flash news

रसुवा बाढी अपडेटः प्रहरी सहायक निरीक्षकसहित नौ जनाको शव फेला

रसुवा बाढी अपडेटः प्रहरी सहायक निरीक्षकसहित नौ जनाको शव फेला
काठमाडौं, २५ असार । रसुवामा मंगलबार गएको बाढीमा परेकामध्ये नौ जनाको शव फेला परेको छ । राति एकजनाको शव चितवनमा भेटिएसँगै मृत्यु हुनेको सङ्ख्या नौ पुगेको हो । प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार अझै १९ जना बेपत्ता रहेका छन् । उक्त बाढीमा परेर रसुवाबाट हराइरहेका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव चितवनको १५ किलोस्थित त्रिशूली नदी किनारमा फेला परेको हो । कूल २० जना बेपत्ता रहेकामा उनको शव फेला परेपछि अब १९ जना बेपत्ता रहेका प्रहरीको केन्द्रीय प...

काममा फर्किए चिकित्सक, कार्यदल गठन

काममा फर्किए चिकित्सक, कार्यदल गठन
उपभोक्ता अदालतले उपचारमा चिकित्सकको लापरबाही भएको ठहरसहित चिकित्सक र अस्पताललाई क्षतिपूर्ति तिर्नुपर्ने आदेश दिएपछि उनीहरू आन्दोलनमा उत्रेका थिए । काठमाडौं, २५ असार । सरकारसँगको सहमतिपछि चिकित्सकहरू काममा फर्कने भएका छन् । उपभोक्ता अदालतले उपचारमा चिकित्सकको लापरबाही भएको ठहरसहित चिकित्सक र अस्पताललाई क्षतिपूर्ति तिर्नुपर्ने आदेश दिएपछि उनीहरू आन्दोलनमा उत्रेका थिए । चिकित्सकहरूले आकस्मिकबाहेक अरू सबै सेवा ठप्प पारेपछि सर्वसाधारण बिचल्लीमा परेका थिए । स्वास्थ्य मन्त्रालयमा...

आजको मौसमः देशैभरी पानी पर्ने, सतर्कता अपनाउन अनुराेध

आजको मौसमः देशैभरी पानी पर्ने, सतर्कता अपनाउन अनुराेध
काठमाडौं, २४ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधाारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मूख्यतया सफा रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम...

बाढीपहिरोले प्रमुख दश राजमार्ग पूर्ण रूपमा अवरुद्ध

बाढीपहिरोले प्रमुख दश राजमार्ग पूर्ण रूपमा अवरुद्ध
काठमाडौं, २५ असार । बाढीपहिरोका कारण मुलुकका १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभामा कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, मकवानपुरको कान्तिलोक पथ, म्याग्दीस्थित दरवाङ सडक, नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग, डोल्पास्थित भेरी करिडोर, रुकुमपश्चिमको जाजरकोट–डोल्पा–भेरी करिडोर र बझाङस्थित जयपृथ्वी राजमार्ग अवरुद्ध भएका हुन् । यसैबीच, बाढी पहिरोका कारण अवरुद्ध भएका बनेपा–नाला–भक्तपुर, बागलुङक...

प्राधिकरणका निर्देशक शाक्यले सार्वजनिक गरे १०० दिने कार्यप्रगति

प्राधिकरणका निर्देशक शाक्यले सार्वजनिक गरे १०० दिने कार्यप्रगति
काठमाडौं, असार २४ । नेपाल विद्युत प्राधिकरणका निर्देशक हितेन्द्रदेव शाक्यले आफूले प्राधिकरणको नेतृत्व सम्हालेको सय दिनको कार्यप्रगति सार्वजनिक गरेका छन् ।मंगलबार उनले आफ्नो सय दिनको कार्यप्रगति सार्वजनिक गर्दै प्रसारण लाइन तथा सवस्टेशन निर्माणमा क्रमशः १०४ सर्किट किमी र ३६६ एमभीए वृद्धि भई हालसम्म कुल ६ हजार ७ सय ६९ सर्किट किमीको प्रसारण प्रणाली तथा १४ हजार १ सय २९ एमभीए क्षमताको सवस्टेशन निर्माण सम्पन्न भएको जानकारी गराए । उनले भने, ‘प्रसारण लाइन (क्षमता अभिवृद्धि समेत गर...

