मुख्य समाचार

देशभरका राम मन्दिरमा भक्तजनको भीड

देशभरका राम मन्दिरमा भक्तजनको भीड
काठमाडौं । रामनवमी पर्वका अवसरमा आज बिहानैदेखि देशभरका राम मन्दिरमा भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाइन्छ । यस उपलक्ष्यमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपतिपारिको राम मन्दिर, गोकर्णेश्वर नगरपालिका वडा नं ९ आरुबारीस्थित राम मन्दिर, राजधानी र देशभरका अन्य राम मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । यस अवसरमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर बिहान ४ः०० बजेदेखि नै भक्तजनका लागि खुला गरिएको मन्दिर...

आईपीयूको दिगो विकास स्थायी समितिमा सांसद शाक्य निर्वाचित

आईपीयूको दिगो विकास स्थायी समितिमा सांसद शाक्य निर्वाचित
काठमाडौं । राष्ट्रिय सभा सदस्य डाक्टर अञ्जान शाक्य अन्तर–व्यवस्थापिका संघ (आईपीयु)को दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रको तर्फबाट नेपालको प्रतिनिधित्व गर्दै पहिलो पटक विजयी भएकी छन् । उज्वेकिस्तानको राजधानी ताश्केन्टमा भएको सम्मेलनमा उनले नेपालबाट प्रतिनिधित्व गरेकी थिइन् । उनीसँगै माल्दिभ्स र इरानबाट पनि उम्मेदवारी परेको थियो । दुवै उम्मेदवारलाई पछि पार्दै शाक्य विजयी भएकी हुन् । सभामुख देवराज घिमिरेसहितको टोली अहिले उज्वेकिस्तानमा रहेको छ । सभामुख घिमिरेले ...

आजदेखि ‘फायर सेफ्टी एन्ड इलेक्ट्रोनिक सेक्युरिटी’अन्तर्राष्ट्रिय सम्मेलन हुने, परराष्ट्रमन्त्री राणाले उद्धघाटन गर्ने

आजदेखि ‘फायर सेफ्टी एन्ड इलेक्ट्रोनिक सेक्युरिटी’अन्तर्राष्ट्रिय सम्मेलन हुने, परराष्ट्रमन्त्री राणाले उद्धघाटन गर्ने
काठमाडौँ । आगलागी जोखिम न्यूनीकरण र विद्युतीय सुरक्षासम्बन्धी नवीनतम प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको फायर सेफ्टी एन्ड इलेक्ट्रोनिक सेक्युरिटी इन्टरनेशनल कन्फरेन्स २०२५ आजदेखि काठमाडौँमा सुरु हुँदैछ । एशिया प्यासिफिक सेक्युरिटी एसोसिएसन आप्सा नेपालद्वारा आयोजित यो अन्तर्राष्ट्रिय सम्मेलन दरबारमार्गस्थित होटल याक एण्ड यतिमा आज र भोलि दुई दिनसम्म सञ्चालन हुनेछ । सम्मेलनको उद्घाटन आज परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गर्ने कार्यक्रम तय गरिएको छ । सम्मे...

काठमाडौंको वायु प्रदूषण अझै उच्च, स्वास्थ्य सतर्कता अपनाउन अनुरोध

काठमाडौंको वायु प्रदूषण अझै उच्च, स्वास्थ्य सतर्कता अपनाउन अनुरोध
काठमाडौं । काठमाडौं उपत्यकामा एकसातादेखि वायु प्रदूषणको अवस्था अति अस्वस्थकर रहँदै आएको छ । आइक्यू एअरले आइतबार बिहान गरेको मापनअनुसार काठमाडौं उपत्यका विश्वको पहिलो प्रदूषित शहरमा रहेको छ । अहिले काठमाडौं उपत्यकाको ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) अर्थात औसत वायु गुणस्तर सूचक २९० रहेको छ । वायुको गुणस्तर सूचकांक अनुसार यसलाई निकै अस्वस्थकर मानिन्छ । वायु प्रदूषणमा भारतको दिल्ली दोस्रो स्थानमा छ । जहाँ एक्यूआई २६५ छ । यस्तै, तेस्रो स्थानमा रहेको पाकिस्तानको लाहोरको २०१ एक...

शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा

शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा
काठमाडौँ विगत पाँच दिनदेखि राजधानी केन्द्रीत आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघले अनिश्चितकालीन शैक्षिक हड्तालको घोषणा गरेको छ । महासंघले आइतबार बिहान विज्ञप्ति गारी गर्दै भोलि (सोमबार) देखि देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेको हो।  महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले जारी गरेको विज्ञप्तिमा नतिजा प्रकाशन लगायतका सबै काम ठप्प पारेर शैक्षिक हड्तालाई सफल बनाउन देशभरका शिक्षक, कर्मचारीलाई आग्रह गरिएको छ। ...

