राजनीति/समाचार

नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता, सुरक्षाकर्मीसँगै तालिम प्राप्त कुकुर परिचालन

नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता, सुरक्षाकर्मीसँगै तालिम प्राप्त कुकुर परिचालन
महेन्द्रनगर (धनुषा) । भारत–पाकिस्तानबीचको पछिल्लो सैन्य तनावको प्रभाव नेपाल–भारत सीमामासमेत परेको छ । नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मीहरूले आवतजावतमा कडाइ गरेका छन् । विशेषगरी जटही र भिट्ठामोड नाकामा सुरक्षा सतर्कता उच्च बनाइएको छ । नाकामा दुवै देशका सुरक्षाकर्मीहरू तैनाथ छन् । पछिल्लो समय दुवै देशका सुरक्षा निकायहरूले सीमा क्षेत्रलाई संवेदनशील मानेर प्रत्येक व्यक्तिको परिचय र गन्तव्यबारे सोधपुछ गरी मात्र आवतजावत अनुमति दिइरहेको छिन्नमस्ता सशस्त्र प्रहरी ब्यारेकका ना...

जलवाष्पयुक्त हावाको आंशिक प्रभाव, पहाडी तथा हिमाली भेगमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

जलवाष्पयुक्त हावाको आंशिक प्रभाव, पहाडी तथा हिमाली भेगमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । मुलुकका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी आज राति देशका पहाड...

काठमाडौंको तीनकुनेमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडौंको तीनकुनेमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु
काठमाडौं । काठमाडौंको तीनकुनेमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बिहान साढे ६ बजे तीनकुनेस्थित मुनिभैरबअगाडि सडकखण्डमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार नुवाकोट स्थायी घर भएकी नगिना तामाङ रहेको प्रहरीले जनाएको छ । ट्रमा सेन्टरमा उपचारका लागि लगिएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । मोटरसाइकलका चालक रामेछापका पदम थापा मगरको दाहिने हातमा चोट लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको एसपी अपिलराज बोहराले जानक...

नेवाः देय् दबूको अध्यक्षमा सत्यनारायण डंगोलको दावेदारी, के-के छन् एजेण्डा ?

नेवाः देय् दबूको अध्यक्षमा सत्यनारायण डंगोलको दावेदारी, के-के छन् एजेण्डा ?
काठमाडौं । नेवाः देय् दबूको अध्यक्षमा सत्यनाराण डंगोलले आफ्नो शसक्त दावेदारी प्रस्तुत गरेका छन् । वर्तमान महासचिव रहेको डंगोलले नेवाः देय् दबूको आठौँ केन्द्रीय महाधिवेशनमा अध्यक्षको उम्मेद्वारी घोषणा गरेका हुन् । नेवाः देय् दबूको युवा फाँटको संस्थापक अध्यक्षको जिम्मेवारीसँगै सचिव र महासचिवको समेत जिम्मेवारीसम्हालिसकेका डंगोलले नेपालभाषा, नेपाल लिपि र नेवाः संस्कृतिको राष्ट्रव्यापि प्रशिक्षण सञ्चालन गर्ने, नेपालभाषा, नेपाल लिपि र नेवाः संस्कृति संरक्षण तथा उत्थानका लागि राष...

नेपाल–भारत सीमा र विमानस्थलमा निगरानी बढाइने

नेपाल–भारत सीमा र विमानस्थलमा निगरानी बढाइने
काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठकमा भारत–पाकिस्तानबीच द्वन्द्वको अवस्था सिर्जना भएपछिको विकसित घटनाक्रम र त्यसले पार्नसक्ने प्रभाव, आन्तरिक सुरक्षा लगायतका विषयमा छलफल गरिएको छ । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बुधबार गृह मन्त्रालयमा समितिको बैठक बसेको थियो । देशमा अवाञ्छित गतिविधि हुन नदिने उद्देश्यका साथ नेपाल–भारत सीमा र विमानस्थल लगायतका संवेदनशील क्षेत्रमा निगरानी बढाउने तथा सुरक्षा संयन्त्रलाई उच्च सर्तक अवस्थामा राख्ने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता...

अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान

अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान
खोटाङ । खोटेहाङ गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान गरेको छ । फरकफरक समुदायका भए पनि विवाह बन्धनमा बाँधिएर बसेकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई गाउँपालिकाले प्रोत्साहनस्वरुप नगदसहित सम्मान गरेको हो । दलित लक्षित कार्यक्रमअन्तर्गत विनियोजित रकमबाट अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राईले जानकारी दिए । ‘हाम्रो समाजमा अझै पनि जातीय विभेदको ठूलो पर्खाल छ । सदियौँदेखि जगेडिएर बसेको जातीय विभेद अन्त्य गर्न आवश्यक छ’, ...

व्यापारी अमित अग्रवाल जेल चलान

व्यापारी अमित अग्रवाल जेल चलान
काठमाडौं । व्यापारी अमित अग्रवाल जेल चलान भएका छन् । हिजो स्वयम्भूबाट पक्राउ परेका उनी जरिवान तिर्न नसकेपछि जेल चलान भएका हुन् । जिल्ला अदालत काठमाडौँले उनलाई बैंकिङ कसुर र चेक अनादरका दुईवटा मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको थियो । अदालतबाट दोषि ठहर भएपछि फरार रहँदै आएका थिए । २०८० जेठ २२ गते बैंकिङ कसुर मुद्दामा ३० दिन कैद र एक करोड ५० लाख रुपैयाँ जरिवाना हुने फैसला भएको थियो ।

डिजिटल प्रविधिमा आधारित रहि सेवा प्रवाह गर्न श्रम मन्त्रीको कडा निर्देशन

डिजिटल प्रविधिमा आधारित रहि सेवा प्रवाह गर्न श्रम मन्त्रीको कडा निर्देशन
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मन्त्रालय अन्तर्गतका डिजिटल प्रविधिहरुलाई तत्कालै स्तरोन्नती गरी नागरिकलाई सेवा प्रवाह गर्न कडा निर्देशन दिएका छन् । नेपालमा सूचना प्रविधिको प्रयोग र विस्तार गरी नागरिकलाई सेवा दिनु पर्ने गरी मन्त्रालयले कार्ययोजना तय गरेको भए पनि मन्त्रालय मातहत रहेका सूचना प्रणालीहरुको स्तरोन्नती गर्नमा भएको ढिलाई र यसले नागरिकलाई सेवा प्रवाहमा देखिन सक्ने चुनौतिहरुलाई विश्लेषण गर्दा यो निर्देशन अर्थपूर्ण रहेको छ। सूचना...

उपप्रधानमन्त्री सिंह र इजरायलका राजदूत बासबीच भेटवार्ता

उपप्रधानमन्त्री सिंह र इजरायलका राजदूत बासबीच भेटवार्ता
काठमाडौँ । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह र नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासबीच भेटवार्ता भएको छ। बुधबार राजदूत बासले मन्त्रालय पुगेर उपप्रधानमन्त्री सिंहसँग शिष्टाचार भेट गरेका हुन् । भेटमा नेपाल र इजरायलबीचको द्विपक्षीय सम्बन्ध, कृषि तथा श्रम क्षेत्रमा सहकार्यका विषयमा छलफल भएको उपप्रधानमन्त्री सिंहको सचिवालयले जनाएको छ ।

भारतको ५ वटा लडाकु विमान खसालेको पाकिस्तानको दावी

भारतको ५ वटा लडाकु विमान खसालेको पाकिस्तानको दावी
काठमाडौं । भारतीय ५ वटा लडाकु विमान खसालिएको पाकिस्तानले दावी गरेको छ । पाकिस्तानी सेनाले तीन राफेल, एक एसयू–३०, एक मिग–२९ र एक हेरोन ड्रोन पनि खसालेको दावी गरेको हो । भारतीय पक्षबाट भने यसको पुष्टि भएको छैन ।