रसुवा बाढीः ५५ जनाको उद्धार, १८ बेपत्ता

रसुवा बाढीः ५५ जनाको उद्धार, १८ बेपत्ता
काठमाडौं, २४ असार । रसुवाको गोसाइकुण्ड गाउँपालिका–२, रसुवागढीस्थित लेन्दे नदीमा आएको बाढीमा परेका ५५ जनाको उद्धार गरिएको छ । नेपाल प्रहरीका अनुसार, १८ जना सम्पर्कविहीन छन् । तीन प्रहरी, ६ चिनियाँ नागरिक र ९ जना सर्वसाधारण बेपत्ता भएका छन् । रसुवागढीस्थित नेपाल–चीन सीमानाकामा चीनतर्फ अविरल वर्षाको कारण लेन्दे नदीमा बाढी आउँदा उनीहरू बेपत्ता भएका हुन् । त्यस्तै, मंगलबार दिउँसो ३ बजेसम्म सातजनाको शव फेला परेको प्रहरीले जनाएको छ ।  

देशको व्यापार घाटा झण्डै १४ खर्ब पुग्यो

देशको व्यापार घाटा झण्डै १४ खर्ब पुग्यो
काठमाडौं, २४ असार । चालु आर्थिक वर्ष २०८१र८२ को ११ महिनाको अवधिमा मुलुकको कूल व्यापार घाटा झण्डै रु १४ खर्ब बराबर पुगेको हो । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको विवरणअनुसार, कुल वस्तु व्यापार घाटा ६।३ प्रतिशतले वृद्धि भई रु १३ खर्ब ९७ अर्ब २३ करोड बराबर पुगेको छ । कुल वस्तु आयात १३ दशमलव एक प्रतिशतले वृद्धि भई रु १६ खर्ब ४४ अर्ब ८० करोड पुगेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो आयातमा एक दशमलव आठ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अ...

झन जटिल बन्दै राजनीति, प्रधानमन्त्रीले नै स्पेनमा मान्छे छाडेर आएको रास्वपाको आरोप

झन जटिल बन्दै राजनीति, प्रधानमन्त्रीले नै स्पेनमा मान्छे छाडेर आएको रास्वपाको आरोप
काठमाडौं, २४ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ एवं प्रतिनिधिसभा सदस्य सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाँदा सँगै गएका केही मान्छे उतै बसेको बताएकी छन् । आज (मंगलबार) प्रतितिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएकी हुन् । उनले विभिन्न कार्यक्रमको बहानामा नेपालीहरुलाई प्रलोभनमा पारी लैजाने गिरोह पनि सक्रिय रहेको बताईन् । ‘प्रधानमन्त्री स्वयं जानुभएको स्पेनको कार्यक्रममा समेत केही मान्छेहरु कार्यक्रममा सहभागी हुने बहान...

१ करोड ४४ लाख नगदसहित बौद्धबाट चिनियाँ नागरिक पक्राउ

१ करोड ४४ लाख नगदसहित बौद्धबाट चिनियाँ नागरिक पक्राउ
काठमाडौं, २४ असार । १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा वाङ जिएन रहेका छन् । काठमाडौं महानगरपालिका-६ बौद्ध नयाँ बस्तीस्थित एक घरमा कोठा भाडामा लिइ बस्ने व्यक्तिको कोठामा श्रोत नखुलेको नेपाली रकमको आर्थिक कारोबार भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । सो सम्बन्धमा थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।

रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बहिष्कार

रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बहिष्कार
काठमाडौं, २४ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज पनि सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन् । बैठक सुरु हुनेबित्तिकै दुवै पार्टीका सांसदहरुले उठेर विरोध जनाएका थिए । रास्वापकी सांसद सोबिता गौतमले ‘भिजिट भिसा’ प्रकरणमा कैयौँ दिनदेखि आवाज उठाउँदै आए पनि सरकार गम्भीर नभएको बताइन् । उनले उच्चस्तरीय छानबिन समितिको माग गर्दै विरोधस्वरुप आज पनि संसद् बहिष्कार गरेको बताएकी छिन् । “रास्वपा केही समयदेखि भिजिट भिसा...