flash news

नेपालमा एमसीसी निरन्तर रहने

नेपालमा एमसीसी निरन्तर रहने
काठमाडौं । संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालमा निरन्तर रहने भएको छ । गत फेब्रुअरीमा अमेरिकी विदेशमन्त्रीले वैदेशिक सहायतासम्बन्धी समीक्षा चलिरहेकै बेला लागू गरिएको ९० दिने रोकमा एमसीसी नेपाल कम्प्याक्टका लागि विशेष अपवाद प्रदान गर्दै एमसीसीको निरन्तर कार्यान्वयनलाई स्वीकृति दिएका थिए । यस अपवादले एमसीसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई समीक्षा अवधिमा पनि निरन्तर अगाडि बढाउन स्वीकृत प्रदान गरेको यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ । ए...

यी ६ स्थानमा राजमार्ग अवरुद्ध, ४ ठाउँमा एकतर्फी यातायात सञ्चालन

यी ६ स्थानमा राजमार्ग अवरुद्ध, ४ ठाउँमा एकतर्फी यातायात सञ्चालन
काठमाडौं । बाढी र पहिरोका कारण देशका विभिन्न छ स्थानमा आज पनि सडक अवरुद्ध भएको छ । प्रहरी प्रधान कार्यालका अनुसार अन्य चार ठाउँमा अवरुद्ध भएको सडक भने एकतर्फी खुलाइएको छ । प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले एकतर्फी खुलेका सडकलाई दुईतर्फी बनाउने र अवरुद्ध रहेका सडकलाई खुलाउने प्रयास जारी रहेको बताए । उनका अनुसार अहिले सिन्धपाल्चोकको भोटेकोशीमा पहिरोका कारण अरनिको राजमार्ग तीन ठाउँमा अवरुद्ध भएको छ । भोटेकोशी गाउँपालिकाको कोदारी, लार्चा र क...

संसद्को पाक्षिक क्यालेन्डर तयार, समावेश छैन शिक्षा र निजामती विधेयक

संसद्को पाक्षिक क्यालेन्डर तयार, समावेश छैन शिक्षा र निजामती विधेयक
काठमाडौं । प्रतिनिधि सभाको पाक्षिक क्यालेन्डर तयार भएको छ । जसमा सरकारले प्राथमिकता दिएको भनिएको विद्यालय शिक्षा विधेयक र संघीय निजामती सेवा विधेयक अगाडि बढाउने कार्यसूची समावेश छैन । निजामती सेवा विधेयक प्रतिनिधि सभामै पुगेर अड्किएको छ । विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छ । गत मंगलबार प्रतिनिधि सभाको बैठकमा निजामती सेवा विधेयक पारित गर्ने कार्यसुची थियो । तर, त्यसदिन सभा उक्त कार्यसूचीमा प्रवेश नै गरेन । बिह...

वर्षाले नारायणघाट बुटवल खण्ड पूर्ण अवरुद्ध, वैकल्पिक बाटो खोज्न आग्रह

वर्षाले नारायणघाट बुटवल खण्ड पूर्ण अवरुद्ध, वैकल्पिक बाटो खोज्न आग्रह
नवलपुर । निरन्तरको वर्षाले पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डमा रातिदेखि पूर्णरुपमा अवरुद्ध भएको छ ।  जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार यस खण्डको विनयी खोलको डाइभर्सन बगाउँदा र दाउन्नेमा सडक चिप्लो भएका कारण राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले पुल नहुँदा विनयी खोलामा डाइभर्सन गरी सवारीसाधन सञ्चालन गरिएकोमा बाढीले डाइभर्सन बगाएको बताए । त्यस्तै लगातार परेको पानीका कारण दुम्कीबा...

जलवायु परिवर्तनको समस्या र सामाधनका उपायहरू

जलवायु परिवर्तनको समस्या र सामाधनका उपायहरू
हाल विकसित देशहरूले जियोइन्जिनियरिङ जसलाई जलवायु इन्जिनियरिङ पनि भनिन्छ मा ठूलो लगानी गरिरहेका छन्। यसको उद्देश्य मानव सिर्जित जलवायु परिवर्तनको प्रभावलाई कम गर्न पृथ्वीको जलवायु प्रणालीमा ठूलो मात्रामा हस्तक्षेपलाई गर्नु हो। - प्रकाश रेग्मी पृष्ठभूमि जलवायु परिवर्तन वर्तमान समयको एउटा महत्त्वपूर्ण मुद्दा हो। जसमा बढ्दो विश्वव्यापी तापक्रम, बदलिदो वर्षाको ढाँचा र चरम मौसमी घटनाहरूको बढ्दो आवृत्तिहरू समावेश गरिन्छन्। विश्वको तापक्रम उल्लेखनीय रूपमा बढिरहेको छ, जुन मुख...

