मुख्य समाचार

याे गर्मिमा नरिवल पानी पिउनुहोस्, चमात्कार फिल् गर्नुहोस्

याे गर्मिमा नरिवल पानी पिउनुहोस्, चमात्कार फिल् गर्नुहोस्
काठमाडौं । गर्मीमा नरिवलको पानी पिउनु बेग्लै आनन्द हो तर के तपाईलाई थाहा छ कि यसले तिर्खा मेटाउने र ताजगी दिने मात्र होइन, स्वास्थ्यका लागि वरदान पनि हो  । नरिवलको पानीलाई आयुर्वेदमा प्राचीन कालदेखि नै औषधि मानिन्छ। यसमा पाइने पौष्टिक तत्वले शरीरलाई डिटोक्सिफाइ गर्न मात्र सहयोग गर्दैन, पाचनदेखि छाला र मुटुको स्वास्थ्यमा पनि सुधार गर्छ। विशेष कुरा यो हो कि यदि तपाइँ यसलाई हप्तामा ३ दिन मात्र पिउनुहुन्छ भने केहि हप्ता भित्र तपाईले यसको अद्भुत फाइदाहरू देख्न सुरु गर्नु हुनेछ।...

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं । संघीय संसद्अन्तर्गत रहेको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउनेछन् । यसैगरी, आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामति सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८२’ पेस गर्ने छन् । आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आ.व.२०८२/०८३ क...

अग्नि सापकोटाविरुद्धको रिटमा उत्प्रेषणको आदेश

अग्नि सापकोटाविरुद्धको रिटमा उत्प्रेषणको आदेश
काठमाडौं । पूर्वसभामुख अग्नि सापकोटाविरूद्वको ज्यान मुद्दामा सर्वोच्च अदालतले उत्प्रेषरणको आदेश जारी गरेको छ ।सापकोटाविरुद्धको अपहरण र ज्यान मार्ने मुद्दामा तीन थरी आदेश जारी गरेको हो । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुँडालको संवैधानिक इजलासले पूर्णिमाया लामाको पक्षमा सापकोटा विरुद्ध अनुसन्धान हुने गरी उत्प्रेषणको आदेश जारी गरेको हो । सापकोटाविरूद्व काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको अभियोगमा सजाय...

राष्ट्रियसभा बैठकः जातीय विभेद अझै कायम रहेको भन्दै सांसदहरूद्वारा चिन्ता व्यक्त

राष्ट्रियसभा बैठकः जातीय विभेद अझै कायम रहेको भन्दै सांसदहरूद्वारा चिन्ता व्यक्त
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले जातीय भेदभाव र छुवाछूत उन्मूलन भएको लामो समय बितिसक्दा विभेद अझै कायम रहेका भन्दै चिन्ता व्यक्त गरेका छन‍् । बैठकको शून्य समयमा सांसदहरूले जातीय भेदभाव र छुवाछूत उन्मूलन भएको लामो समय बितिसक्दा पनि पूर्णरूपमा भेदभावरहित समाज बन्न नसकेको भन्दै यस्तो विभेद अन्त्यका लागि सबै पक्ष र निकाय जिम्मेवार भएर लाग्नुपर्ने बताएका हुन् । सांसद गोमादेवी तिमिल्सिनाले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन भएको लामो समय बितिसक्दा पनि समाजमा अझै...

हो-हल्लाले लफडा चलेपछि राजावादीहरुको संयुक्त जनआन्दोलन समितिको बैठक स्थगित

हो-हल्लाले लफडा चलेपछि राजावादीहरुको संयुक्त जनआन्दोलन समितिको बैठक स्थगित
काठमाडौं । आज बसेको राजावादीहरुको संयुक्त जनआन्दोलन समितिको बैठक स्थगित भएको छ । बुधबार दोस्रो चरणको आन्दोलन तयारीबारे छलफल गर्न बैठक बोलाइएको थियो तर राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन अनुपस्थित भएपछि बैठक स्थगित भएको हो । राजावादी मोर्चाको सबैभन्दा ठूलो घटक राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन अनुपस्थित बनेपछि कार्यकर्ताले विरोध गरेका थिए । विरोधकैबीच राप्रपा नेपालका अध्यक्ष कमल थापालाई बोल्न समय दिइएपछि होहल्ला सुरू भयो । त्यसपछि संयुक्त जनआन्दोलन समितिका अध्यक्ष नवर...

