flash news

ग्वार्को फ्लाइओभर तयार, शुक्रबारदेखि गाडी गुड्ने

ग्वार्को फ्लाइओभर तयार, शुक्रबारदेखि गाडी गुड्ने
काठमाडौं । ‘ग्वार्को फ्लाइओभर’ निर्माणको काम सकिएसँगै भोलिदेखि गाडी गुड्ने भएका छन् । भोलि (शुक्रबार) अपराह्न ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाइओभरको उद्घाटन गर्ने तय भएको सडक विभागको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक दीप बाराहीले जानकारी दिए । फ्लाइओभरको सबै काम सकिएको छ । भोलि प्रधानमन्त्रीले उद्घाटन गर्नुहुन्छ । लगत्तै गाडी गुड्छन,” उनले भने । आशीष–समानान्तर–जेभीले फ्लाइओभर निर्माण गरेको हो । अन्तर्राष्ट्रिय मापदण्डअनुसार, ‘फ्लाइओभर’को उचाइ ६ मिटर ...

‘मेरिटोक्रेसी’ प्रचलन उलंघन हुनु प्राज्ञिक क्षेत्रमाथिको आक्रमण हो : नेता महर

‘मेरिटोक्रेसी’ प्रचलन उलंघन हुनु प्राज्ञिक क्षेत्रमाथिको आक्रमण हो : नेता महर
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले त्रिभुवन विश्वविद्यालयको उपकुलपति सिफारिस प्रक्रियामा गम्भीर असन्तुष्टि व्यक्त गर्दै यसले मुलुकको प्राज्ञिक क्षेत्रमा दूरगामी नकारात्मक असर पार्ने चेतावनी दिएका छन्। नेपाली कांग्रेस शिक्षा विभागले आज काठमाडौंमा आयोजना गरेको शिक्षा नीति वहसअन्तर्गत 'उच्च शिक्षा विमर्श' कार्यक्रममा बोल्दै महरले भने, 'हामीले दशकौंदेखि विश्वविद्यालयका पदाधिकारीको नियुक्ति मेरिटोक्रेसीको आधारमा हुनु पर्ने माग गर्दै ...

मेयर बालेनले पुरानै जिम्मेवारीमा फर्काए चार समितिका संयोजकलाई

मेयर बालेनले पुरानै जिम्मेवारीमा फर्काए चार समितिका संयोजकलाई
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले कार्यपालिका अन्तर्गत ४ वटा समितिका संयोजकहरूलाई पुरानै जिम्मेवारी दिएका छन् । केही समयअघि बालेनले चार वडाध्यक्षको जिम्मेवारी खोसेर नयाँलाई वडाध्यक्षहरूलाई विभिन्न समितिको संयोजकको जिम्मेवारी दिएका थिए । गैरकानुनी रूपमा मेयरले आफूहरूलाई जिम्मेवारीबाट हटाएको भन्दै वडाध्यक्षहरू आशाराम संगत, मचाराजा महर्जन, ख्यामराज तिवारी र नवीन मानन्धरले विरोध गरेका थिए । वडा नम्बर १७ का अध्यक्ष नविन मानन्धरलाई सूचना प्रविधि समितिको संयोज...

कोरोनाका बिरामी बढ्दै, सात दिनमा ३० जनामा सङ्क्रमण

कोरोनाका बिरामी बढ्दै, सात दिनमा ३० जनामा सङ्क्रमण
काठमाडौं । मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन् । मौसम परिवर्तनसँगै मानिसमा रुघाखोकी, ज्वरो, फ्लु जस्ता सङ्क्रमण देखिन थालेको हो । इपिडिमिलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशन डा चन्द्रभाल झाले सिमा नाकामा कोरोना भाइरसको सङ्क्रमण देखिए पनि अहिले त्यो पनि घटेको गएको बताए । उनका अनुसार नेपाल–भारत सीमाको सिमानापर्ने कञ्चनपुरमा केही भारतबाट आउनेमा सङ्क्रमण देखिएका छन् । उनका अनुसार अहिलेसम्म ९पुस १७ गते यता० १६० जनामा कोरोना भाइरसको सङ्...