सीमा नाकामा कोरोनाको जोखिम कायमै

सीमा नाकामा कोरोनाको जोखिम कायमै
कञ्चनपुर । भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाका हुँदै फर्कनेहरुमा कोरोना भाइरस (कोभिड–१९)को जोखिम कायमै रहेको छ । पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भारतको हल्द्वानीबाट बुधबार फर्केका बर्दियाका एक जनाको कोरोना भाइसका कारण अवस्था गम्भीर भएको पाइएपछि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरको आइसुलेसनमा राखेर उपचार भइरहेको छ । सीमानाकामा रहेको हेल्थडेस्कमा एन्टिजेन परीक्षण गर्दा नतिजा ‘पोजेटिभ’ आएको थियो । “भारतबाट फर्केका बिरामीमा उच्च ज्वरो, श्वासप्रश्वास र रुघाखोकीको समस...

त्रिकोणात्मक टी–२० सिरिज : नेपाल र नेदरल्याण्ड्स भिड्दै

त्रिकोणात्मक टी–२० सिरिज : नेपाल र नेदरल्याण्ड्स भिड्दै
काठमाडौं । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै छ । नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्स सम्मिलित सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्डसँग सुपर ओभरमा पराजित भएको थियो । नेपाल तेस्रो सुपर ओभरमा पराजित भएको थियो । आजको खेल नेपाली समय अनुसार पौने ८ बजे सुरु हुनेछ । नेपालले घरेलु टोली स्कटल्याण्डलाई २ विकेटले हराएको थियो । जारी प्रतियोगितामा गएराति नेदरल्याण्डले स्कटल्याण्डलाई १९ रनले हराउँदै तालिकाको शीर्ष स्थानमा छ । नेपा...

दीपक मनाङेको सांसद पदमुक्त 

दीपक मनाङेको सांसद पदमुक्त 
काठमाडौं । ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भएका गण्डकी प्रदेश सभाका सांसद राजीव गुरुङ (दीपक मनाङे) पदमुक्त भएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले उनी सांसद पदका लागि उम्मेदवार बन्न नै अयोग्य रहेको ठहर गर्दै बुधबार उनलाई पदमुक्त गर्ने फैसला सुनाएको हो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको संवैधानिक इजलासले मनाङे उम्मेदवार बन्न नै अयोग्य रहेकोले विवरण झुक्याएर सांसद बनेको ठहर गरेको हो । रिट निवेदकले उनको पद प्रारम्भदेखि नै खारेज गर्न माग गरे पनि अदालतले...

सरकारले इजरायल र इरानमा रहेका नेपालीको आवश्कता अनुसार सहयोग गर्ने

सरकारले इजरायल र इरानमा रहेका नेपालीको आवश्कता अनुसार सहयोग गर्ने
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायल र इरानबीच हाल विकसित परिस्थितिका कारण रोजगारीमा रहेका नेपाली श्रमिकको सुरक्षा र सम्भावित जोखिम न्यूनीकरणका लागि कूटनीतिक नियोगलाई आवश्यक तयारी गर्न परराष्ट्र मन्त्रालय समक्ष अनुरोध गर्ने निर्णय गरेको छ । श्रम मन्त्रालयका सचिव कृष्णहरि पुस्करको संयोजकत्वमा बसेको सरोकारवालाको बैठकले नेपाली नियोगमार्फत इजरायल, इरान र प्रभावित छिमेकी मुलुकमा रहेका नेपाली नागरिकको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो । बैठकले ने...

राजुनाथ पाण्डेलाई निलम्बन नगर्न अदालतको आदेश

राजुनाथ पाण्डेलाई निलम्बन नगर्न अदालतको आदेश
काठमाडौं । अदालतले काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको पक्षमा अन्तरिम आदेश जारी गरेको छ । आज उच्च अदालतले पाटनले पाण्डेको पक्षमा आदेश जारी गर्दै निलम्बन नगर्न आदेश दिएको हो । न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेलाई निलम्बन गरिएको पत्र कार्यान्वयन नगरी यथास्थितिमा राखी काम गर्न दिन पनि आदेश दिएको छ ।