भोलि हुँदैछ ‘मिस्टर एन्ड मिस नेसनल नेपाल’ को फिनाले
काठमाडौँ । सौन्दर्य प्रतियोगिता ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२५’ को फिनाले भोलि हुँदैछ । बुधबार काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानमा हुने चौथो संस्करणको फिनालेमा विजेताहरु घोषणा गरिनेछ । यसवर्षको फिनालेमा महिला र पुरुषसहित २७ प्रतिस्पर्धी छन् । जहाँ उनीहरुले ६ वटा अन्तर्राष्ट्रिय उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
जसमा मिस सुप्रानेसनल, मिस्टर सुप्रानेसनल, मिस ग्लोब, मिस्टर इन्टरनेसनल, मिस्टर टुरिज्म र मिस इन्टरकन्टिनेन्टल रहेका छन् । यसअघि प्रतियोगिताको सबटाइल राउन्डहरु ...









