राजनीति/समाचार

एमाले केन्द्रीय समिति बैठक सुरू

एमाले केन्द्रीय समिति बैठक सुरू
काठमाडौं, ५ साउन । नेकपा एमालेको केन्द्रिय समिति बैठक सुरू भएको छ । च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा उक्त बैठक सुरू भएको हो । मुख्यतयाः बिधान अधिवेसनको पुर्व तयारी तथा पुर्व राष्ट्रपति बिधादेवी भण्डारी पुनः एमालेको राजनीतिमा फर्कने बिषयमा यो केन्द्रिय समिति बैठकको मुख्य अजेन्डा हुनेछ । यसअघि बसेको सचिवालय बैठकले मुख्यतयाः ७० बर्षे उमेर हद र एक ब्यक्ति २ कार्याकाल भन्दा बढी पदाधिकारीमा बस्न नपाइने भन्ने बिधानको ब्यवस्थालाई खारेज गरेको थियो, जसलाई पोलिटब्युरोलेसम...

रुपन्देही-३ उपनिर्वाचनः असोज २४ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

रुपन्देही-३ उपनिर्वाचनः असोज २४ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
काठमाडौं, ४ साउन । आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका कार्यक्रम निर्वाचन आयोगबाट स्वीकृत भएको छ । आयोगकी प्रवक्ता एवं सहसचिव नीता पोखरेल अर्यालले निर्वाचनका कार्यक्रम स्वीकृत भएको जानकारी गराएकी हुन् । उनका अुनसार, असोज ११ गते बिहान १० बजेबाट निर्वाचन कार्यक्रम सुरु हुनेछ । सो दिन बेलुकी ५ बजेसम्म उम्मेदवारको मनोनय दर्ता हुने कार्यक्रम स्वीकृत भएको आयोगले जनाएको छ । सोही दिन साँझ ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने स्वीकृत कार्यक्रममा उ...

प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने

प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने
काठमाडौं, ४ साउन । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन्। आगामी भदौ ३१ गतेदेखि असोज १ गतेसम्म दुई दिने भ्रमण तय भएको हो । समकक्षी नरेन्द्र मोदीले निम्तो पठाएसँगै प्रधानमन्त्री ओली भारत भ्रमण जान लागेका बताइएको छ । पछिल्लो पटक प्रधानमन्त्री नियुक्त भएपछि प्रधानमन्त्री पहिलो पटक भारत भ्रमणमा जान लागेका हुन् ।

पूर्वाञ्चल विश्वविद्यालयको सभा : एक अर्ब ७० करोड बजेट स्वीकृत

पूर्वाञ्चल विश्वविद्यालयको सभा : एक अर्ब ७० करोड बजेट स्वीकृत
काठमाडौं, ३१ असार । पूर्वाञ्चल विश्वविद्यालयको आज सम्पन्न ४१ औ सभा बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ७० करोड १४ लाख ३० हजारको बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकमा रजिष्ट्रार प्रा डा कल्याणी मिश्रद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ का प्रस्तावित आय–व्यय विवरण स्वीकृत भएको हो । यस्तै उपकुलपति प्रा.डा बिजुुकमार थपलियाद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भए...

राप्रपा सांसद शाहीको व्यंग्यः भ्रष्टाचार गर्न नपाए ओली क्याबिनेटमा जानू, अभिव्यक्तिप्रति एमाले सांसदको आपत्ति

राप्रपा सांसद शाहीको व्यंग्यः भ्रष्टाचार गर्न नपाए ओली क्याबिनेटमा जानू, अभिव्यक्तिप्रति एमाले सांसदको आपत्ति
काठमाडौँ, ३१ असार । राप्रपाका प्रमुख सचतेक ज्ञानबहादुर शाहीले भ्रष्टाचार आरोपी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल पक्राउ गरी छानबिन गर्न माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद शाहीले सार्वजनिक भएको मन्त्रीको अडियो प्रकरणको छानबिनका लागि सम्बन्धित मन्त्रीलाई प्रक्राउ गर्न माग गरेका हुन् । पहिले पहिले एउटा चलन थियो, अहिले पनि छ । ज्ञान नपाए कासी जानू, न्याय नपाए गोरखा जानू, भ्रष्टाचार गर्न नपाए केपी ओली सरकारको क्याबिनेटमा...

