अर्थ

कायममुकायम गभर्नरको जिम्मेवारी निलमलाई

कायममुकायम गभर्नरको जिम्मेवारी निलमलाई
काठमाडौं । वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकिएको छ । अर्थमन्त्रालयले निलमलाई आज जिम्मेवारी तोकेको हो । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निलमलाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको मन्त्रालयले जनाएको छ । गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै अहिले गभर्नर पद रिक्त छ ।

वैरो संघको निर्वाचन : यस्तो छ गुरुङ र गेलालको प्यानल

वैरो संघको निर्वाचन : यस्तो छ गुरुङ र गेलालको प्यानल
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको यही चैत २९ गते हुने निर्वाचनका लागि ३६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । २१ सदस्यीय कार्यसमितिमा अध्यक्षसहित ७ पदाधिकारी र १० सदस्य गरी १७ पदका लागि निर्वाचन हुनेछ । संघमा यसपटक दुई प्यानल सार्वजनिक भएका छन् भने केहीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । संघको नेतृत्वका लागि नरेश गेलाल र भुवनसिंह गुरुङले प्यानलसहित उम्मेदवारी दिएका छन् । नरेश गेलाल नेतृत्वको प्यानल प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लोक...

आजदेखि ‘फायर सेफ्टी एन्ड इलेक्ट्रोनिक सेक्युरिटी’अन्तर्राष्ट्रिय सम्मेलन हुने, परराष्ट्रमन्त्री राणाले उद्धघाटन गर्ने

आजदेखि ‘फायर सेफ्टी एन्ड इलेक्ट्रोनिक सेक्युरिटी’अन्तर्राष्ट्रिय सम्मेलन हुने, परराष्ट्रमन्त्री राणाले उद्धघाटन गर्ने
काठमाडौँ । आगलागी जोखिम न्यूनीकरण र विद्युतीय सुरक्षासम्बन्धी नवीनतम प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको फायर सेफ्टी एन्ड इलेक्ट्रोनिक सेक्युरिटी इन्टरनेशनल कन्फरेन्स २०२५ आजदेखि काठमाडौँमा सुरु हुँदैछ । एशिया प्यासिफिक सेक्युरिटी एसोसिएसन आप्सा नेपालद्वारा आयोजित यो अन्तर्राष्ट्रिय सम्मेलन दरबारमार्गस्थित होटल याक एण्ड यतिमा आज र भोलि दुई दिनसम्म सञ्चालन हुनेछ । सम्मेलनको उद्घाटन आज परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गर्ने कार्यक्रम तय गरिएको छ । सम्मे...

पाँचवर्षे कार्यकालका उपलब्धिहरु सुनाएर बिदा भए गभर्नर अधिकारी

पाँचवर्षे कार्यकालका उपलब्धिहरु सुनाएर बिदा भए गभर्नर अधिकारी
काठमाडौं । पाँचवर्षे कार्यकाल पूरा गरेर नेपाल राष्ट्र बैंकबाट गभर्नर महाप्रसाद अधिकारी बिदा भएका छन् । अधिकारीले शुक्रबार पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकालमा भएका उपलब्धि र सामना गरेका चुनौतीहरु सुनाएका छन् । २०७६ साल चैत २५ गतेबाट गभर्नरको कार्यभार सम्हालेका अधिकारीले केन्द्रीय बैंकको स्वायत्ततामा ठाडो हस्तक्षेप भएको गुनासो सुनाए । पाँचवर्षे कार्यकाल चुनौतीपूर्ण भए पनि सफल भएको उनको निष्कर्ष थियो । स्वायत्ततालाई जोगाउन सहयोगमा अधिकारीले सर्वोच्च अदालत, न्यायाधीश, अधिवक...

पत्रकार सम्मेलन गर्दै कुलमानले भने– एउटा मन्त्रीको गलत मानसिकताले क्षणभरमै संस्था बिग्रन्छ

पत्रकार सम्मेलन गर्दै कुलमानले भने– एउटा मन्त्रीको गलत मानसिकताले क्षणभरमै संस्था बिग्रन्छ
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङले प्राधिकरणले पाएको यी सफलताहरू आफ्नो एक्लो प्रयासले मात्र सम्भव नभएका बताएका छन् । बर्खास्तीमा परेपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले यो समग्र सफलता प्राधिकरण परिवारको कठिन परिश्रम, नेपाल सरकार र विभिन्न सम्बद्ध निकायहरूको साथ र सहयोग तथा समस्त नेपाली जनताको विश्वास र धैर्यताको साझा परिणाम रहेको बताएका हुन् । उनले भने, ‘राष्ट्र निर्माणमा जहाँ आवश्यकता पर्छ त्यहाँ योगदान दिन तयार छु । म...