अर्घाखाँचीको मालारानीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, दुई घाइते

अर्घाखाँचीको मालारानीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, दुई घाइते
अर्घाखाँची । अर्घाखाँचीको मालारानीमा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मालारानी गाउँपालिकाल–३ लुटिपोखरी–खनदह भित्री सडकखण्डमा लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु२च २९९० नम्बरको जीप (सिङ्गल क्याब) अनियन्त्रित भई आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा मालारानी–४ का जीप चालक २२ वर्षीय दिलीप खनाल र २१ वर्षीय बालकृष्ण रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए । दुर्घटनामा माल...

चैते दसैँ : देशभरका शक्तिपीठमा भक्तजनको बिहानैदेखि भीड

चैते दसैँ : देशभरका शक्तिपीठमा भक्तजनको बिहानैदेखि भीड
काठमाडौं । चैते दसैँ पर्वका अवसरमा आज बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको छ । उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, श्वेतकाली, रक्तकाली, कलङ्कीमाई, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, नरदेवी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा भक्तजनको भीड लागेको छ । यसैगरी, उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, बागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायत शक्तिपीठमा पनि बिहान...

सोमबारसम्म रवि प्रहरी हिरासतमै रहने, कारागारमा भने रवि र छविसँगै हुने

सोमबारसम्म रवि प्रहरी हिरासतमै रहने, कारागारमा भने रवि र छविसँगै हुने
भैरहवा। हिजो साँझ पुनः पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रूपेन्देही लगिएको छ । उच्च अदालत बुटवलले पुनः पक्राउ गर्न आदेश दिएलगत्तै हिजो साँझ पक्राउ परेका लामिछानेलाई रूपेन्देही हिरासतमा राख्नका लागि बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगिएको थियो । उनलाई पहिलो फ्लाइटबाटै रूपन्देही लगिएको हो । यसैबीच, आज (शनिबार) र आइतबार सार्वजनिक बिदा भएकाले लामिछाने सोमबारसम्म जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासत...

ओलीसँगको भेटवार्तापछि भारतीय प्रधानमन्त्री मोदीले भनेः भारतले नेपालको सम्बन्धलाई धेरै महत्त्व दिएको छ

ओलीसँगको भेटवार्तापछि भारतीय प्रधानमन्त्री मोदीले भनेः भारतले नेपालको सम्बन्धलाई धेरै महत्त्व दिएको छ
काठमाडौँ । थाइल्याण्डमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । मोदीले प्रधानमन्त्री ओलीसँग भेट गरेको फोटो सामाजिक सञ्जालमा सेयर गर्दै उनले बैंककमा ‌ओलीसँगको भेटघाट उपलब्धीमूलक भएको बताएका छन् । भारतले नेपाललाई सम्बन्धको हिसाबले प्राथमिकतामा राखेको उनले उल्लेख गरेका छन् । भेटवार्तामा विभिन्न पक्षलाई लिएर वार्ता भएको उनले बताएका छन् । नेपाल-भारतमैत्री सम्बन्ध,उर्जा, संस्कृति तथा सूचना प्रविधिको बारेमा कुराकानी भएको प्रधानमन्त्री...

तीनवटै सुरक्षा संगठनको निष्कर्ष, फिल्डमा खटिएका कमान्डरको संयमताले मानवीय क्षति रोकियो

तीनवटै सुरक्षा संगठनको निष्कर्ष, फिल्डमा खटिएका कमान्डरको संयमताले मानवीय क्षति रोकियो
काठमाडौं । तीनकुनेमा भएको अराजक प्रदर्शनमा सुरक्षा सयन्त्र कमजोर नभई संयमता अपनाएको दाबी तीनवटै सुरक्षा संगठनले स्पष्ट पारेका छन् । शुक्रबार राज्यव्यस्था तथा सुशासन समितिमा सदस्यले सोधेको प्रश्नको जवाफ दिँदै नेपाल प्रहरी प्रमुख, सशस्त्र प्रहरी बलका प्रमुख र राष्ट्रिय अनुसन्धान विभागका एआईजीले तीनकुने घटनामा सुरक्षा सयन्त्र नचुकेको, तर संयमित भएको दाबी गरेका हुन् । नेपाल प्रहरीका आईजीपी दीपक थापाले सुरक्षा संयन्त्रको आपसी कोर्डिनेसन संयोजन अनुसार नै सुरक्षाकर्मी परिचालन भएक...