flash news

१० अर्ब ऋण लिन विद्युत् प्राधिकरणलाई सरकारको स्वीकृति

१० अर्ब ऋण लिन विद्युत् प्राधिकरणलाई सरकारको स्वीकृति
काठमाडौं, २० असार । सरकारले दश अर्ब ऋण लिन नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको छ । अर्थ मन्त्रालयले अल्पकालीन ऋण लिने प्राधिकरणको प्रस्ताव स्वीकृत गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पद सम्हाले लगत्तै प्राधिकरण ऋण लिनुपर्ने अवस्थामा रहेको बताउँदै दश अर्ब ऋण लिन लागेको जानकारी दिएका थिए ।

यो हप्तामा ३५ जनामा कोरोना संक्रमण

यो हप्तामा ३५ जनामा कोरोना संक्रमण
काठमाडौं, २० असार । नेपालमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो समयमा नेपालमा कोभिड–१९ को सङ्क्रमण विभिन्न जिल्लामा देखिन थालेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार २०८१ पुस १७ गतेदेखि २०८२ असार १९ गतेसम्म नेपालका ३१ जिल्लामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । हालसम्म कोभिड–१९ का दुई सय ४९ जनामा कोरोना सङ्क्रमण देखा परेको छ । एक हप्तामा ३५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोभिड...

नेपालमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई अर्थमन्त्री पौडेलको आग्रह

नेपालमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई अर्थमन्त्री पौडेलको आग्रह
काठमाडौं, २० असार । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वाधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह गरेका छन् । नेपाल भ्रमणमा रहेको मलेसिया–नेपाल व्यापार परिषद्को प्रतिनिधि मण्डलमा सहभागी लगानीकर्तालाई नेपालको पूर्वाधार विकास र पर्यटनमा राम्रो सम्भावना रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले थप लगानी गर्न अनुरोध गरेका हुन् । ‘निजी क्षेत्रबाट लगानीका लागि नेपालमा उपयुक्त वातावरण छ । नीतिहरु लगानीमैत्री छन् । लगान...

कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक

कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
सुर्खेत, २० असार । कर्णाली राजमार्गअन्तर्र्गत कालीकोट तिलागुफा नगरपालिका–६ गोठिभिरमा सडक भत्किएपछि ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । आज बिहान उक्त ठाउँमा सडक भत्किएकाले ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय, कालीकोटले जनाएको छ । प्रहरी नायब उपरीक्षक टेकबहादुर रावलले भने, “अविरल वर्षाका कारण राजमार्गमा यात्रा गर्दा अत्यन्त जोखिम भएका कारण आवश्यक सजगता अपनाउन हुनसमेत अनुरोध गर्दछौँ ।”

कुलिङ पिरियडमा छानबिन समिति बनेपछि सभापति खतिवडा राज्य व्यवस्थामा नजाने घोषणा

कुलिङ पिरियडमा छानबिन समिति बनेपछि सभापति खतिवडा राज्य व्यवस्थामा नजाने घोषणा
काठमाडौँ, २० असार । कुलिङ पिरियडमा भएको बदमासीमा प्रश्न उठेपछि राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडाले संसदीय छानबिन समिति बनेपछि बैठकमा आफू उपस्थित नहुने बताएका छन् । सभापति खतिवडाले सभामुख देवराज घिमिरेले समिति गठनको प्रक्रिया सुरु गरेको र गठन भएलगत्तै सभापतिको हैसियतमा आफू बैठकमा नजाने बताए । उनले भने, ‘आफू सभापति र समिति सदस्यको रुपमा बैठकमा उपस्थिति हुँदा प्रमाण नष्ट गर्छ भन्ने आशंका हुने भएकाले छानबिन नसकिएसम्म बैठकमा जान्न ।’ सभापति खतिवडाले सो अवधिसम्म सरकार...

धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त हुँदा ६ प्रहरी घाइते

धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त हुँदा ६ प्रहरी घाइते
जनकपुरधाम, २० असार । धनुषामा सशस्त्र प्रहरी र तस्करबीच गएराति भिडन्त हुँदा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् । घाइते सशस्त्र प्रहरीहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । स्थिति नियन्त्रणमा लिने क्रममा चार राउड हवाई फायर र १३ सेल अश्रुग्यास प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ । धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीस्थित नेपाल–भारत सीमा नजिक भिडन्त भएको हो । धनुषाका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) निर्मल खड्काका अनुसार बिहीबार साँझ ७ बजेतिर तस्करीको समान भित...

