महायज्ञको नाममा दलित परिवारको घर भत्काइयो
जनकपुरधाम । सिरहाको औरही गाउँपालिका–५ मा हुन लागेको महायज्ञका लागि स्थानीय एक डोम परिवारको घर भत्काइएको छ । दलित भन्दै त्यहाँको माटो समेत खनेर फ्याँकिएको पीडित परिवारको भनाइ छ । यही चैत १७ गतेबाट सुरु गर्न लागिएको विष्णु महायज्ञका लागि स्थानीय दीपक मरिक (डोम) को घर भत्काइएको हो । पीडित परिवार अहिले त्यहाँबाट विस्थापित भएको छ ।
दीपककी श्रीमती अनिता मरिक (डोम)ले महायज्ञ स्थलमा दलित परिवार बस्न नहुने भन्दै आफूहरुको घर भत्काइएको बताइन् । ‘यज्ञमा आउन लागेका बजरंगी बाबाको आदेशपछ...









