प्रसाद राउतको घरमा जुवातास खेलिरहेको अवस्थामा रामप्रसाद समेत १२ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १० हजार ७ सय ८० रूपैयाँ र तास ६ बुक सहित पक्राउ गरेको हो । उता, काभ्रेको पनौती नगरपालिका–५ ढलमले डेरा गरी बस्ने ४७ वर्षीय संजिबकुमार श्रेष...

निष्पक्षता कायमका लागि लोकसेवा आयोगको जनविश्वास प्रबल छः प्रधानमन्त्री

निष्पक्षता कायमका लागि लोकसेवा आयोगको जनविश्वास प्रबल छः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा लोक सेवा आयोगको जनविश्वास प्रबल रहेको बताएका छन । आयोगको हिरक जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले योग्यता, निष्पक्षता र स्वच्छता कायम गरी निजामति, सुरक्षा निकायलगायत संगठित संस्थामा पदपूर्तिका लागि आयोगले दिएको योगदानको प्रशंसा गरे । “नेपाल र नेपाली चाहनाअनुरुप कार्य गर्न आवश्यक जनशक्तिको छनोटमा आयोगले परीक्षा प्रणालीलाई सुधार गर्दै आएको प्रविधिमैत्री र समयसापेक्षा बनाएको जानकारी...

रास्वपा – राप्रपाको बेल घेराउबीच संसदको कारबाही सुरू

रास्वपा – राप्रपाको बेल घेराउबीच संसदको कारबाही सुरू
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज पनि रास्वपा र राप्रपाका सांसदले बेल घेराउ गरेका छन् । दुई दलको विरोधका बीच सभामुख देवराज घिमिरेले सदनको कारबाही अघि बढाएका छन् । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र एमाले सचिव योगेश भट्टराईले सदनमा भनाइ राखेका छन् ।

संसद खुलाउन सभामुखले गरे रास्ववा र राप्रपासँग अलग्गै छलफल

संसद खुलाउन सभामुखले गरे रास्ववा र राप्रपासँग अलग्गै छलफल
काठमाडौं । सभामुख देवराज घिमिरे  संसदमा जारी अवरोध खुलाउनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग अलग अलग बार्ता गरेका छन् । आज बिहान रास्वपा कार्यवाहक अध्यक्ष डीपी अर्याल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग अलग अलग छलफल गरेका हुन । रास्वपा कार्यवाहक अध्यक्ष अर्यालसँग बानेश्वरस्थित कार्यकक्षमा छलफल गर्दै  सभामुखले संवैधानिक सीमाका कारण बजेटमाथिको छलफल सुरू गर्नै पर्ने बाध्यता रहेको, अवरोधको स्वरुप बदल्न आग्रह गरेका थिए । सभामुखले सदनलाई मर्या...

सम्झना राईले गरिन करिब ४ सर्पकाे उद्दार, बनाइन फरक पहिचान

सम्झना राईले गरिन करिब ४ सर्पकाे उद्दार, बनाइन फरक पहिचान
मोरङ । सर्प देख्नासाथ डराउने वा भाग्नेहरुको कमी छैन तर केही अपवाद पनि छन् । सम्झना राई यस्तै एक साहसी युवती हुन्, जसले सर्पलाई मित्र मान्दै उद्धार गर्ने जिम्मेवारी उठाएकी छिन् । संखुवासभाको खादबारीमा जन्मेकी सम्झना अहिले उर्लाबारी नगरपालिका–१मा बसोबास गर्दै एक सक्रिय सर्प उद्धारकर्ताको रूपमा चिनिन्छिन्। उनले २ वर्ष देखि सर्प उद्धार गर्न थालेकी छन् र अहिले सम्म तीन सय हाराहारी सर्प उद्धार गरिसकेकी छन्। सम्झना राईको जीवन यात्रा सामान्य नभई विशेष छ। सामान्यतया सर्पको नाम सुन्...

रास्वपा र राप्रपाले संसदमा अवरोध कायमै राख्ने

रास्वपा र राप्रपाले संसदमा अवरोध कायमै राख्ने
काठमाडौं । विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदमा अवरोध कायमै राख्ने भएका छन् । सभामुख देवराज घिमिरेले संसदको क्यालेन्डरबारे छलफल गर्न बोलाएको बैठकमा दुवै पार्टीले माग सम्बोधन नभएसम्म अवरोध कायमै रहने बताएका हुन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग रास्वपा र राप्रपाले संसदमा अवरोध गर्दै आएका छन् ।

कस कसले झुक्किएर खानुहुन्न सजिवन, जान्नुहाेस्

कस कसले झुक्किएर खानुहुन्न सजिवन, जान्नुहाेस्
काठमाडौं । गर्मी मौसममा बजारमा धेरै किसिमका तरकारी पाइन्छ, जुन धेरै किसिमका पौष्टिक तत्वले भरिपूर्ण हुन्छ । मानिसहरुले यसको सेवनको फाइदा लिन सकोस् भनेर धेरै उपभोग गर्छन् । यस्तै अर्को तरकारी ड्रमस्टिक अर्थात सजिवन हो, जुन गर्मीमा प्रशस्त मात्रामा पाइन्छ। सजिवनलाई प्रोटिनको भण्डार भनिन्छ। यसको सेवनले धेरै प्रकारका रोगहरुमा फाइदा गर्छ तर कतिपयको लागि यसको सेवन हानिकारक पनि हुन सक्छ। आउनुहोस् जानौं कस्ता मानिसहरूले यसको तरकारी वा सुप खानु हुँदैन भन्ने बारेमा। हामी तपाईलाई ...