राजनीति/समाचार

काठमाडौं भ्यूटावरको निर्माण नरोक्न महानगरपालिकालाई अदालतको आदेश

काठमाडौं भ्यूटावरको निर्माण नरोक्न महानगरपालिकालाई अदालतको आदेश
काठमाडौं, २५ असार । उच्च अदालत पाटनले काठमाडौं भ्यूटावरको निर्माण नरोक्न काठमाडौं महानगरपालिकालाई आदेश दिएको छ । आज न्यायाधीश प्रकाश खरेलको एकल इजलासले पुरानो बसपार्कस्थित जग्गामा निर्माणाधीन काठमाडौं भ्यू टावर निर्माणको काम नरोक्न आदेश दिएको हो । भ्यूटावरको निर्माणको मापदण्डका विषयमा लिएर काठमाडौं महागनरपालिकाका मेयर बालेन साहले निर्माण रोक्न आदेश दिएका थिए । यही विषयमा बालेन र प्रमुख प्रशासकीय अधिकृत सरोज गुराँगाईबीच सुरू भएको लडाईँ अझै टुंगिन सकेको छैन ।

राजनीतिक स्थिरता विना देश बिकास सम्भव छैन

राजनीतिक स्थिरता विना देश बिकास सम्भव छैन
निरबहादुर श्रेष्ठ अब उप्रान्त धर्मनिरपेक्ष राष्ट्र हुनेछ’ भन्ने घोषणा जनताप्रति गद्दारी थियो । किनकि त्यति महत्वपूर्ण विषयमा बृहत् छलफल र जनअभिमतबिनै सभामुखको घोषणा आएको थियो । संसद्को आसनले जनताको अधिकार र सर्वोच्च प्रतिनिधि संस्थाको अवमूल्यन गरी आफ्नो निजी सर्वोच्चता कायम गर्ने गैरसंसदीय अपराध गरेको थियो । त्यसैको निरन्तरतामा अहिले सभामुख प्रतिनिधिसभाको न्यूनतम नैतिक दायित्व स्थापित गर्न खुट्टा कमाइरहेका छन् । संसदीय निजामती विधेयकमा भएको ‘किर्ते’ कार्यको प्रसंगमा । यसको...

प्रतिनिधिसभाको कार्यसूचीबाट हटाइयो भूमि विधेयक

प्रतिनिधिसभाको कार्यसूचीबाट हटाइयो भूमि विधेयक
काठमाडौं, २५ असार । प्रतिनिधिसभा बैठकको आजको कार्यसूचीबाट भूमि विधेयक हटाइएको छ । आज पारित गर्ने भनिए पनि सांसदहरूको विरोधपछि कार्यसूचीबाट हटाइएको हो । सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विधेयकमाथि छलफल नपुगेको भन्दै कार्यसूचीबाट हटाउन माग गरेका थिए । अन्य पार्टीका सांसदहरूले पनि विरोध गरेपछि कार्यसूचीबाटै हटाइएको हो ।

झन जटिल बन्दै राजनीति, प्रधानमन्त्रीले नै स्पेनमा मान्छे छाडेर आएको रास्वपाको आरोप

झन जटिल बन्दै राजनीति, प्रधानमन्त्रीले नै स्पेनमा मान्छे छाडेर आएको रास्वपाको आरोप
काठमाडौं, २४ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ एवं प्रतिनिधिसभा सदस्य सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाँदा सँगै गएका केही मान्छे उतै बसेको बताएकी छन् । आज (मंगलबार) प्रतितिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएकी हुन् । उनले विभिन्न कार्यक्रमको बहानामा नेपालीहरुलाई प्रलोभनमा पारी लैजाने गिरोह पनि सक्रिय रहेको बताईन् । ‘प्रधानमन्त्री स्वयं जानुभएको स्पेनको कार्यक्रममा समेत केही मान्छेहरु कार्यक्रममा सहभागी हुने बहान...

