राजनीति/समाचार

भारत र पाकिस्तान युद्धविरामका लागि सहमत : डोनाल्ड ट्रम्प

भारत र पाकिस्तान युद्धविरामका लागि सहमत : डोनाल्ड ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएको दाबी गरेका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै यस्तो दाबी गरेका हुन् । ट्रम्पले भनेका छन्, ‘अमेरिकाको मध्यस्थतामा हिजो राति लामो छलफल पछि, मलाई यो जानकारी गराउन पाउँदा खुसी लागेको छ कि भारत र पाकिस्तानले तुरुन्तै र पूर्ण रूपमा आक्रमणहरू रोक्न सहमत भएका छन् । म दुवै देशलाई सामान्य ज्ञान र समझदारीपूर्ण निर्णय लिएकोमा बधाई दिन्छु ।

शून्य समय : किसानलाई समयमै मलखाद उपलब्ध गराउन माग

शून्य समय : किसानलाई समयमै मलखाद उपलब्ध गराउन माग
काठमाडौं । प्रतिनिधिसभामा सांसदहरुले गएको वर्षायाममा बाढीपहिरोबाट भएको क्षतिको राहत आजसम्म प्राप्त नभएको, तराईका जिल्ला खाद्यान उत्पादनका हिसाबले महत्वपूर्ण भए पनि सिँचाइ र समयमै मलखाद उपलब्ध नभएका कारण किसानले समस्या झेलिरहनुपरेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद सूर्यमान तामाङ दोङले काभ्रेपलाञ्चोकको पनौती, बेथानचोक, लोसी र तिमाल सिन्धुलीको कुशेश्वरलगायत देशका विभिन्न स्थानमा भएको बाढी पहिरोपीडितले आठ/नौ महिनसम्म पनि राहत पाउन नसकेको भन्दै सरकारको...

कांग्रेस पदाधिकारी बैठक- गभर्नर कांग्रेसले नै पाउने देउवाको दाबी

कांग्रेस पदाधिकारी बैठक- गभर्नर कांग्रेसले नै पाउने देउवाको दाबी
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसकै कोटाकै गभर्नर नियुक्ति हुने दाबी गरेका छन् । आज बिहान सभापति देउवा निवास बूढानीलकण्ठमा बोलाइएको बैठकमा सहभागी कांग्रेस पूर्व र वर्तमान पदाधिकारीले गभर्नर नियुक्ति किन नगरिएको भनेर देउवालाई प्रश्न गरेका थिए । कांग्रेस पदाधिकारीको प्रश्नलाई सम्बोधन गर्दै सभापति देउवाले गभर्नर सत्ता साझेदार एमाले र प्रधानमन्त्री केपी शर्मा ओलीकै सहमतिमा कांग्रेस कोटाबाटै चाँडै नियुक्त हुने बताएका हुन् । राष्ट्र बैंक ऐनमा बहालवाला ग...

भारत र पाकिस्तानमा रहेका नेपालीको ख्याल गर्न सभामुखको रुलिङ

भारत र पाकिस्तानमा रहेका नेपालीको ख्याल गर्न सभामुखको रुलिङ
काठमाडौं । प्रतिनिधिसभाले भारत र पाकिस्तानमा रहेका नेपालीबारे ख्याल गर्न सरकारको ध्यानाकर्षण गरेको छ । शुक्रबार बसेको सभाको बैठकमा सांसदहरूले समेत आकस्मिक समयमा यो विषयमा सरकारको ध्यानाकर्षण गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले पनि सरकारको ध्यानाकर्षण गरेका हुन् । भारत र पाकिस्तानबीच सिर्जित अवस्थालाई दृष्टिगत गर्दै त्यहाँ बस्ने सम्पूर्ण नेपालीको सुरक्षा लगायत पर्न सक्ने सम्भावित समस्याहरूप्रति आवश्यक व्यवस्थापन गर्नरगराउन म नेपाल सरकारको ध्यानाकर्षण गराउँछु,’ सभ...

कानुन दिवसः न्यायमा नागरिकको सहज पहुँच आजको आवश्यकता हो- राष्ट्रपति

कानुन दिवसः न्यायमा नागरिकको सहज पहुँच आजको आवश्यकता हो- राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले न्यायमा आमनागरिकको सहज पहुँच पुग्नुपर्ने बताएका छन् । छिटोछरितो न्याय सम्पादनमा पनि उनको जोड रहेको छ । कानुन दिवसको अवसरमा सर्वोच्च अदालतले शुक्रबार आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । ‘नेपालको संविधानको मर्म एवं वर्तमान आवश्यकताअनुरूप नयाँ कानुनको निर्माण र प्रचलित कानुनमा समसामयिक सुधार गरी आधुनिक पद्धति र प्रविधिसमेतको प्रयोगबाट आम नागरिकको न्यायमा सहज पहुँच स्थापित गर्नुपर्छ,’ उनले भने, ‘मुद्दाको शीघ्र...

