flash news

वालुवाटारमा सत्तारूढ दलको बैठक जारी

वालुवाटारमा सत्तारूढ दलको बैठक जारी
काठमाडौं । सत्तारूढ दलहरूको संयुक्त बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा सत्तारूढ दलको संयुक्त बैठक बसेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनमत पार्टीका अध्यक्ष सिके राउत, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष अशाेक राइ, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलगायत उपस्थित रहेका छन् । बिनियोजन बिधेयक पारित गर्नु अघि प्रधानमन्त्री निवासमा सो बैठक ब...

नाइटोमा तेल हाल्दा हुनेछ पेट सफा, महिनावारी समस्या चट

नाइटोमा तेल हाल्दा हुनेछ पेट सफा, महिनावारी समस्या चट
काठमाडौं। आजको व्यस्त जीवन, खानपानको खराब बानी र तनावका कारण पेटसम्बन्धी समस्या सामान्य बन्दै गएको छ । त्यसमध्ये पनि पेट सफा नहुँदा मानिसहरु समस्यामा परेका छन् । यो समस्या समय संगै कब्जियतको कारण बन्छ । कब्जियतका कारण मानिसलाई पेट दुख्ने, भारी हुने वा पेट दुख्ने मात्र होइन, यसले व्यक्तिलाई चिडचिडा र बिरामी पनि महसुस गराउँछ। अर्थात् पेट राम्ररी सफा गरिएन भने यसको असर सम्पूर्ण स्वास्थ्यमा देखिन्छ । यदि तपाइँ पनि प्रायः यस्तै समस्याहरू सामना गरिरहनु भएको छ भने यो लेख तपाइँ...

आजको मौसमः कर्णाली र मधेसबाहेक अन्य प्रदेशमा पानी पर्ने

आजको मौसमः कर्णाली र मधेसबाहेक अन्य प्रदेशमा पानी पर्ने
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेकोछ । दिउँसो भने देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। देशको पहाडी भू-भागको थेरै स्थानहरूमा तथा बाँकी भू-भागको केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्य...

प्रतिनिधिसभा बैठक बस्दै, बिनियोजन बिधेयक पारित गरिने

प्रतिनिधिसभा बैठक बस्दै, बिनियोजन बिधेयक पारित गरिने
काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ। आजको बैठकबाट विनियोजन विधेयक, २०८२ पारित गरिने भएको छ। जसअनुसार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । बैठकमा अर्थमन्त्री पौडेलले ‘आर्थिक विधेयक, २०८२ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने तालिका रहेको...

राप्रपासँग रास्वपाले पनि गर्‍यो आज सदन बहिस्कार

राप्रपासँग रास्वपाले पनि गर्‍यो आज सदन बहिस्कार
काठमाडौं । रास्वपा र राप्रपाका सांसदहरूले आज पनि प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन्। भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै आएका रास्वपा र राप्रपाका सांसदहरूले बैठक बहिस्कार गरेका हुन्। बैठक सुरुआत हुनासाथ दुवै पार्टीका सांसदहरूले उठेर अवरोध जनाए पनि सभामुखले कार्यसूची अघि बढाएपछि बैठक छाडेर हिँडेका हुन्।

दाउन्ने–दुम्कीवास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध

दाउन्ने–दुम्कीवास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध
नवलपरासी । बुटवल–नारायणगढ सडकअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीवास क्षेत्रको वैकल्पिक मार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीवासमा पुल भाँचिएपछि डाइभर्सनबाट यातायात सञ्चालन गरिएकामा डाइभर्सन पनि बगाएपछि वैकल्पिक मार्गबाट सवारी पास गराइएकामा आज बिहानदेखि त्यो मार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको हो । विनयी त्रिवेणी –३ स्थित खरङ्गे खोलामा वर्षाका कारण पानीको बहाव अत्यधिक बढेपछि वैकल्पिक मार्ग पनि पूर्ण रूपमा अवरुद्ध बनेको जिल्...

इजरायल–इरान युद्ध : अमेरिकाले जारी गर्‍यो ट्राभल एडभाइजरी

इजरायल–इरान युद्ध : अमेरिकाले जारी गर्‍यो ट्राभल एडभाइजरी
काठमाडौं । अमेरिकाले विश्वभर यात्रा गर्ने आफ्ना नागरिकहरूका लागि ट्राभल एडभाइजरी जारी गरेको छ । अमेरिकी विदेश मन्त्रालयले धेरै देशहरूमा अमेरिकीहरू विरुद्ध विरोध प्रदर्शन हुनसक्ने भन्दै सतर्क रहन भनेको हो । उसले ट्राभल एडभाइजरी पढेपछि मात्रै आफ्नो यात्राको योजना बनाउन पनि आफ्ना नागरिकलाई आग्रह गरेको छ । इजरायल र इरानबीचको जारी युद्धमा अमेरिकाले आइतबार इरानमा आक्रमण गरेको थियो । जसका कारण मध्यपूर्वमा बढ्दो तनावलाई मध्यनजर गर्दै अमेरिकाले आफ्ना नागरिकलाई ट्राभल एडभाइजरी गरेको...

संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठक : रुस र चीनद्वारा अमेरिकी आक्रमणको कडा निन्दा

संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठक : रुस र चीनद्वारा अमेरिकी आक्रमणको कडा निन्दा
काठमाडौं । आणविक स्थलहरूमा अमेरिकी आक्रमणपछि इरानले माग गरेको संयुक्त राष्ट्र सुरक्षा परिषद् (यूएनएससी)को आपतकालीन बैठक बसेको छ । बैठकमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका महानिर्देशक राफेल ग्रोसीले इरानको अवस्था र इजरायल–अमेरिकी आक्रमणबाट इरानमा भएको क्षतिको बारेमा देशहरूलाई जानकारी गराए । यता, अमेरिकाले इरानमाथि आक्रमण गर्ने आफ्नो कारबाहीलाई जायज भन्यो । अमेरिकाले इरानलाई कुनै पनि हालतमा आणविक हतियार बनाउन नदिने आफ्नो संकल्प दोहोर्‍यायो । अमेरिकाले इजरायलको पक्ष...

देशभर मनसुनको प्रभाव, यी प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनको प्रभाव, यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसारका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । देशको पहाडी भू–भागको थेरै स्थानहरूमा तथा बाँकी भू–भागको केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू हल्का वर्षार हिमपातको सम्भावना रहेको छ । यसैगरी, आज राति देशभर ...

संसदमा बजेटबारे मन्त्रालयका शीर्षकमाथि बोल्ने क्रम सकियो, आज मन्त्रीहरूले जवाफ दिने

संसदमा बजेटबारे मन्त्रालयका शीर्षकमाथि बोल्ने क्रम सकियो, आज मन्त्रीहरूले जवाफ दिने
काठमाडौँ । प्रतिनिधि सभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि सदस्यहरुले बोल्ने क्रम आइतबार सकिएको छ । सभाको आइतबारको बैठकबाट युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ र सहकारी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगका सचिवालय र राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकहरुमाथि छलफलमा सांसदहरुको बोल्ने क्रम सकिएको हो । त्यसअघि बैठकमा विनियोजन विधेयकअन्तर्ग...