१ करोड ४४ लाख नगदसहित बौद्धबाट चिनियाँ नागरिक पक्राउ

१ करोड ४४ लाख नगदसहित बौद्धबाट चिनियाँ नागरिक पक्राउ
काठमाडौं, २४ असार । १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा वाङ जिएन रहेका छन् । काठमाडौं महानगरपालिका-६ बौद्ध नयाँ बस्तीस्थित एक घरमा कोठा भाडामा लिइ बस्ने व्यक्तिको कोठामा श्रोत नखुलेको नेपाली रकमको आर्थिक कारोबार भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । सो सम्बन्धमा थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।

रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बहिष्कार

रास्वपा र राप्रपाद्वारा आज पनि संसद् बहिष्कार
काठमाडौं, २४ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज पनि सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन् । बैठक सुरु हुनेबित्तिकै दुवै पार्टीका सांसदहरुले उठेर विरोध जनाएका थिए । रास्वापकी सांसद सोबिता गौतमले ‘भिजिट भिसा’ प्रकरणमा कैयौँ दिनदेखि आवाज उठाउँदै आए पनि सरकार गम्भीर नभएको बताइन् । उनले उच्चस्तरीय छानबिन समितिको माग गर्दै विरोधस्वरुप आज पनि संसद् बहिष्कार गरेको बताएकी छिन् । “रास्वपा केही समयदेखि भिजिट भिसा...

‘कुलिङ पिरियड’ मा भएको छेडखानी छानबिन गर्न बनेको समितिको पहिलो बैठक बस्दै

‘कुलिङ पिरियड’ मा भएको छेडखानी छानबिन गर्न बनेको समितिको पहिलो बैठक बस्दै
काठमाडौं, २४ असार । निजामति सेवा विधेयकको कुलिङ पिरियडमा भएको छेडखानी छानविन गर्न बनेको संसदीय विशेष समितिको पहिलो बैठक बस्ने भएको छ । समितिको पहिलो बैठक आज १२ बजेदेखि नयाँ बानेश्वरस्थित संसद् भवनको शंकर हलमा बस्ने बताइएको छ । सो बैठकमा सभामुख देवराज घिमिरेको पनि उपस्थिति रहने बताइएको छ । निजामति सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’ मा ‘बाहेक’ शब्द घुसाएपछि यसबारेमा छानविन गर्नका लागि सभामुख घिमिरेले सात सदस्यीय संसदीय विशेष समिति बनाएका थिए । उक्त विशेष समितिमा नेपाली कांग्रे...

प्रतिनिधिसभा बैठक, चार मन्त्रीले जवाफ दिने

प्रतिनिधिसभा बैठक, चार मन्त्रीले जवाफ दिने
काठमाडौं, २४ असार । प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्दैँछ । बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ । सम्भावित कार्यसुची अनुसार आजको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसहित बाणिज्य तथा आपुर्ति मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय सबन्धी मौखिक प्रश्नहरूको सबन्धित मन्त्रिले जवाफ दिनेछन् । शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री रघजी पन्तले राष्ट्रियसभामा उत्पति भएको तिलगंगा नेत्र विश्वबिधालय बिधेयक...

भगवान राम नेपाली भूमिमा जन्मिएका हुन्, प्रचार गर्न नडराऔं : प्रधानमन्त्री ओली

भगवान राम नेपाली भूमिमा जन्मिएका हुन्, प्रचार गर्न नडराऔं : प्रधानमन्त्री ओली
काठमाडौं,२३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम नेपाली भूमिका जन्मिएको बताएका छन् । एमालेको पर्यटन विभागले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राम नेपालमा जन्मिएको प्रचार गर्न डराउन नहुने बताए । ’राम जन्मिएको भूमि नेपालमै पर्छ । सायद् त्यहाँ थारु गाउँ थियो कि । अहिले पनि त्यो भू–भाग नेपालमै पर्छ । तर, यति प्रचार गर्न हामी सक्दैनौं । हामी भन्न सक्दैनौं । यति आँट गर्न सक्दैनौं । अप्ठ्यारो मान्छौं । को रिसाउँछ जस्तो लाग्छ, अनि हामी के गरी खा...

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार
काठमाडौं, २३ असार । ‘भिजिट भिसा’ प्रकरणमा संसदीय समितिको माग गर्दै प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई प्रतिपक्षी दलले बैठक बहिष्कार गरेका छन् । निर्धारित समयभन्दा एक घण्टा ढिलो गरी सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठक सुरु भएको घोषणा गर्ने बित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदले उठेर विरोध जनाएका थिए । सभामुख घिमिरेले सांसद मनिष झालाई बोल्ने समय दिनुभएको थियो । उनले यो सरकार नढलोस् भनी केही महिनाअघि भन...