flash news

एसीसी पुरुष यू–१६ इष्ट जोन कप : मलेसियालाई पराजित गर्दै नेपाल फाइलनमा

एसीसी पुरुष यू–१६ इष्ट जोन कप : मलेसियालाई पराजित गर्दै नेपाल फाइलनमा
काठमाडौं, १९ असार । नेपाल एसीसी पुरुष यू–१६ इष्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ । घरेलु टोली मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल चौथो पटक फाइनलमा पुगेको हो। मलेसियाले दिएको ९१ रनको झिनो लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो। दोस्रो विकेटका लागि ओपनर परिमहर्जन यादव र श्रीवांस बजगाइले ४५ बलमा ७५ रनको अविजित साझेदारी गरेपछि नेपालले सहज लक्ष्य भेट्टाएको हो।

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
काठमाडौँ, १९ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४३, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, आलु रातो (मुडे) प्रतिकिलो रु ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५०, गाजर (लोकल) प्रतिकिलो रु ८०, बन्दा ९लोकल० प्रतिकिलो रु ३५...

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर, कुन देशको कति ?

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर, कुन देशको कति ?
काठमाडौं, १९ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ९५ पैसा र बिक्रीदर १६१ रुपैयाँ ६६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ५३ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७२ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३७ पैसा कायम गरिएको छ । अष्ट...

संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट खारेज, नियुक्ति सदर

संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट खारेज, नियुक्ति सदर
काठमाडौं, १९ असार । सर्वोच्च अदालतले विभिन्न संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध दायर रिट निवेदन बहुमतले खारेज हुने फैसला सुनाएको छ । यस फैसलासँगै संवैधानिक आयोगका पदाधिकारीले पूर्ण कार्यकाल काम गर्न पाउने भएका छन् । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू मनोजकुमार शर्मा, डा. कुमार चुडाल र डा. नहकुल सुवेदीको संवैधानिक इजलासमा विवादको सुनुवाइ भएको थियो । इजलासमा भएका न्यायाधीशहरूमध्ये वरिष्ठतम् न्यायाधीश मल्ल, न्यायाधीशहरु शर...

मल आयातका लागि २ अर्ब ८२ करोड रुपैयाँ विनियोजन

मल आयातका लागि २ अर्ब ८२ करोड रुपैयाँ विनियोजन
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मल आयात गर्नको लागि २ अर्ब ८२ करोड रुपैयाँ विनियोजन भएको बताएका छन् । बुधबारको राष्ट्रिय सभाको बैठकमा मन्त्रालयको विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले अगामी आर्थिक वर्षको मल आपुर्ति तथा व्यवस्थापनको कार्ययोजना तयार भइसकेको भन्दै सोहीअनुसार तीनलाख मेट्रिक टन मल आयातका लागि टेण्डर समेत आह्वान गरेको बताए । उनले भने, ‘अगामी आर्थिक वर्षमा मलआयात गर्नको लागि २ अर्ब ८२ करोड रुपैयाँ विनियोजन भएको छ । अगामी...

बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई ६ महिना जेल सजाय

बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई ६ महिना जेल सजाय
काठमाडौं । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण ९आईसीटी० ले पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलनाको मुद्दामा ६ महिनाको जेल सजाय सुनाएको छ । ढाका ट्रिब्युन अनुसार, अपदस्थ अवामी लिग नेतृ समेत रहेकी हसिनालाई न्यायाधीश एमडी गोलाम मोर्तुजा मोजुम्दारको अध्यक्षतामा रहेको तीन सदस्यीय इजलासले जेल सजाय बुधबार सुनाइएको हो । त्यसैगरी, गाइबान्धाको गोविन्दगञ्जका शाकिल आकन्द बुलबुललाई पनि यसै मुद्दामा २ महिनाको कैद सजाय सुनाइएको छ। हसिनाले ११ महिनाअघि पदत्याग गरी देश...

