मुख्य समाचार

संसद्मा शसक्त प्रतिवाद गर्ने विपक्षी दलको तयारी, बैठक जारी

संसद्मा शसक्त प्रतिवाद गर्ने विपक्षी दलको तयारी, बैठक जारी
काठमाडौं । संसद्को प्रमुख प्रतिपक्षी दल लनेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलको बैठक जारी रहेको छ । प्रतिपक्षी दलहरुले विगत केही दिनदेखि भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद् अवरोध गरिराखेका छन् । आजको प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने सन्दर्भमा छलफल गर्ने विपक्षी दलको बैठक बसेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यामन विभागका तत्कालीन प्रमुख तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको थियो । सो क्रममा भट्टराईले दैनिक ५० लाख रुपैय...

राजावादीहरुले आज सिफलचौरमा प्रदर्शन गर्ने

राजावादीहरुले आज सिफलचौरमा प्रदर्शन गर्ने
काठमाडौं । राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित आन्दोलनरत राजावादीहरुले आज काठमाडौंको सिफल चौरमा प्रदर्शन गर्दैछन् । राजावादीहरुको आन्दोलनको नेतृत्व गर्दै आएको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आज दिउँसो २ बजे सिफल चौरबाट प्रदर्शन सुरु हुने जानकारी दिएका छन् । उनीहरुले जेठ १९ गते सोमबार विरोध प्रदर्शन गरेका थिएनन् । जेठ १९ गते नारायणहिटी दरबार हत्याकाण्ड भएको स्मृतिमा शोक मनाउन भन्दै प्रदर्शन नगरेका राजावादीहरुले आज भने प्रदर्शन गर्ने जनाएका छन्...

गभर्नर नियुक्तिविरुद्धको रिटमा आज अन्तरिम आदेशका लागि सुनुवाइ हुँदै

गभर्नर नियुक्तिविरुद्धको रिटमा आज अन्तरिम आदेशका लागि सुनुवाइ हुँदै
काठमाडौं । अर्थविद् डा .विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्ति गर्ने निर्णयविरुद्धको रिटमा आज (मंगलबार)अन्तरिम आदेशका लागि सुनुवाइ हुँदैछ । गत जेठ १२ गते पौडेलको नियुक्तिविरुद्ध अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । गभर्नर नियुक्तिविरुद्धको रिटमा सर्वोच्चले जेठ १४ गते कारण देखाऊ आदेश जारी गर्दै दुवै पक्षलाई अन्तरिम आदेशका लागि छलफलका लागि बोलाउने आदेश गरेको थियो ।

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
काठमाडौं। आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्दैछ । प्रतिनिधिसभाको आजको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक वर्ष २०८२र८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ । त्यस्तै, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजाम...

गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ नियमावली स्थगन गरेपछि मात्र गाडी चल्ने

गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ नियमावली स्थगन गरेपछि मात्र गाडी चल्ने
काठमाडौं । आन्दोलनतरत सार्वजनिक यातायात व्यवसायी र सरकारबीच मध्यरातमा सहमति भएको छ । गण्डकी प्रदेश सरकारले जारी गरेको ‘राइड सेयरिङ’ नियमावली स्थगन गर्न सरकारले पत्राचार गर्ने भएपछि दुई पक्षबीच सहमति भएको हो । मध्यरातमा दुई पक्ष बिच सहमति भए पनि मंगलबार बिहानसम्म सडकमा सार्वजनिक यातायातका साधन चलेका छैनन् । गण्डकी प्रदेश सरकारले नियमावली स्थगन गरेको औपचारीक जानकारी गराइसकेपछि मात्रै गाडी चलाउने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी...

तीन दलका शीर्ष नेताबीच जुटेन सहमति

तीन दलका शीर्ष नेताबीच जुटेन सहमति
काठमाडौं । संसदको अवरोध खुलाउने विषयमा आज तीन दलका शीर्ष नेताहरूबीच भएको छलफल बिना सहमति सकिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायत तीन दलका शीर्ष नेताहरूबीच छलफल भएको हो । करिब २ घण्टा चलेको छलफलमा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग यथावत राखेपछि सहमति जुट्न नसकेक...

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोडारीविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीविरुद्ध १ करोड ८ लाख ३८ हजार ३०२ रूपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोप छ । सोडारीले सार्वजनिक पदधारण गरेको मिति २०७४ माघ ७ गतेदेखि २०७९ वैशाख १० सम्मको जाँच अवधिमा ८५ लाख ५१ हजार ३३४ रूपैयाँ आय आर्जन गरेको अनुसन्धानबाट पाइएको अख्तियारले जनाएको छ । ...

प्रमुख दलका शीर्ष नेताहरु छलफलमा जुट्दै

प्रमुख दलका शीर्ष नेताहरु छलफलमा जुट्दै
काठमाडौँ । प्रमुख दलका तीन शीर्ष नेताबीच अहिले सिंहदरबारमा छलफल हुँदैछ । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र केही मधेशी दलका नेताबीच सोमबार अपरान्ह ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा छलफल हुने स्रोतले जनाएको छ । भिजिट भिसा प्रकरणमा विपक्षीले लगातार संसद अवरुद्ध गरिरहेको सन्दर्भमा सत्ता र प्रमुख प्रतिपक्षी दलका नेताहरू छलफलमा जुटे...

आज जेठ १९ः राजा वीरेन्द्रको स्मृति दिवसको सम्झनामा दीप प्रज्ज्वलन कार्यक्रम हुने

आज जेठ १९ः राजा वीरेन्द्रको स्मृति दिवसको सम्झनामा दीप प्रज्ज्वलन कार्यक्रम हुने
काठमाडौं । दरबार हत्याकाण्डमा दिवंगत भएका राजपरिवारको सम्झनामा आज गर्न लागिएको दीप प्रज्ज्वलन कार्यक्रम वृहत हुने भएको छ । कार्यक्रममा पूर्वराजपरिवारका सदस्यसँगै राजवादी नेता कार्यकर्ताहरु पनि उपस्थित हुनेछन् । राजसंस्था पुनःर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले आज राजा वीरेन्द्रको स्मृति दिवस भएकाले आन्दोलनका कार्यक्रमहरु स्थगित गरेको थियो । समितिका संयोजक नवराज सुवेदीले दिवंगत राजपरिवारको सम्झनामा हुने दीप प्रज्ज्वलनमा सहभागी हुन आह्वान गरेका छन् । यो कार्यक्रम...

महिमान विष्टलाई थुनामै राख्न माग गर्दै रेशम चौधरीले दिए निवेदन

महिमान विष्टलाई थुनामै राख्न माग गर्दै रेशम चौधरीले दिए निवेदन
काठमाडौं । सर्वोच्च अदालतका निलम्बित अधिकृत महिमानसिंह विष्टलाई थुनामै राख्न माग गर्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले उच्च अदालतमा निवेदन दिएका छन् । चौधरीले आज उच्च अदालत पाटनमा निवेदन दिएका हुन् । गत बैशाख १७ गते विष्टले चौधरीलाई पक्राउ गरी थुनामा राख्न पत्र लेखेका थिए । जसअनुसार रेशमलाई पक्राउ गरिएको थियो । तर विष्टले अनधिकृत पत्र लेखेको पुष्टि भएसँगै उनलाई तुरून्तै रिहा गरिएको थियो । त्यसपछि विष्ट आफैँ पक्राउ परेका थिए । उनीविरुद्ध जिल्ला प्रहरी परिस...