मुख्य समाचार

यो साताभर राताम्मे सेयर बजार

यो साताभर राताम्मे सेयर बजार
काठमाडौं । यो साताभर सेयर बजार राताम्मे भएको छ । साताको पहिलो कारोबार दिन आइतबारदेखि ओरालो लागेको सेयर बजार साताको अन्तिम दिन बिहीबारसम्म घट्ने क्रम कायमै रह्यो । आज नेप्से परिसूचक १२.२८ अंकले घटेर २६६९.७६ विन्दुमा अडिएको छ । आइतबार नेप्से परिसूचक २१.६४ अंकले घटेकोमा सोमबार १०.१४, मंगलबार ७.६६ र बुधबार १४.८८ अंकले घटेको थियो । नेप्से परिसूचक घटेसँगै कारोबार रकम पनि साताभर ओरालो लाग्यो। आज ३१२ स्क्रिप्सको ९५ लाख ९९ हजार ३४३ कित्ता सेयर ४ अर्ब ५६ करोड १३ लाख ११ हजार २८२ रुपै...

गिरिजाबाबुको १५ औँ स्मृति दिवस

गिरिजाबाबुको १५ औँ स्मृति दिवस
काठमाडौँ । नेपालमा माओवादी सशस्त्र द्वन्द्वको अन्त्य गरी शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गरेका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको १५ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । सो अवसरमा राजधानीमा ‘गिरिजाप्रसाद र लोकतन्त्र’ विषयक विचार गोष्ठीकोसमेत आयोजना गरिएको छ । सो गोष्ठीमा सहभागी नेताहरुले गिरिजाप्रसाद कोइरालाको योगदानको प्रशंसा गरेका थिए । कोइराला सहमति, सहकार्य र एकताका लागि ज...

यी हुन् दर्शकले बढी प्रतिक्षा गरेका ७ बलिउड फिल्म

यी हुन् दर्शकले बढी प्रतिक्षा गरेका ७ बलिउड फिल्म
काठमाडौं । आज हामी तपाईंलाई बलिउडका ती ७ बहुप्रतिक्षित चलचित्रको बारेमा बताउन गइरहेका छौँ, जसको लागि दर्शकले लामो समयदेखि प्रतिक्षा गरिरहेका छन् । यो पनि जानकारी लिनुहोस् कि यी फिल्मका लागि निर्माताहरूले करिब १००० करोड रुपैयाँ खर्च गरिसकेका छन् र यो पनि आशा गरिएको छ कि निर्माताहरूले यी फिल्महरूबाट ठूलो नाफा कमाउने पनि छन् । जानौँ, ती ७ फिल्मका बारेमा । सिकन्दरः सलमान खानको यो फिल्म एक्शनले भरिपूर्ण छ, जसलाई एआर मुरुगादासले लेखेका हुन् । साजिद नाडियाडवालाले निर्माण गरेका हु...

पाँच सय युवालाई यो वर्ष स्टार्टअप ऋण सहायता दिइने प्रधानमन्त्रीको भनाइ

पाँच सय युवालाई यो वर्ष स्टार्टअप ऋण सहायता दिइने प्रधानमन्त्रीको भनाइ
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई उद्यमशील बनाउन स्टार्टअप ऋण सहायता दिई यस वर्ष कम्तीमा पाँच सय उद्यमीलाई कर्जा प्रवाह गरिने बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले सिर्जनशीलता तथा नवप्रवर्तनलाई प्रोत्साहन गरी स्टार्टअपमा आधारित उद्यमशीलता विकासमा लगानीकर्ताहरूलाई आकर्षित गर्न सहुलियत व्याजदरमा कर्जा प्रवाह गर्ने कार्यक्रममा इच्छुक प्रस्तावकहरूबाट छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन...

प्रधानमन्त्री ओली भन्छन् – ईपीजी प्रतिवेदन नेपाल एक्लैले बुझ्न मिल्दैन

प्रधानमन्त्री ओली भन्छन् – ईपीजी प्रतिवेदन नेपाल एक्लैले बुझ्न मिल्दैन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले मात्रै एकतर्फी ईपीजी प्रतिवेदन बुझ्‌न नमिल्ने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिदैँ उनले पहिला भारतले बुझेपछि मात्रै नेपालले बुझ्ने भनी प्रबुद्ध वर्गले प्रतिवेदनमा उल्लेख गरेकाले नेपालले पहिले नबुझ्ने बताएका हुन् । ‘ईपीजीको प्रतिवदनमा नै पहिला भारतले बुझ्ने, त्यसपछि नेपालले बुझ्ने भनेर उल्लेख गरिएकाले पहिला नेपालले बुझ्न मिल्दैन’, उनले भने, ‘त्यसमाथि कुटनीति जस्तो संवेदनशील विषयमा दुवै दे...

