राजनीति/समाचार

नेतृत्वविहीन अवस्थामा ७० औँ वार्षिकोत्सव मनाउँदै राष्ट्र बैंक

नेतृत्वविहीन अवस्थामा ७० औँ वार्षिकोत्सव मनाउँदै राष्ट्र बैंक
काठमाडौं । आइतबार नेपाल राष्ट्र बैंकले ७० औँ वार्षिकोत्सव मनाउँदै छ । २०१३ साल वैशाख १४ गते स्थापना भएको राष्ट्र बैंकले आज आइतबार विशेष कार्यक्रम गरि स्थापना दिवस मनाउन लागेको हो । ७० औं स्थापना दिवस मनाउँदै गर्दा राष्ट्र बैंकले नेतृत्वविहीन अवस्थामा छ । गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल गएको चैत्रदेखि सकिएसँगै त्यसयता राष्ट्र बैंक नेतृत्वविहीन बनेको हो । राष्ट्र बैंक अहिले कामुको भरमा छ । कामु गभर्नर नीलम ढुङ्गाना तिम्सिनाले मुलुकको समष्टिगत आर्थिक स्थायित्वमार्फत अर...

कांग्रेस नेता डंगोलको निधन

कांग्रेस नेता डंगोलको निधन
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन भएको छ । ७७ वर्षीय डंगोलको गएराति सिनामङ्गलस्थित केएमसी अस्पतालमा निधन भएको हो । उनी प्रोष्टेट क्यान्सर र मिर्गौला रोगबाट पीडित थिए ।

नेपालसहित चार देशमा एमसीसी नरोकिने

नेपालसहित चार देशमा एमसीसी नरोकिने
काठमाडौं । नेपालसहित चार देशका एमसीसी परियोजना नरोकिने भएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सीको सिफारिस अनुसार विश्वभर सञ्चालित परियोजना बन्द गर्ने निर्णय गरेको अमेरिकी सरकारले चार देशका परियोजनालाई भने अघि बढाउने गरी निर्णय गरेको हो । नेपाल, मंगोलिया, सेनेगल र आइभरी कोष्टमा एमसीसीले निरन्तरता पाउने भएको हो । यसअघि अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै उनले एमसीसी स्थगित गर्ने निर्णय गरेका थिए ।

आज कहाँ -कहाँ छ वर्षाको सम्भावना ?

आज कहाँ -कहाँ छ वर्षाको सम्भावना ?
काठमाडौं । हाल नेपालमा मूख्यतया स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको अवस्था छ। साथै देशभर मौसम मूख्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू भागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्क...

बागमतीका निलम्बित मेयर-उपमेयरविरुद्ध सर्लाही जिल्ला अदालतमा मुद्दा दायर

बागमतीका निलम्बित मेयर-उपमेयरविरुद्ध सर्लाही जिल्ला अदालतमा मुद्दा दायर
काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित प्रमुख भरत थापा र उपप्रमुख लीलाकुमारी मोक्तानसहित ६ जनाविरुद्ध सर्लाही जिल्ला अदालतमा मुद्दा दायर भएको छ । वन ऐन २०७६ को दफा ६२ (९) बमोजिम वन तथा वातावरण मन्त्रालयले सर्लाहीको सागरनाथ वनको जग्गा अतिक्रमण गरी निजी ताल निर्माण गरेको अभियोगमा थापा, मोक्तान लगायत ६ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो । मुद्दामा जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मिथुर चौधरी, बागमती नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमल...

एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको औपचारिक निर्णय

एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको औपचारिक निर्णय
काठमाडौं । अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी बन्द हुने भएको छ । इलोन मस्कको नेतृत्वमा रहेको नयाँ स्थापित सरकारी दक्षता विभागले संघीय खर्च कटौती गर्ने व्यापक प्रयासका स्वरुप एमसीसी केही महिनाभित्र बन्द गर्ने निर्णय गरेको हो । एमसीसीका कर्मचारीहरूलाई मे ५ देखि नै ‘अनपेड लिभ’ मा राखिने सम्भावना छ । कर्मचारी कटौतीको योजना अन्तर्गत कार्यवाहक प्रमुख कार्यकारी एक्टिङ्ग सीईओ बाहेकका सबै कर्मचारीहरू हटाइने बताइएको छ । ३२० जना भन्दा बढी कर्मचारी भए...

शिक्षक आन्दोलन आज पनि, सहभागीको संख्या घट्दो

शिक्षक आन्दोलन आज पनि, सहभागीको संख्या घट्दो
काठमाडौं । शिक्षक आन्दोलनको २१ औं दिन आज पनि शिक्षकहरू सडकमै छन् । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै प्रदर्शन जारी राखेका शिक्षकहरू आज पनि कम संख्यामा देखिएका छन् । विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने अडान लिएका शिक्षकहरू लामो समयदेख माइतीघर(बानेश्वरको सडकमा छन् । यही वैशाख ११ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षा निर्धारित समयमै गर्ने निर्णय राष्ट्रिय परीक्षा बोर्डले गरेपनि शिक्षकहरू आज पनि सडकमा छन् । तर, सडकमा सहभागी शिक्षकको संख्या भने वि...

दोषी ठहर पूर्वकर्मचारीको पेन्सन कायम राख्ने प्रावधानमा राज्य व्यवस्था समितिको लगाम

दोषी ठहर पूर्वकर्मचारीको पेन्सन कायम राख्ने प्रावधानमा राज्य व्यवस्था समितिको लगाम
काठमाडौँ । अवकाश प्राप्त निजामती कर्मचारी भ्रष्टाचारसहित नैतिक पतन हुने अभियोगमा अदालतबाट दोषी ठहर भए पनि पेन्सन सुविधा पाउने गरी संसदीय उपसमितिले तयार पारेको निजामती विधेयकको विवादास्पद प्रावधान राज्य व्यवस्था तथा सुशासन समितिले हटाउने भएको छ । सोमबार बसेको समितिको बैठकले उक्त प्रावधान संशोधन गरी मूल विधेयकमा उल्लेख भएअनुसार नै विधेयकलाई अन्तिम रूप दिएर प्रतिनिधिसभामा पठाउने सहमति गरेको छ । कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा गठित राज्य व्यवस्था समितिअन्तर्गत...

सडकबाटै शिक्षक महासंघको निर्णयः कक्षा १२ को परीक्षामा सामेल नहुने

सडकबाटै शिक्षक महासंघको निर्णयः कक्षा १२ को परीक्षामा सामेल नहुने
काठमाडौँ । सडक आन्दोलनमा रहेका शिक्षकहरूले कक्षा १२ को परीक्षा बहिष्कार गर्ने निर्णय गरेका छन्। कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि सुरु हुने तालिका छ। राष्ट्रिय परीक्षा बोर्डले भने कर्मचारी खटाएर भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।बोर्डको निर्णयपछि नेपाल शिक्षक महासंघले भने शिक्षक र प्रधानाध्यापकहरू भने परीक्षामा सामेल नहुने निर्णय गरेको हो । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, सरकारले परीक्षा सञ्चालन गरोस् तर, शिक्षकरप्रधानाध्यापक भने परीक्षामा स...

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै पुग्यो २ लाख नजिक

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै पुग्यो २ लाख नजिक
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ कीर्तिमानी राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एकैदिन ६ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ९ सय रुपैयाँ कायम भएको हो । यो मूल्य हालसम्मकै उच्च हो । सोमबार सुनको मूल्य तोलामा एक लाख ९१ हजारमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १९ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।