जातीय भेदभाव उन्मूलन दिवसः प्रतीकात्मकताबाट संस्थागत परिवर्तनको आवश्यकता

जातीय भेदभाव उन्मूलन दिवसः प्रतीकात्मकताबाट संस्थागत परिवर्तनको आवश्यकता
काठमाडौं । २०६३ सालमा सरकारले ‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस’ घोषणा गरेको भए तापनि, यो दिवस राज्यको प्रतीकात्मक प्रयासमा सीमित रहेको छ। दलित समुदायले गणतन्त्रपछि जातीय उत्पीडन, सामाजिक बहिष्कार र राज्यकै संरक्षित विभेदको अन्त्य हुने आशा गरेको थियो। तर, लोकतान्त्रिक व्यवस्थाले उनीहरूको न्यायपूर्ण मागप्रति गम्भीरता अपनाउन सकिरहेको छैन। २०७२ को संविधानले दलितको मौलिक हकलाई मान्यता दिएको भए पनि, धारा ४७ अनुसार ३ वर्षभित्र यसको कार्यान्वयन गर्नुपर्ने बाध्यता उ...

प्रमुख सचेतकसँग सभामुखको छलफल निष्कर्षविहीन, दुवै पक्षले छाडेनन् अडान

प्रमुख सचेतकसँग सभामुखको छलफल निष्कर्षविहीन, दुवै पक्षले छाडेनन् अडान
काठमाडौं । सभामुख देवराज घिमिरेले सदन सञ्चालनबारे प्रमुख सचेतकसँग गरेको छलफल निष्कर्षविहीन बनेको छ । प्रतिनिधिसभाको बैठकपूर्व सभामुख घिमिरेले सदन अवरोधबारे प्रमुख सचेतकसँग छलफल गरेका थिए । तर, सत्तापक्ष र विपक्षी दलले अडान नछाडेपछि बैठक निष्कर्षविहीन बनेको हो । विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न समिति गठन गर्नुपर्ने माग गरिरहेका छन् । तर, सत्तापक्ष समिति गठन गर्न तयार छैन ।

प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासङ्घको सुुझाव प्रस्तुत

प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासङ्घको सुुझाव प्रस्तुत
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्यात व्यवसायी महासङ्घ नेपालले निर्यात वृद्धि गरी राष्ट्रि पुुँजीको निर्माण, रोजगारवृद्धि र आयात प्रतिस्थापनका विषयमा विभिन्न सुुझावहरु बुुझाएको छ । महासङ्घका नवनिर्वाचित अध्यक्ष गोविन्दप्रसाद घिमिरे नेतृत्वको टोलीले प्रधानमन्त्री निवास, बालुुवाटारमा आज प्रधानमन्त्री ओलीलाई सात बुँदे सुुझावपत्र बुुझाएको हो । महासङ्घले अर्थतन्त्र ओरालो लागेका बेला आगामी आर्थिक वर्षको नेपाल सरकारको बजेटमा आर्थिक वृद्धि र निर्यात व्यवसायलाई प्राथ...

माओवादीको मध्यपहाडी लोकमार्ग जागरण अभियान स्थगित

माओवादीको मध्यपहाडी लोकमार्ग जागरण अभियान स्थगित
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को मध्यमहाडी लोकमार्ग जागरण अभियान स्थगित भएको छ । अभियान अनिश्चित कालका लागि स्थगित गरिएको हो । मौसम विभागले पहाडी क्षेत्रमा अत्याधिक पानी पर्ने सम्भावना रहेकाले सचेत रहन आग्रह गरेका कारण अभियान स्थगित गरिएको बताइएको छ । गत जेठ १६ गते बसेको माओवादीको पदाधिकारी बैठकले जेठ २१ देखि २५ गतेसम्म दोस्रो चरणको जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

दुर्गा प्रसाईँसहित ३९ जनाको आजबाट थुनछेक बहस

दुर्गा प्रसाईँसहित ३९ जनाको आजबाट थुनछेक बहस
काठमाडौं । गत चैत १५ गतेको तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका ‘संयुक्त जनआन्दोलन समिति’ का जनकमाण्डर दुर्गा प्रसाईंसहित ३९ जनाको आजबाट थुनछेक बहस सुरू भएको छ । उनीहरूको बयान सकेर थुनछेक बहस सुरू भएको हो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा बहस सुरू भएको हो ५० जनाविरूद्ध दायर भएको मुद्दामा ३९ जना मात्रै उपस्थित छन्। ५० जनामाथि राजद्रोह, आपराधिक उपद्रव कसुर र संगठित अपराध कसुरमा मुद्दा दायर भएको हो । जसमध्ये प्रसाईंसहित ८ जनाविरूद्ध क...