रास्वपा र राप्रपाद्वारा आज पनि प्रतिनिधिसभाको बैठक बहिस्कार

रास्वपा र राप्रपाद्वारा आज पनि प्रतिनिधिसभाको बैठक बहिस्कार
काठमाडौं, ३१ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पनि प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनको माग गर्दै रास्वपा र राप्रपाले निरन्तर संसद बैठक बहिष्कार गर्दै आएका हुन् । सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद शिव नेपालीलाई बोल्न दिएका थिए । उनले भिजिट भिसा प्रकरणमा आफूहरूको माग अन...

मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा
काठमाडौं, ३१ असार । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् । घुस डिल गरेको अडिओ सार्वजनिक भएपछि उनले आज प्रधानमन्त्री केपी ओली समक्ष राजीनामा दिएका हुन् । आफूलाई नखाएको विष लागेको उनले दावी गरे । प्रविधिको प्रयोग गरेर आफूलाई सिकार बनाइएको उनको भनाइ छ ।

नेपाली कांग्रेस पनि आफु जस्तै केपी ओलीकै ‘स्वर्ग र नर्क’ को गोलचक्करमा फसेको प्रचण्डको दावी

नेपाली कांग्रेस पनि आफु जस्तै केपी ओलीकै ‘स्वर्ग र नर्क’ को गोलचक्करमा फसेको प्रचण्डको दावी
काठमाडौं, ३० असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश अहिले बहुआयामिक संकटबाट गुज्रिरहेको बताएका छन् । उनले नेपाली कांग्रेस पनि अहिले ‘स्वर्ग र नर्कको पासो र गोलचक्कर’ मा परेको दाबी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलको नेताको हैसियतले सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले भने,‘ हिजो लोकतन्त्रको आन्दोलनलाई बयलगाडा भनिरहँदा या पटक पटक संसद् विघटनका श्रृंखला हेर्दा, प्रतिगमनकारीहरु सलबलाउँदा या...

अप्राकृतिक गठबन्धनको गतिबिधिले लोक नै लजायो: प्रचण्ड

अप्राकृतिक गठबन्धनको गतिबिधिले लोक नै लजायो: प्रचण्ड
काठमाडौं, ३० असार । संसदमा विशेष सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई दलाल र बिचौलियाको स्वार्थमा चलेको बताउँदै अप्राकृतिक गठबन्धनको चरित्र लोकले नै लाज मान्ने गरी उजागर भएको बताएका छन् । अध्यक्ष प्रचण्डले संसदमा भने, “तपाईंहरूले सरकार बनाउने क्रममा जे तर्क दिनुभयो, त्यसपछाडि रहेको निहित स्वार्थ लोकले नै लाज मान्ने गरी उजागर भइसकेको छ।” उनका अनुसार अर्बौंको चलखेल...

स्पेन भ्रमणमा गएकाहरूको बारेमा छानबिन गर्न आईजीपीलाई गृहमन्त्रीको निर्देशन

स्पेन भ्रमणमा गएकाहरूको बारेमा छानबिन गर्न आईजीपीलाई गृहमन्त्रीको निर्देशन
काठमाडौं, ३० असार । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेक गएको भन्ने विषयमा निष्पक्ष छानविन गर्न निर्देशन दिएका छन् । मन्त्री लेखकले सोमबार बिहान स्पेन भ्रमणबारे छानबिन गर्न गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई निर्देशन दिएका हुन् । प्रधानमन्त्री ज्यूको प्रतिनिधि मण्डल बाहेक स्पेन को को गए ? कुन विधिप्रक्रिया र कुन संस्थामार्फत् स्पेन भ्रमण गए भन्ने विषय छानविन गर्न निर्देश गरेको छु ,...