flash news

खोला किनारमा ४० मिटर छाड्नुपर्ने मापदण्डविरुद्ध प्रदर्शन

खोला किनारमा ४० मिटर छाड्नुपर्ने मापदण्डविरुद्ध प्रदर्शन
काठमाडौं । खोला किनारको ४० मिटर वारपार संरचना बनाउन नपाउने मापदण्डविरूद्व प्रदर्शन भएको छ । आज काठमाडौँको माइतीघर मण्डलामा प्रभावितले प्रदर्शन गरेका हुन् । मापदण्ड खारेज गर्न उनीहरूले माग राखेका हुन् ।

माथिल्लो कर्णालीबाट ५०० मेगावाट विद्युत किन्ने सम्झौता बंगलादेश द्वारा खारेज

माथिल्लो कर्णालीबाट ५०० मेगावाट विद्युत किन्ने सम्झौता बंगलादेश द्वारा खारेज
काठमाडौं । बंगलादेश सरकारले नेपालको ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् परियोजनाबाट ५०० मेगावाट विद्युत किन्ने सम्झौता खारेज गरेको छ । बंगलादेश सरकारले विशेष अधिकार ऐन स्पेसल पावर एक्ट अन्तर्गतका सबै सम्झौताहरू निलम्बन गर्ने निर्णय गरेसँगै यस परियोजनाबाट विद्युत् किन्न भएको प्रारम्भिक विद्युत् आपूर्ति सम्झौता पीएसएको आशयपत्र बंगलादेशको विद्युत् विकास बोर्ड बीपीडीबी ले खारेज गरेको बंगलादेशको स्थानिय पत्रिका द डेली अब्जर्भरले उल्लेख गरेको छ । भारतीय कम्पनी जी...

एसइईको परीक्षाफल एक साताभित्र सार्वजनिक गर्ने तयारी

एसइईको परीक्षाफल एक साताभित्र सार्वजनिक गर्ने तयारी
भक्तपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक डा गणेशप्रसाद भट्टराईले एसइई परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीका साथ तीव्र गतिमा काम भइरहेको बताए । उत्तरपुस्तिका परीक्षण र सम्परीक्षणको काम सकेर प्राप्ताङ्क इन्ट्री गर्ने काम भइरहेको बताउँदै उनले भने, “हामीले असारको तेस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने गरी डे...

आजको मौसम : यी चार प्रदेशमा धेरै भारी वर्षा, तराईमा हावाहुरी

आजको मौसम : यी चार प्रदेशमा धेरै भारी वर्षा, तराईमा हावाहुरी
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । हाल गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही मधेश प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा केही स्थानमा तथा बाँकी भू–भागका थो...

प्रधानमन्त्री ओली स्पेनको औपचारिक भ्रमणमा जाँदै

प्रधानमन्त्री ओली स्पेनको औपचारिक भ्रमणमा जाँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी शनिबार त्यसतर्फ जाँदैछन् । उनले स्पेनको औपचारिक भ्रमणका क्रममा त्यहाँ यही असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा भाग लिनेछन् । प्रधानमन्त्रीको औपचारिक भ्रमणको सम्पूर्ण तयारी पूरा भएको र स्वागतका लागि स्पेनस्थित नेपाली समुदाय आतुर र उत्साहित रहेको स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले जानका...

विन्दा पाण्डे र उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा

विन्दा पाण्डे र उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा
काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गरेको छ । बुधबार बसेको सचिवालय बैठकले निलम्बन फुकुवा गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए । पार्टी कार्यालय बनाउन भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसँग जग्गा दान लिएको विषयमा फरक मत राखेपछि उनीहरुलाई गत पुस १० गते बसेको बैठकले ६ महिनाका लागि निलम्बन गरेको थियो ।

पतञ्जलीको जग्गा हिनामिना प्रकरणः विशेष अदालतमा माधव नेपालको बयान जारी,आजै थुनछेक बहस

पतञ्जलीको जग्गा हिनामिना प्रकरणः विशेष अदालतमा माधव नेपालको बयान जारी,आजै थुनछेक बहस
काठमाडौं । विशेष अदालतमा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालको बयान सुरू भएको छ। विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा नेपालको बयान जारी छ । बयान सकिएपछि आजै थुनछेक बहस सुरू हुने अदालत स्रोतले जनाएको छ। थुनछेक बहस पछि पुर्पक्षका लागि नेपाललाई कारागार पठाउने कि बाहिरबाटै मुद्दा लड्न पाउने आदेश हुनेछ । बयानका लागि आफ्ना पक्षका कानुन व्यवसायी लिएर नेपाल बुधबार बिहान ११ बजे विशेष अदालत पुगेका थिए। उनका पक्षमा कानु...

माधव नेपाल विशेष अदालतमा उपस्थित

माधव नेपाल विशेष अदालतमा उपस्थित
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विशेष अदालतमा उपस्थित भएका छन् । पतञ्जली जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा बयानका लागि उनी अदालतमा हाजिर भएका हुन् । नेपालमाथि पतञ्जली आयुर्वेदका लागि जग्गा खरिद गर्न गैरकानुनीरूपमा हदबन्दी छुट दिएको र छुट पाएको जग्गा पनि व्यापारिक प्रयोजनमा बेचबिखन गर्न अनुमति दिएको आरोप छ । नेपाल प्रधानमन्त्री छँदा उनको मन्त्रिपरिषद्ले हदबन्दी छुटमा...

शौचालयको सेप्टिक ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु

शौचालयको सेप्टिक ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–१० मा सेप्टिक ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु भएको छ । निबुवाटोलका गरिमा साहका छोरा एक वर्षीय रञ्जे साह र जगदीश साहकी छोरी एक वर्षीया खुश्बु साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीका अनुसार उनीहरू खेल्ने क्रममा मंगलबार साँझ स्थानीय हृदय पासवानको शौचालयको सेप्टिक ट्यांकीमा खसेका थिए । उनीहरूलाई उपचारका लागि चन्द्रनिगाहपुरस्थित सरकारी अस्पताल लगिएको थियो । तर चिकित्सकले सवा ८ बजेतिर मृत घोषणा गरेको प्...

मौलापुरमा शुन्य कर, कर नलिने नेपालकै पहिलो नगरपालिका

मौलापुरमा शुन्य कर, कर नलिने नेपालकै पहिलो नगरपालिका
रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारको गलत नीतिको कारण देशको सम्पूर्ण क्षेत्रको आर्थिक अवस्था धारासाहि भएर युवाहरु बिदेसिन बाध्य भएको बताएका छन्। गृह नगर रौतहटको मौलापुर नगरपालिकाको नगर सभा एवं ९औँ बजेट अधिवेशनको आज मंगलबार उदघाटन गर्दै प्रमुख अतिथि साहले त्यस्तो आरोप लगाएका हुन् । अध्यक्ष साहले मौलापुरको शून्य कर नीतिबाट सरकारले सिक्नु पर्ने उल्लेख गरेका थिए। उनले  साह उद्योग व्यापार धारासाही भएको अवस्थामा मौलापुर नगरपालिकाले लेखेको उत्...