एनआरएनए विवाद : बद्री केसीको पक्षमा सर्वोच्चले दिएन अन्तरिम आदेश

एनआरएनए विवाद : बद्री केसीको पक्षमा सर्वोच्चले दिएन अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले बद्री केसीले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । एकता महाधिवेशनबाट अध्यक्षमा चुनिएका महेश कुमार श्रेष्ठको टिमलाई काम गर्न रोक लगाउनु पर्ने माग गर्दै केसीले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएको हो । तर सर्वोच्च अदालतका न्यायाधीश शारंगा सुवेदीको इजलासले कारण देखाउ आदेश भने जारी गरेको छ । अदालतले अन्तरिम आदेश नदिएसँगै श्रेष्ठ नेतृत्वको टिमलाई काम गर्न बाटो खुलेको हो ।

बजारमा मासुको मूल्य आकाशियो, उपभोक्ता मारमा

बजारमा मासुको मूल्य आकाशियो, उपभोक्ता मारमा
काठमाडौं । संघीय राजधानी काठमाडौंका साथै देशभरी नै पछिल्लो समय मासुको खपत बढेसँगै मूल्य आकाशिएको छ । माग बढेपछि पछिल्लो केही महिनायता मासुको मूल्य निरन्तर ओरालो लागिरहेको छ । गत मंसिरमा प्रतिकिलो ३ सय १५ रुपैयाँ रहेको कुखुराको मासुको मूल्य अहिले प्रतिकिलो ४ सय २० रुपैयाँदेखि ४ सय ३५ रुपैयाँसम्म पुगेको छ । यसो त गत वर्ष कुखुराको मासुको मूल्य ह्वात्तै घटेको थियो । बजारमा मासु खपत घटेपछि व्यवसायीले मूल्य घटाएका थिए । तर पछिल्लो समय बजारमा मासुको माग बढ्दै जाँदा पुनः कुखुरा...

भारत-पाक तनावले आइपीएल स्थगित, पीएसएलका बाँकी खेल यूएइमा हुने

भारत-पाक तनावले आइपीएल स्थगित, पीएसएलका बाँकी खेल यूएइमा हुने
काठमाडौं । भारत र पाकिस्तानबीच चुलिएको तनावको प्रभाव दुवै देशको क्रिकेट लिगमा परेको छ । भारतले आयोजना गरिरहेको आइपीएल अनिश्चितलकालका लागि स्थगित गरिएको छ । हिजो आइपीएलको खेल चल्दाचल्दै फ्लड लाइट बन्द गरिएको थियो । त्यसपछि प्राविधिक कारणले खेल स्थगन गरिएको सूचना निकालियो । यद्यपि, मुख्य कारण सुरक्षाको थियो । पाकिस्तानले ड्रोन आक्रमण गरेको हल्लापछि खेल रोकिएको सञ्चारमाध्यमहरूले जनाएका छन् । दिल्ली क्यापिटल्स र पञ्जाब किङ्सबीचको खेल १०।१ ओभरमा पुग्दा अचानक फ्लडलाइट निभेको ...

सरकारले समुद्रमै डुबुल्की मारेर गभर्नर खोजिरहेको हो कि भन्ने भान भइरहेको छः पूर्व गभर्नर क्षेत्री

सरकारले समुद्रमै डुबुल्की मारेर गभर्नर खोजिरहेको हो कि भन्ने भान भइरहेको छः पूर्व गभर्नर क्षेत्री
काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले मुलुकको समस्या बुझेर अर्थ मन्त्रालयसँग समन्वय गरी काम गर्ने गभर्नर नियुक्ति गरिनुपर्ने बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस पटक गभर्नर नियुक्तिमा राजनीति देखिएको बताए । राष्ट्र बैंकको गभर्नरमा आउने व्यक्तिले दलको झण्डा नबोकेको भए पनि नेताहरुले हाम्रो मान्छे भनेर बदनाम गराइदिएको बताए । गभर्नर नियुक्तिका लागि सरकारले समुद्रमै डुबुल्की मा...

विद्युत प्राधिकरणको आम्दानी र खर्चको विवरण सदनलाई जानकारी गराउन माओवादीको माग

विद्युत प्राधिकरणको आम्दानी र खर्चको विवरण सदनलाई जानकारी गराउन माओवादीको माग
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले नेपाल विद्युत प्राधिकरणको समग्र आर्थिक अवस्थाको विवरणबारे सदनलाई जानकारी गराउन माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा उनले नेपाल विद्युत प्राधिकरणका निवर्तमान र वर्तमान प्रबन्ध निर्देशकले सार्वजनिक गरेको आम्दानी र खर्चको विवरणले आमजनतामा अन्यौल सिर्जना भएको भन्दै समग्र आर्थिक अवस्थाको विवरणबारे सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ होस् भनि सभामुख समक्ष माग गरेका हुन् । यस्तै, उनले गोरखा र धादिङ जि...