प्रगतिशील, एकीकृत र एसोसिएसनका असन्तुष्ट पक्षबीच तालमेल, नरेश गेलालको नेतृत्वमा प्यानल घोषणा

प्रगतिशील, एकीकृत र एसोसिएसनका असन्तुष्ट पक्षबीच तालमेल, नरेश गेलालको नेतृत्वमा प्यानल घोषणा
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी २९ चैतमा हुने निर्वाचनका लागि प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका सदस्यहरुको असन्तुष्ट पक्ष र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनबीच तालमेलमा संयुक्त व्यवसायी समूह बनेको छ । सो समूहको अध्यक्षमा संघका पूर्वमहासचिव तथा मञ्चका पूर्वअध्यक्ष एचआर इन्टरनेसनल सर्भिस प्र. लि.का संचालक नरेश गेलाल छन् । सो समूहले बुधबार पदाधिकारी र सदस्यसहित १७ सदस्यीय प्यानल सार्वजन...

अब सहकारीले पनि बैंकसरह शतप्रतिशतसम्म कर्जा नोक्सानी व्यवस्थापन गर्नुपर्ने

अब सहकारीले पनि बैंकसरह शतप्रतिशतसम्म कर्जा नोक्सानी व्यवस्थापन गर्नुपर्ने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहकारी व्यवस्थापनका लागि बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाका लागि निर्देशन तथा मापदण्ड, २०८१ जारी गर्दै बैंकहरूकै जस्तो नियम कार्यान्वयनमा ल्याएको हो। यस्तै सहकारीले अब जोखिम भारित सम्पत्तिको न्यूनतम प्राथमिक पुँजी अनुपात कायम गर्नुपर्ने व्यवस्था गरेको छ। निर्देशनले २५ करोडमाथिको कारोबार गर्ने सहकारीले न्यूनतम प्राथमिक पुँजी अनुपातको अतिरिक्त पुरक पुँजी समेत मापन गरी कुल जोखिम भारित सम्पत्तिको न्यूनतम ८ प्रतिशत पुँजी कोष अनुपात कायम गर्...

सञ्चय कोषद्वारा पाँच अर्ब ३४ करोड मुनाफा वितरण

सञ्चय कोषद्वारा पाँच अर्ब ३४ करोड मुनाफा वितरण
काठमाडौं । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्षमा आर्जन गरेको कुल मुनाफाबाट सञ्चयकर्ता तथा योगदानकर्तालाई करिब पाँच अर्ब ३४ करोड रुपैयाँ मुनाफा वितरण गरेको छ । सञ्चयकर्ताको खातामा करिब पाँच अर्ब २७ करोड रुपैयाँ र योगदानमा आधारित निवृत्तभरण कोषका योगदानकर्ताको खातामा करिब छ करोड ४३ लाख रुपैयाँ मुनाफा जम्मा गरिएको कोषले जनाएको छ । कोष सञ्चालक समितिको यही चैत १७ गतेको बैठकले आव २०८०र८१ को वित्तीय विवरण स्वीकृत गर्दै सञ्चयकर्ता तथा योगदानकर्ताहरूको व्यक्तिगत खातामा रहेको सुरु म...

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४० पैसा र बिक्रीदर १३७ रुपैयाँ कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५० रुपैयाँ ८२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १८० रुपैयाँ २४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५८ रुपैयाँ १३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ८२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको ...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ५० पैसा र बिक्रीदर १३७ रूपैयाँ १० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४७ रूपैयाँ ४१ पैसा र बिक्रीदर १४८ रूपैयाँ ०५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७६ रूपैयाँ ६६ पैसा र बिक्रीदर १७७ रूपैयाँ ४३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रूपैयाँ ४२ पैसा र बिक्रीदर १५५ रूपैयाँ १० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर...