पूर्वराजा ज्ञानेन्द्र गोरखनाथ, गोरखाकाली तथा मनकामना मन्दिरको दर्शन गर्न गोरखा जाँदै
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा जाने भएका छन् । उनी गोरखनाथ, गोरखाकाली तथा मनकामना मन्दिरको दर्शन गर्न गोरखा जान लागेको उनका संवाद सचिव डा. फणिराज पाठकले जनाएका छन् । उनी यसैसाता जाने भनिए पनि पाठकको सूचनामा दिन भने खुलाइएको छैन । पछिल्लो समय पूर्वराजाको चर्चा सडकदेखि सदनमा चलिरिहँदा राजावादीहरू पनि हौसिएका छन् ।
के गर्लान् राजावादीहरु ?
गत साता पूर्वराजा पोखराबाट काठमाडौँ फर्किँदा राजावादीहरुले शक्ति प्रदर्शन गरे । त्यो आइतबारको दिन काठमाडौँको चक्रपथको सडक द...









