flash news

बाढीपहिरोस् यी ११ सडक पूर्णरूपमा अवरुद्ध

बाढीपहिरोस् यी ११ सडक पूर्णरूपमा अवरुद्ध
काठमाडौं, ४, साउन । गए रातिदेखिको वर्षापछि पहिरो जाँदा देशका विभिन्न सडक अवरुद्ध भएका छन्। अहिले ११ वटा सडक पूर्णरूपमा अवरुद्ध अवस्था रहेका प्रहरीले जनाएको छ। बाढीपहिरोले कोसी राजमार्ग, मेची राजमार्ग, पाँचथरको तमोर करिडोर सडक, पाँचथरकै मध्यपहाडी राजमार्ग, रसुवाको पासाङ ल्यामु राजमार्ग, बागलुङको कालीगण्डकी करिडोर र मध्यपहाडी राजमार्ग, मुस्ताङको जोमसोम लोमाथांङ सडक पूर्णरुपमा अवरुद्ध छ। त्यसैगरि नवलपरासी पूर्वको कालीगण्डकी करिडोर, रोल्पाको सहीद राजमार्ग, रुकुम पश्चिमको जा...

प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने

प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने
काठमाडौं, ४ साउन । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन्। आगामी भदौ ३१ गतेदेखि असोज १ गतेसम्म दुई दिने भ्रमण तय भएको हो । समकक्षी नरेन्द्र मोदीले निम्तो पठाएसँगै प्रधानमन्त्री ओली भारत भ्रमण जान लागेका बताइएको छ । पछिल्लो पटक प्रधानमन्त्री नियुक्त भएपछि प्रधानमन्त्री पहिलो पटक भारत भ्रमणमा जान लागेका हुन् ।

वाग्मतीसहित चारवटा प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

वाग्मतीसहित चारवटा प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं, २ साउन । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । उच्च पहाडी तथा हि...

आजको मौसमः देशैभरी पानी पर्ने, लुम्बिनीमा हावाहुरी चल्ने

आजको मौसमः देशैभरी पानी पर्ने, लुम्बिनीमा हावाहुरी चल्ने
काठमाडौं, १ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम बर्षा भइरहेको छ। दिउँसो देशभर साधारणतया बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी...

पूर्वाञ्चल विश्वविद्यालयको सभा : एक अर्ब ७० करोड बजेट स्वीकृत

पूर्वाञ्चल विश्वविद्यालयको सभा : एक अर्ब ७० करोड बजेट स्वीकृत
काठमाडौं, ३१ असार । पूर्वाञ्चल विश्वविद्यालयको आज सम्पन्न ४१ औ सभा बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ७० करोड १४ लाख ३० हजारको बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकमा रजिष्ट्रार प्रा डा कल्याणी मिश्रद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ का प्रस्तावित आय–व्यय विवरण स्वीकृत भएको हो । यस्तै उपकुलपति प्रा.डा बिजुुकमार थपलियाद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भए...

राप्रपा सांसद शाहीको व्यंग्यः भ्रष्टाचार गर्न नपाए ओली क्याबिनेटमा जानू, अभिव्यक्तिप्रति एमाले सांसदको आपत्ति

राप्रपा सांसद शाहीको व्यंग्यः भ्रष्टाचार गर्न नपाए ओली क्याबिनेटमा जानू, अभिव्यक्तिप्रति एमाले सांसदको आपत्ति
काठमाडौँ, ३१ असार । राप्रपाका प्रमुख सचतेक ज्ञानबहादुर शाहीले भ्रष्टाचार आरोपी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल पक्राउ गरी छानबिन गर्न माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद शाहीले सार्वजनिक भएको मन्त्रीको अडियो प्रकरणको छानबिनका लागि सम्बन्धित मन्त्रीलाई प्रक्राउ गर्न माग गरेका हुन् । पहिले पहिले एउटा चलन थियो, अहिले पनि छ । ज्ञान नपाए कासी जानू, न्याय नपाए गोरखा जानू, भ्रष्टाचार गर्न नपाए केपी ओली सरकारको क्याबिनेटमा...

रास्वपा र राप्रपाद्वारा आज पनि प्रतिनिधिसभाको बैठक बहिस्कार

रास्वपा र राप्रपाद्वारा आज पनि प्रतिनिधिसभाको बैठक बहिस्कार
काठमाडौं, ३१ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पनि प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनको माग गर्दै रास्वपा र राप्रपाले निरन्तर संसद बैठक बहिष्कार गर्दै आएका हुन् । सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद शिव नेपालीलाई बोल्न दिएका थिए । उनले भिजिट भिसा प्रकरणमा आफूहरूको माग अन...

मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा
काठमाडौं, ३१ असार । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् । घुस डिल गरेको अडिओ सार्वजनिक भएपछि उनले आज प्रधानमन्त्री केपी ओली समक्ष राजीनामा दिएका हुन् । आफूलाई नखाएको विष लागेको उनले दावी गरे । प्रविधिको प्रयोग गरेर आफूलाई सिकार बनाइएको उनको भनाइ छ ।

अमेरिकामा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु

अमेरिकामा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु
काठमाडौं, ३१ असार । अमेरिकामा भएको एक कार दुर्घटनामा दुईजना नेपालीको मृत्यु भएको छ । अमेरिकाको लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत दुई नेपाली विद्यार्थी राजन यादव र रोजिन ओलीको कार दुर्घटनामा मृत्यु भएको एक स्थानीय अनलाइनले जनाएको छ । दुर्घटनामा अरु दुईजना घाइते भएका छन् । अमेरिकामा भारी वर्षा आँधीबेहरीको समयमा दुर्घटनामा परेको जनाइएको छ । कार एक रुखमा ठोक्किएको थियो । दुर्घटनामा घाइते भएका दुईजनाको एक स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
काठमाडौं, ३१ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स...