राजनीति/समाचार

सुनको मूल्य आज पनि वृद्धि

सुनको मूल्य आज पनि वृद्धि
काठमाडौँ । सुनको मूल्य आज पनि बढेको छ। मंगलबार तोलामा पाँच हजार तीनसय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक हजार सातसय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ । गएको आइतबार र सोमबार पनि सुनको मूल्य बढेको थियो । सुनको मूल्य हिजो प्रतितोला एक लाख ८९ हजार नौसय रुपैयाँ थियो । यही वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो । सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च ह...

कोशी प्रदेशको बर्खे अधिवेशन जेठ ४ देखि

कोशी प्रदेशको बर्खे अधिवेशन जेठ ४ देखि
मोरङ । कोशी प्रदेश सभाको बर्खे अधिवेशन आगामी जेठ ४ गतेदेखि प्रारम्भ हुने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले जेठ ४ गते अधिवेशन आह्वानका निम्ति प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज भएको बैठकले निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता रेवतीरमण भण्डारीले बताए । बैठकले स्थानीय सरकार सेवा (गठन तथा सञ्चालन) नियमावलीउपर प्रदेश लोकसेवा आयोगको परामर्श लिने निर्णय गरेको छ । साथै, बैठकले कारखाना तथा ‘वर...

चीन दियो प्रतिक्रियाः पाकिस्तानमाथि भारतको सैन्य कारबाही खेदजनक

चीन दियो प्रतिक्रियाः पाकिस्तानमाथि भारतको सैन्य कारबाही खेदजनक
काठमाडौं । चीनले भारतले पाकिस्तानमाथि गरेको आक्रमणलाई खेदजनक भनेको छ। बुधबार बिहान भारतले पाकिस्तानमाथि मिसाइल आक्रमण गर्दा कम्तिमा ८ जनाको मृत्यु र ३५ जनाभन्दा बढी घाइते भएका छन् । चीनको विदेश मन्त्रालयले विज्ञप्ती जारी गरेर उक्त हमलालाई ुखेदजनकु भनेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । मन्त्रालयले दुवै देशलाई संयमता अपनाउन आग्रह गरेको पनि रोयटर्सले लेखेको छ । चीनले भारतको आज बिहानको सैन्य कारबाहीलाई दुःखद मानेको छ । हामी वर्तमान अवस्थाप्रति चिन्तित छौं...

मकवानपुरमा बलेरो दुर्घटना हुँदा ९ जना घाइते, ६ को अवस्था गम्भीर

मकवानपुरमा बलेरो दुर्घटना हुँदा ९ जना घाइते, ६ को अवस्था गम्भीर
हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका–९ अठारेस्थित भित्रि सडक खण्डमा बलेरो दुर्घटना हुँदा ९ जना घाइते भएको छन् । दुर्घटनमा ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । आज बिहान खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा १५ च १३३३ नम्बरको बलेरो अनियन्त्रित हुँदा सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा राक्सिराङ–९ बस्ने १६ वर्षीय हिमाल बस्नेत, सोही ठाउँका ३५ वर्षीय बुद्धिमान घलान, ७५ वर्षीय डिलबहादुर घलान, उनको श्...

प्रतिनिधिसभा बैठक- नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै

प्रतिनिधिसभा बैठक- नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुने छ । नीति तथा कार्यक्रममा गत सोमबारदेखि छलफल जारी छ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने छ । आज अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन, विधायन व्यवस्थापन, सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन र सङ्घीयता सबलीकरण समितिका बैठक सदन प्रारम्भ हुनुअघि हुँदैछन् । राष्ट्रियसभाको बैठकमा पनि नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । राष्ट्रियसभाको बैठक यही व...

भाषा दिवसः बागमती प्रदेशमा आज सार्वजनिक बिदा

भाषा दिवसः बागमती प्रदेशमा आज सार्वजनिक बिदा
काठमाडौँ । बागमती प्रदेश सरकारले आज (बुधबार) सार्वजनिक बिदा दिएको छ । भाषा दिवसको अवसरमा आज  वैशाख २४ गते सार्वजनिक बिदा दिइएको बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । मन्त्रालयले गएको सोमबार नै सूचना निकालेर भाषा दिवसको अवसरमा सार्वजनिक बिदा दिएको जानकारी गराएको थियो  । प्रदेश सरकारी कामकाजी भाषा ऐन–२०७९ कार्यान्वयन भएको अवसरमा ‘भाषा दिवस’ मनाउने गरी प्रदेशभर सावजनिक बिदा दिइएको मन्त्रालयका सूचना अधिकारी रविता कार्कीले जारी गरेको सूचनामा उ...

आज चार वटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

आज चार वटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । संघीय संसदअन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ । बुधबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान पौने ९ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा वैदेशिक भ्रमण लगायत समसामयिक विषयहरूमा परराष्ट्रमन्त्री र सचिवसँग छलफल गर्ने कार्यसूची रहेको छ । त्यस्तै, संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८०/८१ माथि छलफल हुने कार्यसूची छ । विधा...

पाकिस्तानविरुद्ध गरेको सैन्य कारबाहीबारे भारतले गरायो अन्तर्राष्ट्रिय समुदायलाई जानकारी

पाकिस्तानविरुद्ध गरेको सैन्य कारबाहीबारे भारतले गरायो अन्तर्राष्ट्रिय समुदायलाई जानकारी
काठमाडौं । भारतले पाकिस्तानविरुद्ध गरेको सैन्य कारबाहीको बारेमा अन्तर्राष्ट्रिय समुदायहरूलाई जानकारी गराएको छ । समाचार संस्था रोयटर्सका अनुसार भारतका वरिष्ठ अधिकारीहरूले अमेरिका, बेलायत, साउदी अरब, यूएई र रूसका समकक्षीहरूलाई सैन्य कारबाहीको बारेमा जानकारी गराएका छन् । वाशिंगट डिसीस्थित भारतीय दूतावासले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले अमेरिकी विदेशमन्त्री तथा अमेरिकी कार्यवाहक राष्ट्रिय सुरक्षा सल्लाहकार मार्को रुबियोसँग कुराकानी गरेको बताएको छ । यो जानकारी ...

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सम्पूर्ण सञ्चारकर्मीमा शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले पत्रकार र पत्रकारितासँग सम्बन्धित सबैप्रति हार्दिक शुभकामना व्यक्त गरेका हुन् । पुस्तकालयमा गोरखापत्र पढिरहेको आफ्नो तस्वीर ‘फेसबुक’मा ‘पोष्ट’ गर्दै प्रधानमन्त्री ओलीले ‘आज गोरखापत्र स्थापना दिवस । विक्रम संवत् १९५८ वैशाख २४ गते गोरखापत्र स्थापना भएको थियो । आजको दिनलाई हामीले राष्ट्रिय पत्रकारिता दिवसका रूपमा मनाउने ग...

मकालु हिमाल आरोहणका क्रममा अमेरिकी नागरिकको मृत्यु

मकालु हिमाल आरोहणका क्रममा अमेरिकी नागरिकको मृत्यु
संखुवासभा । संखुवासभाको मकालु हिमाल आरोहणका क्रममा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकी नागरिक ३९ वर्षीय एलेक्जेन्डर पन्काओ रहेका छन् । उनको हृदयाघातको कारणले निधन भएको बताइएको छ ।