राजनीति/समाचार

काठमाडौं वर्ल्ड स्कुलले कक्षा १२ को प्रश्नपत्र ‘आउट’ गरेको खुलासा, छानबिन सुरू

काठमाडौं वर्ल्ड स्कुलले कक्षा १२ को प्रश्नपत्र ‘आउट’ गरेको खुलासा, छानबिन सुरू
काठमाडौं । भक्तपुरको गुण्डुस्थित काठमाडौं वर्ल्ड स्कुलले कक्षा १२ को प्रश्नपत्र आउट गरेको खुलेको छ । परीक्षा सुरू हुनुअघि नै विद्यार्थीसम्म प्रश्नपत्र पुगेको पाइएको हो । शिक्षा पत्रकार मकर श्रेष्ठले आइतवार विहानै कक्षा १२ को परीक्षा सुरु हुनुपूर्व नै काठमाडौं वल्र्ड स्कूलका विद्यार्थीलाई प्रश्नपत्र आउट भएको सूचना फेसबुकबाट सार्वजनिक गरेका थिए । एक छात्राले आफ्नो मोबाइलमा प्रश्नपत्र आएको भन्दै खुसी व्यक्त गरेपछि यो विषय लिक भएको थियो । यसैबीच, घटनाको जिल्ला प्रशासन कार्य...

‘संविधान जारी भएपछि हालसम्म २१४ ऐन बनेका छन्’

‘संविधान जारी भएपछि हालसम्म २१४ ऐन बनेका छन्’
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संविधान जारी भएपछि हालसम्म २१४ ऐन बनाइसकेको बताएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालय, बागमती प्रदेश र फेडरलिज्म एउण्ड लोकलाइजेसन सेन्टरले यहाँ आज आयोजना गरेको ‘विद्यायिक अन्तरसम्बन्ध र कानुनको मापन’ अन्तरक्रियामा उनले आवश्यकताअनुसार कानुन बनाउने काम भइरहेको बताए । उनले भने, ‘आवश्यकताअनुसार थप कानुन बनाउने काम पनि भइरहेको छ, अब सङ्घीय सरकारले कानुन बनाउँदा व्यवस्थित ढङ्गले सरोकारवालासँग छलफल गरेर मात...

सर्वोच्चले पत्र सच्याएर पठायो, रेशम चौधरी आजै रिहा हुने

सर्वोच्चले पत्र सच्याएर पठायो, रेशम चौधरी आजै रिहा हुने
काठमाडौं । सर्वोच्च अदालतले रेशम चौधरी पक्राउ गर्नू भनी पठाएको पत्र गलत भन्दै अर्को पत्र पठाएको छ । सर्वोच्चले फैसला कार्यान्वयनका लागि डिल्लीबजार कारागार पत्र पठाउँदै चौधरी पक्राउ गर्न यसअघि पठाइएको पत्र गलत रहेको भन्दै अर्को पत्र पठाएको हो । तर कारागार स्रोतले दिएको जानकारीअनुसार अर्को पत्र कारागार पुगिसकेको छैन । “सर्वोच्चले अर्को पत्र पठाएको भए पनि हामीकहाँ आइपुगेको छैन,” कारागार स्रोतले भन्यो, “गलत छ छाडिदिनू भने हामी छाडिदिन्छौँ ।” भर्खरै सर्वोच्चका एकजना अधिकारी ...

प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित, अब राष्ट्रिय सभामा पठाईने

प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित, अब राष्ट्रिय सभामा पठाईने
काठमाडौं । विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले पारित गरेको हो । यो विधेयक अघिल्लो सरकारले ल्याएको थियो । तत्कालीन अर्थमन्त्री डा।प्रकाश शरण महतले १८ असोज २०८० मा प्रतिनिधिसभामा दर्ता गरेका थिए । १८ चैत २०८० मा दफावार छलफलका लागि प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा पुगेको थियो । अर्थ समितिबाट पारित भएर १४ वैशाख ...

च्यासलबाट एमालेको पार्टी कार्यालय हटाउन सांसद प्रभु साहको माग

च्यासलबाट एमालेको पार्टी कार्यालय हटाउन सांसद प्रभु साहको माग
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले तुलसीलाल स्मृति प्रतिष्ठानबाट पार्टी कार्यालय हटाउन माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारी बजेटले बनेको प्रतिष्ठानमा पार्टीको कार्यालय राख्नु गलत भएको बताए । अहिले एमालेले केन्द्रीय कार्यालय च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा छ । उनले भने, ‘सामाजिक कार्यको लागि निर्मिति तुलसीलाल स्मृति प्रतिष्ठानमा प्रधानमन्त्रीको पार्टीको केन्द्रीय कार्यालय छ, म सोध्न चाहन्छु तुलसीलाल स्मृति प्रतिष्ठान सामाज...

रुस–युक्रेन युद्ध प्रकरणः अमेरिकी राष्ट्रपति ट्रम्पको शान्ति प्रस्ताव मस्यौदा रुसले गर्‍यो अस्वीकार

रुस–युक्रेन युद्ध प्रकरणः अमेरिकी राष्ट्रपति ट्रम्पको शान्ति प्रस्ताव मस्यौदा रुसले गर्‍यो अस्वीकार
काठमाडौं । रुस–युक्रेन युद्ध अन्त्यका निम्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको शान्ति सम्झौताको प्रस्तावलाई रुसले अस्वीकार गरेको छ । रुसी सेनाले कब्जा गरेका युक्रेनका क्षेत्रलाई रुसको भूभागका रूपमा अन्तर्राष्ट्रिय मान्यता नदिइएको भन्दै सो प्रस्ताव अस्वीकार गरेको द टेलिग्राफले जनाएको छ । रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभले रसियाका माग सो प्रस्तावमा सम्बोधन नगरिएको बताए । रुसले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई हटाउने र युक्रेनको सशस्त्र बलको आकार घटाउनेल...

गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा न्यायाधीश मल्ल र पाण्डेको इजलासमा

गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा न्यायाधीश मल्ल र पाण्डेको इजलासमा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा मंगलबार (वैशाख १६) एकैपटक संयुक्त इजलासमा परेको छ । गएको आइतबार अधिवक्ता अनन्तराज लुइँटेलसहितले दायर गरेको अवहेलना निवेदनमा सर्वोच्च प्रशासनले आज (मंगलबार)को पेसी दिएको थियो । अदालतको अवहेलनामा थापाविरुद्धको मुद्दा कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेको इजलासको पहिलो नम्बरमा छ ।

गृहका ६ जनाको सरुवा, ३ जिल्लाका सीडीओ हेरफेर

गृहका ६ जनाको सरुवा, ३ जिल्लाका सीडीओ हेरफेर
काठमाडौं । गृहमन्त्रालयले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । गृहमा रहेका तीन जना सहसचिवलाई विभिन्न जिल्लामा पठाइएको हो । गृह मन्त्रालयमा रहेका सहसचिव रामकृष्ण अधिकारीलाई जिल्ला प्रशासन कार्यालय तनहुँ पदस्थापन गरेको छ । तनहुँका सीडीओ श्यामकृष्ण थापालाई रामेछाप सरुवा गरिएको छ । यसै गरी, रामेछापबाट राजुप्रसाद पौडेललाई गृह मन्त्रालयमा तानिएको छ । गृहबाट बद्रीनाथ गैह्रेलाई दैलेखको जिम्मेवारी दिइएको छ । यसै गरी दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीलाई ग...

आन्दोलनरत शिक्षकले २७ औं दिन पनि आन्दोलन जारी

आन्दोलनरत शिक्षकले २७ औं दिन पनि आन्दोलन जारी
काठमाडौँ । आन्दोलनरत शिक्षकले २७ औं दिनमा पनि आफ्नो आन्दोलन जारी राखेका छन्। सामेबार पनि उनीहरुले बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका छन् । शिक्षकहरुको आइतबारको प्रदर्शन भने हिंसात्मक बनेको थियो । प्रदर्शनमा प्रहरी दमन समेत भएको थियो । शिक्षक महासंघले प्रहरी दमनका कारण ६२ जना शिक्षक घाइते भएको बताएको थियो । त्यस्तै प्रदर्शनमा प्राइम टेलिभिजनकी प्रत्रकार सविना कार्की पनि घाइते भएकी थिइन् । आज भने शिक्षकहरुको प्रदर्शन तुलनात्मकरुपमा शान्त देखिएको छ ।

शिक्षक महासंघले स्थानीय तहलाई भन्योः आन्दोलनमा रहेका शिक्षकलाई नधम्क्याउनु

शिक्षक महासंघले स्थानीय तहलाई भन्योः आन्दोलनमा रहेका शिक्षकलाई नधम्क्याउनु
काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर आन्दोलनमा रहेका शिक्षकहरूलाई नधम्क्याउन स्थानीय तहहरूलाई नेपाल शिक्षक महासंघले आग्रह गरेको छ । महासंघले शनिवार विज्ञप्ति जारी गर्दै काठमाडौँकेन्द्रित आन्दोलनमा रहेका शिक्षकहरूलाई नधम्क्याउन आग्रह गरेको हो । आन्दोलनमा सहभागी भएका प्रधानाध्यापक तथा कर्मचारीलाई धम्क्याउने, सरुवा गर्ने, राजीनामा दिन दबाब दिनेजस्ता कार्य कतिपय स्थानीय तहबाट भएको सूचना आइरहेकाले त्यस्ता काम नगर्न महासंघले विज्ञप्तिमार्फत आग्रह गरेको हो । २०...