पाकिस्तानी दूतावासमा पनि मानवअधिकारकर्मीहरुको प्रदर्शन
काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले पाकिस्तानी दूतावासमा पनि प्रदर्शन गरेका छन् । कृष्ण पहाडीलगायतका मानव अधिकारकर्मीले महाराजगंजस्थित पाकिस्तानी दूतावासअघि भारत पाकिस्तानबीचको झडप यही बिन्दुमा अन्त्य गर्न भन्दै प्रदर्शन गरेका हुन् ।
उनीहरुले राजदूतमार्फत पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफलाई पत्र लेखेर दुई देशको युद्ध अन्त्य गर्न आग्रह समेत गरेका छन् । मानवअधिकारकर्मीहरुले दक्षिण एशियालाई युद्ध मुक्त क्षेत्र बनाउन आग्रह समेत गरेका छन् ।
मानव अधिकारकर्मीहरुले पछिल...