कुलिङ पिरियडको चलखेलबारे संसदीय छानबिन समिति बनाउन सिफारिस

कुलिङ पिरियडको चलखेलबारे संसदीय छानबिन समिति बनाउन सिफारिस
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवा विधेयकमा भएको चलखेलबारे छानबिन गर्न संसदीय समिति गठन गर्न सिफारिस गरेको छ । आज बसेको समितिको बैठकले उच्चस्तरीय संसदीय समितिबाट छानबिन गर्ने व्यवस्था मिलाउन सभामुखलाई अनुरोध गर्ने निर्णय गरेको हो । उक्त कार्य कानुन निर्माणको हिसाबले षड्यन्त्रपूर्ण र दुराशयपूर्ण देखिएको हुँदा उक्त कार्यमा कोको व्यक्तिको के कति गल्ती वा अपराध भएको हो, त्यसको उच्चस्तरीय संसदीय समितिबाट छानबिन गर्ने व्यवस्था ...

पूर्वराष्ट्रपति विद्या भण्डारीले आजैबाट त्यागिन सरकारी सेवा सुविधा परित्याग

पूर्वराष्ट्रपति विद्या भण्डारीले आजैबाट त्यागिन सरकारी सेवा सुविधा परित्याग
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आजैबाट राज्यको तर्फबाट प्राप्त गर्दै आएको सेवा सुविधा त्यागेकी छन् । नेकपा एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गरेलगत्तै भण्डारीले सो निर्णय गरेकी हुन् । पूर्वराष्ट्रपति भण्डारीले सरकारले पूर्वराष्ट्र प्रमुखलाई प्रदान गर्दै आएको सेवा सुविधा त्यागेको पत्र गृहमन्त्रालयमा बुधबार दर्ता भएको छ । भण्डारीको सचिवालयबाट आएको पत्र दर्ता भई सम्बन्धित शाखामा पठाइएको गृह मन्त्रालयले जनाएको छ । सरकारले प्रदान गरेको सेवा सुविधा परित्याग ...

मन्त्रिपरिषद पुनर्गठनको तयारी, एक वर्ष पूरा गरेका अधिकांश मन्त्रीलाई बिदा गरिने

मन्त्रिपरिषद पुनर्गठनको तयारी, एक वर्ष पूरा गरेका अधिकांश मन्त्रीलाई बिदा गरिने
काठमाडौं । कांग्रेस र एमाले गठबन्धनको एक वर्ष पुग्न लाग्दा मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य सुरू भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली स्पेनबाट फर्किएपछि यसले पूर्णता पाउने स्रोतले बतायो । स्रोतका अनुसार केही मन्त्रीलाई निरन्तरता दिएर नयाँ अनुहार ल्याउने तयारी भइरहेको छ । प्रधानमन्त्री ओली स्वदेश फर्किएपछि कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर दुवै दलले मन्त्री हेरफेर गर्ने छन् । गठबन्धनको समझदारी अनुसार पनि पालो पुर्‍याउने दबाबसमेत रहेकाले एक वर्षे रोटेशनबाट मन्त्...

अध्यक्षविरूद्व बोलेको भन्दै एकीकृत समाजवादीले नेतृ झाँक्रीलाई सोध्यो स्पष्टीकरण

अध्यक्षविरूद्व बोलेको भन्दै एकीकृत समाजवादीले नेतृ झाँक्रीलाई सोध्यो स्पष्टीकरण
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ । पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा खेपिरहेका पार्टी अध्यक्ष माधव नेपालविरूद्व अभिव्यक्ति दिएकी नेतृ झाँक्रीलाई पार्टीले स्पष्टीकरण सोधेको हो । उनले अध्यक्ष नेपाललाई लक्षित गर्दै ‘सिनो बोकेर हिँड्न नसकिने’ भन्दै अर्ली महाधिवेशनको माग गरेकी थिइन् । उनलाई पार्टीको अनुसासन आयोगले तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।