उज्यालो नेपाल जारी राख्न दिनरात खट्दै कुलमान, ‘लोडसेडिङ’को त्रास फैलाउँदै ऊर्जामन्त्री

उज्यालो नेपाल जारी राख्न दिनरात खट्दै कुलमान, ‘लोडसेडिङ’को त्रास फैलाउँदै ऊर्जामन्त्री
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाउन लागिपरेका ऊर्जामन्त्री दीपक खड्काले सदनमार्फत लोडसेडिङको त्रास फैलाएका छन् । बुधबार राष्ट्रिय सभाका सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै ऊर्जामन्त्री खड्काले छिट्टै लोडसेडिङ हुने घोषणा गर्दै जनतामा त्रास फैलाएका हुन् । भारत र निजी क्षेत्रका कारण लोडसेडिङ हट्दा जनताले घिसिङलाई उज्यालोको नायकको उपाधि दिएको भन्दै उनले असन्तुष्टि पोखे । मन्त्री खड्काले भने, ‘अहिले साँझमा घरमै पनि लोडसेडिङ हुने अवस्था छ ...

मालपोतका कर्मचारीलाई सफाइ दिने फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

मालपोतका कर्मचारीलाई सफाइ दिने फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा
काठमाण्डौं । वीरगञ्ज महानगरपालिका–३१ को सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउने कार्यमा सक्रिय मालपोतका कर्मचारीहरूलाई सफाइ दिने फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको छ । साविकको बेल्वा गाविस वडा नं ८ कित्ता नं २७० को १ आना ५ दाम युवा स्पोर्टस क्लबको नाउँमा रहेको जग्गा शेषसफि अहमदको नाममा जग्गाधनी दर्ता स्रेस्ता कायम गरिएको थियो । सो कार्यमा प्रतिवादी बनाइएका भूमिसुधार तथा मालपोत कार्यालय पर्साका कार्यालय प्रमुख कमोद तिवारीसहि...

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट नहटाए बहिष्कार गर्ने प्रभु साहको चेतावनी

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट नहटाए बहिष्कार गर्ने प्रभु साहको चेतावनी
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम प्रतिनिधिसभाको कार्यसूचीबाट हटाउन आग्रह गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको कार्यसूचीमा ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम राखिएको छ । तर, यसअघिकै प्रश्नोत्तर कार्यक्रममा आफूले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्रीबाट नआएको भन्दै सांसद साहले यसलाई औचित्यहीन भएको जिकिर गरेका छन् । प्रधानमन्त्रीबाट जवाफ नआउनुले सिंगो संसद्, सभामुखको गरिमामा समेत प्रश्न उठेको उनको भनाइ थियो...

सांसद परियारले उठाए महायज्ञको नाममा दलित परिवारको उठिबास गराएको विषय

सांसद परियारले उठाए महायज्ञको नाममा दलित परिवारको उठिबास गराएको विषय
काठमाडौं । सिरहाको औरही गाउँपालिकामा आगामी १७ चैतदेखि आयोजना गर्न लागिएको श्री १०८ विष्णु महायज्ञ स्थलमा रहेको दीपक मरिक (डोम)को घर भत्काएर हटाइएको विषय यतिबेला संसदमा पनि उठेको छ । आज बसेको प्रतिनिधि सभाको बैठकको सुरुमा बोल्दै नेपाली कांग्रेसका सांसद जीवन परियारले दलित परिवारको उठिवास लगाउने कुरा सह्य नभएको भन्दै न्यायको लागि जोडदार माग गरेका हुन् । ‘ती डोम परिवारको जसरी उठिवास गराइएको छ । यसको म घोर भत्र्र्सना गर्न चाहन्छु । ती पीडित परिवारलाई न्याय दिनका लागि सरकारसँ...

प्रतिनिधिसभा बैठक : सांसदले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओली

प्रतिनिधिसभा बैठक : सांसदले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओली
काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले “आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस“ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । उक्त विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ ...