flash news

आजको मौसम: आज देशैभरी भारी वर्षा हुने

आजको मौसम: आज देशैभरी भारी वर्षा हुने
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेकोछ । दिउँसो भने देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। देशको पहाडी भू-भागको थेरै स्थानहरूमा तथा बाँकी भू-भागको केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्य...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ११ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ४८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ २९ पैसा र बिक्रीदर १८६ रुपैयाँ नौ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपैयाँ १९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डल...

छ वटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

छ वटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । संघीय संसद्अन्तर्गत आज छ वटा समितिको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाका तीन र राष्ट्रिय सभाका तीन वटा समितिको बैठक बस्न लागेको हो । प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिको बैठक बिहान ११ बजे बोलाइएको छ । बैठकमा आर्थिक विधेयकमार्फत आयुर्वेदिक औषधिमा प्रस्तावित मूल्य अभिवृद्धि करका सम्बन्धमा नेपाल आयुर्वेद औषधि उत्पादक संघले दिएको निवेदनमाथि छलफल गर्ने कार्यसूची छ । औषधि व्यवसायीले प्रस्तावित मूल्यको विरोध जनाउँदै आएका छन् । प्रतिनिधि सभाकै राज्य व्...

कतारको भूमिकामा इजरायल–इरान युद्धविराम

कतारको भूमिकामा इजरायल–इरान युद्धविराम
काठमाडौं । इजरायल र इरानबीचको युद्धको १२औं दिन मंगलबार युद्धविराम भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धविराम घोषणापछि इजरायल र इरान दुवैले यसलाई स्वीकार गरेको पुष्टि गरेका हुन् । मिडिया रिपोर्टका अनुसार खाडी मुलुक कतारले दुई देशबीच युद्धविराम गराउन महत्वपूर्ण भूमिका खेलेको हो । कतारको मध्यस्थतामा मात्र दुवै देशले आक्रमण रोक्न सहमति जनाए । यसैबीच, युद्धविरामपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशंसा गरेका छन् । ने...

नेपालमा ११.६ प्रतिशत मात्रै बेरोजगार, अझै घटाउन सरकार प्रयत्नशिल छ: श्रम मन्त्री

नेपालमा ११.६ प्रतिशत मात्रै बेरोजगार, अझै घटाउन सरकार प्रयत्नशिल छ: श्रम मन्त्री
काठमाडौं ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोजगारीका लागि गएका नेपाली श्रमिकलाई गन्तव्य मुलुकले न्यूनतम मानवअधिकार सुनिश्चितता गर्नु पर्ने बताएका छन । मंगलवार प्रतिनिधिसभामा विनियोजन विधेयक २०८२ माथि उठेका प्रश्नको उत्तर दिदैं मन्त्री भण्डारीले नेपाली श्रमिकको न्यून्तम मानवअधिकार सुनिश्चितता नेपालको शर्त नभई अडान भएको बताएका हुन । `गन्तव्य मुलुकको विकासको लागि रगत पसिना बगाउने नेपाली श्रमिकलाई विकासको सारथीको रुपमा सम्मानको रुपमा हेरिनु पर्दछ – ...

गृहमन्त्रीले बनाएको छानबिन समिति स्वीकार नगर्ने भन्दै रास्वपा र राप्रपाले गरे संसद बहिष्कार

गृहमन्त्रीले बनाएको छानबिन समिति स्वीकार नगर्ने भन्दै रास्वपा र राप्रपाले गरे संसद बहिष्कार
काठमाडौं । सरकारले अध्यागमन र भिजिट भिसा प्रकरणमा छानबिन गर्न गठन गरेको समितिलाई अमान्य घोषणा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले सदन बहिष्कार गरेका छन् । दुइटै पार्टीले गृहमन्त्रीकै प्रस्तावमा गठन भएको यो समितिले निष्पक्ष छानबिन गर्न नसक्ने बताए । संसद बैठक सुरु भएपछि गृहमन्त्री लेखकले छानबिन समिति गठनबारे जानकारी गराएका थिए । सोपश्चात रास्वपाका डा। स्वर्णिम वाग्ले र राप्रपाका ज्ञानेन्द्र शाहीले बोल्दै असहमति जाहेर गरे । यो समिति गृहमन्त्रीलाई चोख्याउन बनाइ...