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं, २० असार । सङ्घीय संसद् राष्ट्रिय सभाको बैठक १ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८२’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि दफावार छलफल गर्ने कार्यसूची छ । ती विधेयकलाई पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाउने सम्भावित कार्यसूची तय गरिएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । यस्तै, आज पाँचवटा संसदीय समिति...

डेङ्गुबाट करिब ६० हजार जना सङ्क्रमित हुने अनुमान, सर्तक रहन महाशाखाको आग्रह

डेङ्गुबाट करिब ६० हजार जना सङ्क्रमित हुने अनुमान, सर्तक रहन महाशाखाको आग्रह
काठमाडौं, १९ असार। इपिडियमोलोजी तथा रोग नियन्त्रण महाशाखाले अबका चार महिना डेङ्गु सङ्क्रमणको सर्वाधिक जोखिमयुक्त समय भएकोले सतर्क रहन आग्रह गरेको छ । यसवर्ष करिब ६० हजार जना डेङ्गु रोगबाट सङ्क्रमित हुनसक्ने अनुमान महाशाखाको छ । महाशाखाद्वारा आयोजित अन्तक्रिर्यामा विज्ञहरुले डेङ्गुबाट हुने मानवीय क्षति रोक्न लामुखुट्टेको प्रजनन प्रणाली नष्ट गर्ने सर्वाधिक सरल र प्रभावकारी उपाय भएको बताए । कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्ण दाहालले डेङ्गु सार्ने प्रजातिको लामखुट्टे नष्ट गर्...

धरानको खानेपानी योजनामा वैदेशिक ऋण नलिने हर्क साम्पाङको अडान

धरानको खानेपानी योजनामा वैदेशिक ऋण नलिने हर्क साम्पाङको अडान
धरान, १९ असार । धरान उपमहानगरपालिकाले सप्तकोशीको पानी ल्याउने दीर्घकालीन खानेपानी योजनामा वैदेशिक ऋण प्रयोग नगर्न खानेपानी मन्त्रालयलाई आग्रह गरेको छ। मेयर हर्कराज सापाङ राईले मन्त्रालयलाई पत्र लेख्दै नेपाल सरकारले विनियोजन गरेको ४ करोड बाहेकको रकम आफ्नै राष्ट्रिय आम्दानीबाट जुटाउनुपर्ने अडान राखेका हुन् । धरानले यसअघि नै एसियाली विकास बैंकबाट लिएको ऋण तिर्न बाँकी रहेको स्मरण गराउँदै उनले थप वैदेशिक ऋणले मुलुकलाई आर्थिक भार थप्ने बताएका छन् । उनले खानेपानी मन्त्रालयम...

इँटाभट्टाको खलामा काम गर्दै अध्ययन गरेकी गोमा श्रेष्ठलाई भाटभटेनी अध्यक्ष गुरूङले एमबीबीएससम्म अध्ययन गराउने

इँटाभट्टाको खलामा काम गर्दै अध्ययन गरेकी गोमा श्रेष्ठलाई भाटभटेनी अध्यक्ष गुरूङले एमबीबीएससम्म अध्ययन गराउने
काठमाडौं, १९ असार । काठमाडौंको एक इँटाभट्टाको खलामा काम गर्दै अध्ययन गरेकी गोमा श्रेष्ठले यसवर्षको एसईई परीक्षामा ४ जीपीए प्राप्त गरेकी थिइन् । उनै गोमाको थप अध्ययन र शिक्षाका सम्बन्धमा सञ्चारमाध्यममा खबर सार्वजनिक भएपछि भाटभटेनी समूहका अध्यक्ष तथा समाजसेवी मीनबहादुर गुरुङ दम्पतीले एमबीबीएस तहसम्मको अध्ययन गराउने बचन दिएका छन् । बिहीबार गोमालाई भाटभटेनीस्थित आफ्नै कार्यालयमा बोलाएर अध्यक्ष गुरूङ र श्रीमती सावित्री गुरूङले एकलाख रुपैयाँ नगद, एउटा ल्यापटप र सम्मानपत्रसहित...