लचिलो मौद्रिक नीतिः के के कुरामा भयो परिवर्तन ?
काठमाडौं, २७ असार । नेपाल राष्ट्र बैंकले आज नयाँ मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको यो मौद्रिक नीति पहिलो हो । उनी गभर्नर बनेपछि आज आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरेका हुन् । तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले कसेका नीतिलाई पौडेले खुकुलो बताएका छन् ।
घर कर्जाको सीमा वृद्धिदेखि सेयर कर्जा धितोको पनि सीमा वृद्धि गरेको छ । भने, ब्याजदर करिडोरको सीमा पनि नयाँ मौद्रिक नीतिले घटाएको छ । कृषि र साना व्यवसायमा विशेष प...