इरान र इजरायलबीच युद्धविरामका बीच आक्रमण जारी

इरान र इजरायलबीच युद्धविरामका बीच आक्रमण जारी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार साँझ इरान र इजरायलबीच युद्धविरामको घोषणा गरेका थिए । इरानको सरकारी मिडियाले पनि युद्धविराम सम्झौताको पुष्टि गरेको छ । तर, इजरायलबाट हालसम्म कुनै आधिकारिक टिप्पणी आएको छैन । त्यसैले कुन समयबाट युद्धविराम लागु हुन्छ भन्ने स्पष्ट छैन । इरान र इजरायलबीच युद्धविरामको घोषणा भए पनि दुवै देशबीच आक्रमणहरू जारी रहेको सीएनएनले उल्लेख गरेको छ । इजरायलले मंगलबार बिहान इरानबाट धेरै मिसाइलहरू प्रहार भएको पहिचान गरेको बताएको छ । जसमध्य...

सरकारले बनाएको छानबिन समिति रास्वपालाई अस्वीकार्य, संसद अवरोधबाट पछि नहट्ने

सरकारले बनाएको छानबिन समिति रास्वपालाई अस्वीकार्य, संसद अवरोधबाट पछि नहट्ने
काठमाडौं। भिजिट भिसाको विषयमा छानबिन गर्न हिजो मन्त्रिपरिषदले गठन गरेको छानबिन समितिलाई संसदमा आन्दोलनरत दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वीकार नगर्ने भएको छ । आजको संसद बैठकमा पार्टीको अडान परिवर्तन नहुने पार्टीका प्रवक्ता मनिष झाले बताए । छानबिन समिति गठन र गृहमन्त्रीको राजीनामा माग गर्दै रास्वपाले संसद बैठकमा वेल घेराउ तथा बहिष्कार गर्दै आएको छ । यद्यपि, रास्वपाको अवरोधकै बीच पनि सभामुख देवराज घिमिरेले बैठकलाई निरन्तरता दिइरहेका छन् । आज संसद बैठकबाट बजेट पा...

भिजिट भिसा प्रकरणः बैरागीको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन

भिजिट भिसा प्रकरणः बैरागीको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन
काठमाडौं । सरकारले भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिमा गृह, पर्यटन, श्रम र परराष्ट्र मन्त्रालयका सहसचिव सदस्य रहनेछन्। समितिलाई छानबिन गरी प्रतिवेदन पेस गर्न तीन महिनाको समय तोकिएको छ। यो समितिले भिजिट भिसाका नाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा भएका अनियमितताबार...

इरानद्वारा ट्रम्पको युद्धविराम घोषणा अस्वीकारः इजरायलमा क्षेप्यास्त्र प्रहार, ३ जनाको मृत्यु

इरानद्वारा ट्रम्पको युद्धविराम घोषणा अस्वीकारः इजरायलमा क्षेप्यास्त्र प्रहार, ३ जनाको मृत्यु
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच युद्धविराम घोषणा गरेको करिब ५ घण्टापछि इरानले इजरायलमा ८ वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । टाइम्स अफ इजरायलको रिपोर्ट अनुसार दक्षिणी शहर बेर्शेबाको एक भवनमा मिसाइल प्रहार भएको थियो । यसमा ३ जनाको मृत्यु भएको र धेरै घाइते भएको बताइएको छ । यसअघि इरानी विदेशमन्त्री अब्बास अराघचीले ट्रम्पले घोषणा गरेको युद्धविरामलाई अस्वीकार गरेका थिए । इरानी विदेशमन्त्री अब्बासले इजरायलसँग अहिलेसम्म कुनै अन्तिम...