दैलेखमा एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको पुष्टि

दैलेखमा एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको पुष्टि
दैलेख । नेपालको भविष्य उज्यालो बनाउने आशाका संकेत दैलेखको जलजलेबाट देखिन थालेका छन् । चीनको जिओलोजिकल सर्बे कम्पनीले दैलेखमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको अन्वेषण कार्यको प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ । त्यसमा जलजले क्षेत्र मिथेन ग्यासको विशाल भण्डारण स्थल रहेको तथ्य खुलाइएको छ । विसं २०७८ वैशाख २८ गतेदेखि सुरु गरिएको पहिलो ड्रिलिङ कार्य चार हजार १३ मिटर गहिराइमा पुर्‍याइएको थियो । त्यहाँबाट सङ्कलन गरिएका नमुनाको परीक्षणमा एक अर्ब १२ करोड घनमिटर मिथ...

लेटाङमा नेपालकै सबैभन्दा ठूलो जातो

लेटाङमा नेपालकै सबैभन्दा ठूलो जातो
मोरङ । आधुनिक प्रविधिको विकाससँगै दैनिक प्रयोगबाट हराउँदै गएको परम्परागत जाँतोको स्मरण गराउने गरी मोरङको लेटाङमा नेपालकै सबैभन्दा ठूलो जाँतो पर्यटकको रोजाई बनेको छ। लेटाङ नगरपालिका–९ मा करिब १५ धुर क्षेत्रफलमा फैलिएको उक्त जातो हाल सार्वजनिक अवलोकनका लागि खुला गरिएको छ। देशको प्रमुख राजमार्गबाट ८ किलोमिटर दूरीमा रहेको जातो स्थलमा अहिले पर्यटकहरूको घुइँचो लाग्न थालेको छ। उक्त जातो कोशी प्रदेश सरकारको १० लाख रुपैयाँको सहयोग र स्थानीयवासीको ४ लाख बराबरको जनश्रमदानमा निर्मा...

आज पनि रास्वपाको संसदमा प्रदर्शन जारी

आज पनि रास्वपाको संसदमा प्रदर्शन जारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि संसदमा अबरोध गरिरहेको छ । गत असार १३ गते देखी निरन्तर अबरोध गरिरहेको रास्वपाले आज पनि संसद अबरोध गरिरहेको हो । रास्वपाको अबरोधका बिचमा पनि सभामुख देबराज घिमिरेले संसद भने निरन्तर चलाइरहेको छ  । रास्वपाका सांसद हरि ढकालले लाखौँ युवा ठगिएको विषयलाई उठाउँदा सरकारले आफूहरूको आन्दोलनलाई नजरअन्दाज गरेको आरोपसमेत लगाएका छन । उनले गृहमन्त्रीले विमानस्थलबाट मानव बेचबिखन ब्युरो किन हटाइयो ? भनेर प्रश्नसमेत गरेका छन। उनले आफूहरूको ...

छलफलमा जुट्दै ओली, देउवा र प्रचण्ड

छलफलमा जुट्दै ओली, देउवा र प्रचण्ड
काठमाडौं । मुख्य तीन दलका शीर्ष नेताहरुको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत बिच बैठक हुन लागेको हो । प्रधानमन्त्री ओलीको स्वकीय सचिवालयका सदस्य दीपेन्द्र दाहालले दिएअनुसार छलफल दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । यसअघि बुधबार नेताहरु छलफलमा जुट्ने तयारीमा थिए । तर, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड उपत्यका बाहिर भएप...

दश वर्षपछि सुदर्शन र प्रदीपको सहकार्यमा ‘शुभ विवाह’

दश वर्षपछि सुदर्शन र प्रदीपको सहकार्यमा ‘शुभ विवाह’
काठमाडौं । निर्देशक सुदर्शन थापाले प्रदीप खड्कालाई लिएर फिल्म ‘शुभ विवाह’ निर्माण तथा निर्देशन गर्ने भएका छन् । निर्देशक थापाले चलचित्र विकास बोर्डमा फिल्मको नाम दर्ता गर्दै गर्दा कलाकारको नाममा प्रदीप खड्का राखिएको छ । दश वर्षअघि ‘प्रेमगीत’मा सहकार्य गरेका निर्देशक थापा र अभिनेता खड्काबीच ‘शुभ विवाह’मा दोस्रो पटक सहकार्य हुन लागेका हो । निर्देशक थापाले यो फिल्मका लागि अभिनेता खड्कासँग गत वर्ष नै लिखित सम्झौता गरेका थिए तर दुवैतर्फबाट फिल्मको नाम भने सार्वजनिक गरिएको थिएन ...

सुनको मूल्य निरन्तर बढ्दो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य निरन्तर बढ्दो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । गत जेठ २७ गतेदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । आज बजार खुल्दा मंगलबारको तुलनामा सुन तोलामा ९०० रुपैयाँ र चाँदी ६५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल एक लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको छ भने एक तोला चाँदी दुई हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।