ग्वार्को ‘ओभरपास’को प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने, आजबाट सवारीसाधन चल्ने
काठमाडौं । काठमाडौं उपत्यकाको निकै व्यस्त सडक ललितपुरस्थित ग्वार्को चोकमा बनेको ‘ओभरपास’ को आज उद्घाटन हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो ‘ओभरपास’ विधिवत रूपमा उद्घाटन गरेपछि सञ्चालन हुन लागेको हो ।
काठमाडौं उपत्यकाको चक्रपथमा विद्यमान सवारी आवागमनको अत्यधिक चापलाई व्यवस्थापन गर्न सरकारले ग्वार्कोचोकमा ओभरपास निर्माण सुरु गरेको थियो। उद्घाटनसँगै ओभरपासबाटै सवारीसाधन सञ्चालन गरिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ ।
चक्रपथ विस्तार...









